एजेन्सी–हरेक मत गणना हुनुपर्ने माग गर्दै अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा प्रदर्शन भएको छ।
डोनाल्ड ट्रम्पको चुनावी अभियानले विस्कन्सिन, मिसिगन र जर्जियामा पेन्सिलभेनियामा बाँकी मतगणना नगरिएको भन्दै कानुनी लडाइँ सुरु गरेका बेला फिलाडेल्फियामा प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरु अधिकांश डेमोक्रेटिक समर्थक थिए। प्रदर्शन शान्तिपूर्ण रुपमा भइरहेको र सुरक्षाकर्मीसमेत भारीमात्रामा तैनाथ भएको बिबिसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।