Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

जर्मन फुटबल, योआखिम लो र एन्जेला मर्केल

64x64
ऋग्वेद शर्मा मंगलबार, कात्तिक ११, २०७७  १३:५७
1140x725

जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योआखिम लो बेलाबेला सँगै खाना खाने गरी भेट्छन्। रमाइलो त के भने उनीहरुले खाने कुरा सधैँ उस्तै नै हुन्छ। यस्तो सम्बन्धले जर्मन फुटबलमा योआखिम लोले पार्ने प्रभावमा समेत भूमिका खेलिरहेको हुन्छ। 

जब योआखिम लो मर्केलसँगै खाना खान्छन् उनले सँधै एकै चीज मगाउँछन्। बिल्ड अखबारलाई लोले सन् २०१६ मा भनेका थिए– ‘मर्केलका कुकले ठिक्कको कोर्डन ब्लु (मासुमा चिज राखेर फ्राइ गरिएको खानेकुरा) बनाउँछन्।’ अनि त्यसैसँग चिप्स पनि।

त्यसोभए चान्सलरसँगको भेटमा खानेकुराबाहेक उनीहरुबीच के कुराकानी हुन्छ त? 

खबैखाले कुरा। ग्रिस, ब्रेक्जिट, शरणार्थी र कहिलेकाहिँ फुटबल पनि। 

विशेषतः शिष्टाचार भेट भन्दा पनि उनीहरु बढी अनौपचारिक कुराकानी गर्छन्। लो सन् २००६ मा जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए भने त्यसको एक वर्ष अघिमात्रै मर्केल जर्मनीको चान्सलर बनेकी थिइन्। 

गएको झण्डै १५ वर्षदेखि यी दुई जर्मनीमा सबैभन्दा धेरैले चिन्ने ‘सेलिब्रेटी’ बनेका छन् र दुबैले देशभित्र मात्रै होइन देशबाहिर पनि आफ्नो छाप छाडेका छन्। फुटबल र राजनीति दुबैमा जर्मनीले पछिल्लो १५ वर्षमा धेरै पुराना कुरालाई छोड्दै नयाँ कुरा अपनाएको छ। लो र मर्केलले आआफ्नो क्षेत्रमा सुधारको लागि काम गरिरहेका छन्।

दुबैले सुरुवाती आशंकालाई चिर्दै आफ्नो कार्यकुशलता देखाएका छन्। लो दोस्रो विश्वयुद्ध पछि जर्मनीको नवौँ प्रशिक्षक हुन् भने सन् १९७४ मा वाल्टर स्किलको नौ दिने कामचलाउ कार्यकाललाई समेत जोड्ने हो भने मर्केल पनि नवौँ चान्सलर नै हुन्।  

मर्केल र लो दुबैजना क्रिस्चियन हुन्, दुबै जर्मनीको कुनाकाप्चाबाट आएका हुन्। प्रोटेस्टेन्ट मर्केल उत्तरपूर्वी भागबाट आएकी हुन् भने क्याथोलिक लोह दक्षिण पश्चिमी क्षेत्रबाट आएका हुन्। मर्केल प्रोटेस्टान्ट बाहुल्यको उत्तर–पूर्वी क्षेत्रकी हुन् भने क्याथोलिक बाहुल्यको दक्षिण–पश्चिमी क्षेत्रका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

मुख्य रुपमा भन्नुपर्दा उनीहरु दुबै आधुनिकीकरणमा जोड दिन्छन्। लोले जर्मनीलाई विश्वकप फुटबल नजिताएको भए पनि जर्मन फुटबललाई धेरै राम्रो बनाएको जस उनलाई इतिहासदेखि मिलिरहेको छ। विशेषतः जर्मन फुटबललाई सुन्दर बनाएको भनेर उनको तारिफ नै हुन्छ, विश्वकपका हारलाई छाडेर। 

