वासिंटन- कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बन्ने निश्चित भएको छ। अमेरिकी इतिहाँसमै उनी पहिलो महिला हुन्‚ जसले ह्वाइटहाउसमा उपराष्ट्रपति पद सम्हाल्ने छिन्।
यसका साथै उनी अमेरिकाको अहिलेसम्मकै इतिहाँसमा प्रथम अश्वेत तथा दक्षिण एसियामूलकी महिला उपराष्ट्रपतिसमेत हुने भएकी छन्।
ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।