एजेन्सी–भारतप्रशासित कश्मीरमा आइतबार भारतीय सुरक्षाबलले चरमपन्थी गुट हिजबुल मुजाहिद्दीनका पमुख कमान्डर सैफुल्लाह मीरलाई मारेको दाबी गरेको छ।
प्रहरीका अनुसार श्रीनगर विमानस्थलनजिकै रनग्रेथ इलाकामा भएको मुठभेडमा उनी मारिएका हुन्। त्यस्तै उनका एक सहयोगीलाई पक्राउ गरिएको छ।
कश्मीर प्रहरी महानिरीक्षक विजयकुमारले पनि मीर मारिएको पुष्टि गर्दै यो प्रहरीका लागि ठूलो सफलता भएको बताए। यही वर्ष मेमा हिजबुल मुजाहिद्दीन प्रमुख रियाज नाइकुको पनि दक्षिण कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको थियो। त्यसपछि मीर हिजबुल प्रमुख भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।