• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर बोहरा निर्माण सेवाले ठग्यो १० लाख, कारबाही प्रक्रिया सुरू

64x64
ललित बोहरा सोमबार, कात्तिक १७, २०७७  १५:१५
1140x725

डडेल्धुरा- डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर एक निर्माण कम्पनीले १० लाख भुक्तानी लिएको भेटिएको छ। 

जिल्लाको परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कलि बैङ्क ग्यारेन्डी बनाएर बोहरा निर्माण सेवा परशुरामले १० लाख भुक्तानी लिएको पुष्टि भएको अधिकारी स्रोतले बताएको छ। 

बोहराले भुक्तानी लिन निर्माण गरेको नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको नक्कली बैंक ग्यारेन्टीका कागज पत्र समेत नेपाल लाइभलाई प्राप्त भएका छन्। 

परशुराम नगरपालिकासँग वडा कार्यालय निमार्णका लागि पेस्की १० लाख भुक्तानी दिएको कागजात पनि प्राप्त भएको छ। ठेकेदार दिलबहादुर बोहराको निर्माण कम्पनी बोहरा निर्माण सेवाले लकडाउनको समयमा सो बैंक ग्यारेन्टी बनाएको हो। 

परशुराम नगरपालिले कम्पनी सञ्चालकलाई तीन दिनको समय दिई सो बैंक ग्यारेन्टी सक्कली हो भने प्रमाण जुटाउन भनेको थियो। तर निर्माण कम्पनीका संचालक बोहराले उपलब्ध नगराएपछि नगरपालिका नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखालाई कागजपत्र भेरिफाई गरिदिनू भनी पत्र पठाएको र अहिलेसम्म केही प्रतिक्रिया प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए।

Ncell 2
Ncell 2

उनले भने, ‘लकडाउनमा फोटोकपी पेश भएको थियो, सक्कली बैंक ग्यारेन्टी ल्याउन भनेपछि उनले ल्याएका थिए‚ तर त्यो शंकास्पद देखेर सक्कली जुटाउन तीन दिन समय दिइयो तर केही प्रतिक्रिया नआएपछि बैंकलाई पत्र काटिएको छ।’

उनले उपलब्ध गराउन नसकी नक्कली नै भएको स्वीकार गरेका स्रोतको दाबी छ। नगरपालिकाले पनि उनलाई कानुनी कारबाहीको प्रक्रिया भित्री रुपमा अगाडि बढाएको आधिकारी स्रोतले बताएको छ। कुला स्टमेट रकम करिब ७२ लाख भएपनि बोहरा निर्माण सेवासँग परशुराम नगरपालिकाले ४१ लाख, ४४ हजार ५ सय ११ रुपियाँ ३६ पैसाको सम्झैता गरेको थियो। 

उता ३ वर्षदेखि नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखामा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका कमल चन्दले सो बैंक ग्यारेन्डीमा आफ्नो हस्ताक्षर नभएको बताएका छन्। उनले भने, ‘मैले मेरो हस्ताक्षर नचिन्ने कुरा हुँदैन। त्यो मैले गरेको हस्ताक्षर हैन, म ३ वर्ष भो महेन्द्रगर शाखामा प्रमुख भएको अरु कोही आएका छैनन् तर पनि म यो नगरपालिकाले पठाएको पत्र हेड अफिसलाई पठाउँदैछु।’ आवश्यक कारबाही के गर्छ हेड अफिसले गर्ने उनको भनाइ छ। अनौपचारिक कुरामा भने यो नक्कली भएको तर कारबाही के गर्ने भनेबारे माथिको निर्देशन लिन खोजिएको प्रष्ट पारे। 

बैंक ग्यारेन्टीमा प्रयोग भएको लेटरप्याट र छाप आफ्नो बैंकको जस्ताको त्यस्तै भएपनि हस्ताक्षर आफ्नो नभएको उनको दाबी छ। 

यता आफूले पेश गरेको बैंक ग्यारेन्टी सक्कली भएको निर्माण कम्पनीका सञ्चालक तथा ठेकेदार दिलबहादुर बोहराले दाबी गरे। उनले भने, ‘मलाई नगरपालिकाले ३ दिनको समय दिएको थियो। आज सकियो। म प्रक्रियामा छु। प्रमाण पेश गर्छु। म कुरा बुझ्दै छु।’  

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा... आइतबार, मंसिर २१, २०८२
दाङको लमहीमा गोली चल्यो गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ। शनिबार, मंसिर २०, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग ग... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सोमबार, मंसिर २२, २०८२
एनपिएल : आज विश्राम, कुनै खेल नहुने सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्