काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहले धनकुटाको भेडेटारमा चुनावी भेटघाट कार्यक्रम गरेको छ। बिहीबार भएको भेटघाटका क्रममा ढकाल प्यानललाई प्रदेश १ का ५२ जिल्ला–नगरका अध्यक्षले समर्थन गरेको दाबी गरिएको छ।
ढकाल प्यानललाई प्रदेश १ स्वागत गर्दै विभिन्न जिल्लाबाट उपस्थित जिल्ला तथा नगर अध्यक्षले समर्थन गरेको बताइएको छ।
कार्यक्रममा प्रदेशका अधिकांश जिल्ला तथा नगरका अध्यक्ष उपस्थित थिए। उपस्थित हुन नसकेका जिल्लानगरका अध्यक्षहरूले भने समर्थनसहितको शुभकामना पठाएका थिए।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ अन्तर्गत सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको आयोजनामा धनकुटाको भेडेटारमा आयोजना गरेको सो कार्यक्रम शुक्रबार पनि चल्नेछ।
कार्यक्रममा विभिन्न जिल्ला नगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एशोसिएट्स सदस्यगरी १ सयभन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।