काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लामो समयपछि टिममा फेरी कप्तानको जिम्मेवारी पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एसीसी प्रिमियर कव एक दिवसीयका लागि सन्दीप लामिछानेलाई कप्तानी दिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको छ । सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । उनले २०२२ को अगस्ट ३० मा पछिल्लो पटक नेपालका लागि कप्तानी गरेका थिए ।
लामिछानेको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा आशिफ शेख, रोहित पौडेल, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन् ।
एसीसी प्रिमियर कप आगामी अगस्ट ३० देखि १२ सेप्टेम्बरसम्म मलेसियामा हुनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।