उनको संरक्षणमा हाराल्ड सुमारास र स्टेफान एफेनबर्गहरुको टिमबाट फिलिप लाम र मारियो गोट्जेको टिममा परिवर्तन हुँदै गयो। जसले गर्दा राष्ट्रिय टिमलाई अरुले हेर्ने मान्यतामा नै परिवर्तन भएको थियो। अहिले पुन लाम र गोट्जेबाहिर नयाँ परिवर्तन गराउने जिम्मेवारीमा पनि उनै लो नै छन्। 

सन् २०१४ मा लोले उनीहरुलाई एक प्रकारको ‘टिकिटाका’ शैलीमा नै खेलाएका थिए। तर २०१८ मा उनको त्यही शैली निरन्तर हुन सकेन। २०१४ मा प्रतियोगिताको पहिलो हाफमा परम्परागत ९ नम्बरबिना फिलिप लामलाई केन्द्रिय मिडफिल्डमा खेलाए। त्यो सफल देखिएको पनि थियो। 

‘आकर्षक रुपमा फुटबल खेल्न सके मात्र उपाधिहरु जितिन्छ’ लोले सन् २०१२ मा इलाभेन फ्रोइन्ड म्यागजिनलाई बताएका थिए। उनका लागि सुन्दर खेल खेल्नु भनेको निरन्तर जित्ने जर्मन परम्परामा भएका समस्यालाई हटाउँदै अझै आक्रामक र सुन्दर खेल्नु हो।

मर्केलले पनि इतिहासकारहरुले भन्ने जस्तै ‘निरन्तरतामा क्रमभङ्गता’ गरेकी छिन्। १५ वर्ष यता उनले जर्मनीको पुरातनवादी क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियू) पार्टीलाई सम्मानजनक र प्रगतिशील केन्द्रको रुपमा सत्तामा राखिरहेकी छिन्। 

त्यो एउटा नाटकीय परिवर्तन थियो, जर्मनीमा गहिरोसँग सामाजिक पुरातनवाद जोडिएको हुन्छ, जस्तो कि वैवाहिक बलात्कारलाई सन् १९९८ मा मात्रै अपराध मानिएको थियो। मर्केलको नेतृत्वमा समलिङ्गी विवाहलाई कानूनी रुपमा वैध बनाइएको थियो। 

मर्केल विश्व पर्यावरणवादमा एक मुख्य नेता बनेकी छन् जसले हजारौं सिरियाली शरणार्थीहरुलाई स्वागत गरेकी थिइन्। सिडियूको पछिल्लो राजनीतिक नारा पनि धेरै नै सरल छ ‘एक केन्द्र’।

लो र मर्केल दुवैको क्रान्तिलाई बुझ्न सन् १९९८ को शिशिर याममा जानुपर्छ। जतिखेर सिडियूले निर्वाचनमा इतिहासमै सबैभन्दा खराब पराजय भोगेको थियो। पार्टीमा भर्खरै निर्वाचित भएका उपाध्यक्ष क्रिस्टियन वुल्फले सिडियूको जरैदेखि सुधार गर्नुपर्ने बताएका थिए। उनको बहसले पार्टीलाई समय अनुसारको हुनुपर्ने माग गरिहेको थियो। जसले अगाडि बढ्न प्रेरित गर्‍यो र त्यसले आगामी दुई दशकलाई बाटो देखायो।

१९९८ मा वुल्फको त्यो भाषणको एक महिना पहिले जर्मन फुटबल एशोसिएसनले पनि आफ्नो फुटबल टिममा विश्व चर्चित हुने गरी सुधार कार्यक्रम सुरु गरेको थियो। क्लब र राष्ट्रिय स्तरको लागि युवाहरुको क्षमता अभिवृद्धिमा जोड दिइएको थियो। त्यतिखेर डेर स्पाइगेलले यसलाई फुटबलको व्यावसायिकता पछिको सबैभन्दा ठूलो सुधार भनेका थिए। इतिहासले त्यसलाई सहि बनाएको पनि छ, जर्मन फुटबलबाट क्लब र अन्तर्राष्ट्रिय स्तर त्यति तरगंबाट नै फक्रिएको छ।

