काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ। शुक्रबार अपरान्ह ४ बजेपछि बैठक सुरू भएको हो।
बैठकमा सबै सचिवालय सदस्यहरू उपस्थित भएको बालुवाटार स्रोतले जानकारी दिएको हो। पछिल्लो पटक नेकपामा देखिएको विवाद, भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटघाटलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ।
प्रचण्डसहित नेकपाका ५ जना सचिवालय सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेपछि केही ढिला गरी प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन निर्देशन दिएपछि मात्र बैठक बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।