काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने व्यवस्था गर्ने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले तयार पारेकाे यो प्रस्तावलाई सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णयार्थ पेस गर्ने तयारी गरिएको हो।
सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै कोरोनाको परीक्षण तथा उपचार निशुल्क गर्न भनेको थियो। तर सरकारले संक्रमितको परीक्षण तथा उचपारमा शुल्क लिन पाउनुपर्ने भन्दै सर्वोच्चमा नै पुनरावेदन रिट दर्ता गराएको थियो। सरकारले दर्ता गराएको रिट सर्वोच्चले खारेज गरिदिएपछि लक्षणयुक्त संक्रमितको सरकारी अस्पतालमा निशुल्क गर्ने तयारी गरेको हो।
गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टम बैठकले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको थियो।
उक्त बैठकले अबदेखि कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार निःशुल्क गर्ने र अन्यको उपचार आफ्नै खर्चमा गर्ने निर्णय गरेको थियो।
कोरोना संक्रमितको उपचारबाट पछि हटेपछि सरकारको आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।