जर्मन फुटबल टिम र सिडियू पार्टी दुवै नाटकीय परिवर्तनबाट गुज्रिएका छन्। एशोसिएसनको लागि यो विश्व खेलकुदमा व्यापक व्यावसायिकता थियो। ‘प्रेसिङ फुटबल’ शैलीमा रोक्न नसक्ने विकास भइरहेको थियो। राजनीतिक दलको लागि भने बर्लिन वाल ढलेको थियो, भूमण्डलीकरण र शितयुद्ध पछिको समय थियो। हेलमट कोहलको पार्टीले नवनिर्माणको एकीकरणमा काम त गरेको थियो तर दीर्घकालदेखि चलिरहेको शैलीलाई उपयुक्त भएन। जर्मनीले विभाजन र कब्जाको नीति छाडेको थियो। विश्व शक्तिको नयाँ स्वरुप बनिरहेको थियो।

लो र मर्केल यो क्रान्तिको मोहरा मात्रै थिएनन्। उनीहरु दुवै चामत्कारिक नेतृत्वको उत्तराधिकारीको रुपमा आएका थिए। एसपिडीको जेरार्ड स्क्रोडर पछि मर्केल आएकी थिइन् र जर्गेन क्लिन्सम्यान पछि लो आएका थिए। स्क्रोडरको आर्थिक सुधार र उनको अलिअलि भइरहेको चर्चा जस्तै फुटबलमा अमेरिकी शैलीमा क्लिन्सम्यानको स्थिति थियो – एक स्वच्छ हावाको स्वास जस्तो। तर कहिलेकाँही त्यहि अमिलो भएको जस्तो पनि।

क्रोडरको सुधारले उनलाई मतदाताहरुले सजाय दिए त्यस्तै क्लिन्सम्यानले पनि सन् २००६ मा घरमै भएको विश्वकपबाट बाहिरिए पछि असफलता हात पारे। उनी त्यसपछि बायर्न म्युनिकमा अझै नाटकीय रुपमा असफल भए।

त्यसपछि दुई फरक अनुहारको युग सुरु भयो। उनीहरुको प्रवेश भयो जसलाई सुरुमा धेरैले मन नपराए पनि पछि उनीहरुले नै आधुनिक जर्मनीलाई परिभाषित गरे। लोको क्लब करियर स्टुटगार्टसँग डिएफबी पोकल जितेपछि अलि उकालो लागेको थियो। उनलाई क्लिन्सम्यानको चमत्कार पछाडिको चलाख दिमागको रुपमा सम्मान गरिन्थ्यो तर, पनि उनीमाथि धेरैले आशंका गर्ने गर्थे नै।

अहिलेको झिल्के रुपभन्दा धेरै पर बेढंगको भएकोले उनलाई थुनेर राखिएको जस्तो थियो। उनको बाक्लो बाडेन लवजले उनलाई सहयोग गरेन र उनको उपनाम ‘जोगि एण्ड हान्सी’ पनि अनौठो सुनिन्थ्यो। पछि सन् २००९ ताका डाइ जेइटले उनलाई पूर्ववर्तीको जस्तो मानसिक कडापन नभएको भन्दै ‘गजव मिस्टर लो’ भनेर लेखे। 

मर्केललाई पनि पहिले कसैले विश्वास गरेका थिएनन्। धेरै वर्षसम्म परिवार र पछि वातावरण मन्त्रीको रुपमा उनलाई ‘कोहलको चेली’ भनिन्थ्यो। पछि उनी सिडियू अनुदान काण्डपछि आफै कोहलबाट टाढा भइन्। पूर्वी जर्मनमा उनी खासै चमत्कारी नभएको र नराम्रो हेयरस्टाइल भएकी महिलाको रुपमा चिनिइरहेकी थिइन्। सन् २००५ को निर्वाचनमा हार्नुअघि स्क्रोडरले मर्केलले संसदमा गर्ने भाषण पट्यारलाग्दो हुने भन्दै मजाक उडाउँथे। 

