काठमाडौं–जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलोजस्ता कार्यक्रम आयोजना नगर्न र भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ।
कोरोना भाइरसको जोखिम कास्कीमा समेत दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा तिहार, छठजस्ता नेपालीको चाडपर्वको समयमा हुने अधिक आवागमन र भीडभाडजन्य गतिविधिले संक्रमणको जोखिम थप जटिल हुने उल्लेख गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो।
चाडपर्व मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन, जिल्लाभित्र कुनै पनि प्रकारका मेला, महोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न गराउन प्रशासनले आग्रह गरेको छ।
यो सूचनाको अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।