यदि मिडियाले चमत्कारलाई सबैभन्दा बढी महत्व दिएको भए पनि जर्मनहरु त्यसमा धेरै नै शंका गर्थे नै। जर्मनहरुले आफ्नो नेता स्वीकार गर्न प्राज्ञिक मानिसलाई रोज्छन्। उनीहरुले विज्ञभन्दा अरु केही पनि हेर्दैनन्। क्वान्टम केमेस्ट्रिमा पीएचडी गरेकी मर्केल र खेलको राम्रो रणनीति बनाउनसक्ने लो दुवै विज्ञ हुन्। मर्केलले आफ्नो ‘हेयरस्टाइल’ परिवर्तन गरिन् र लो पनि आकर्षक सर्ट लगाएर सुपरकारमा हिँड्न थाले, एस्प्रेसो पिउन लागे। उनीहरु पछि ‘स्टाइल आइकन’ बने तर उनीहरुको सफलता मेहनतमा र विज्ञतामा अडिएको छ, ‘स्टाइल’मा होइन।

मान्छे जुरुक्क पार्ने भाषणमा भने दुबै पोख्त छैनन्। लो दक्षिण पश्चिमी र मर्केल उत्तर पूर्वी लवजमा बोल्छन्। दुवैले प्रेरक भाषणहरु गर्दैनन् र पत्रकार सम्मेलनमा उस्तै तरिकाबद्ध सिकाइका रुपमा बोल्छन्। यी दुवै चर्को बोल्दैनन् र दुवैको आवाज जर्मनीमा आफ्नै परिवारको जस्तो सबैले चिन्छन्। मर्केल परिवारमा आमा जस्ती लाग्छिन् भने लो कहिलेकाहिँ घर आउने काका जस्ता। मर्केल र लो दुवैले धेरै ठूलो परिवर्तन गराएकाले उनीहरुलाई अभिभावक जसरी आँखा चिम्लेर विश्वास गर्छन्। 

सबैभन्दा ठूलो परिवर्तनका बाबजुद, परिवर्तनको केही आश बढिरहँदा त्यो राजनीतिक र शैलीगत मात्र होइन धेरै जनतामा प्रभाव पार्ने किसिमको हो। दोहोरो नागरिकता दिइने नीतिको सबैभन्दा ठूलो प्रभाव कतै देखियो भने त्यो जर्मन फुटबल टिममा नै हो। जहाँ फरक फरक खेलाडीहरुको अनुहार देखिन थालियो। टर्की, अल्बानिया, ट्युनिसियादेखि घानासम्मका खेलाडी फुटबलको सपना जर्मनीमा खोज्न थाले। यसैले लोले विकास गरेको फुटबल टिम जर्मनीको बहुसाँस्कृतिक समय बुझाउने ठाउँ पनि हो।

मर्केलले कुनै समय बहुसँस्कृतिवादलाई विफल दृष्टिकोणका रुपमा ब्याख्या गर्थिन्। तर उनी नै हुन् जो चान्सलर रहँदा जर्मनीमा सबैभन्दा बढी बहुसाँस्कृतिक अवयवहरुले ठाउँ पाइरहेका छन्। पहिलेभन्दा अधिक। विदेशीका लागि खुकुलो नीति र शरणार्थीको स्वागतका कारण मात्र होइन क्रिस्चियन वुल्फले एक समय भनेको ‘इस्लाम जर्मनीबाट सुरु भएको’ भन्ने विवादस्पद भनाइबीच पनि बचेर काम गरिन्। 

केही यस्ता छन् जो लोलाई फुटबलमा दुरदर्शी प्रशिक्षकका रुपमा मान्छन् तर मर्केल उदार परिवर्तनकारी हुन् भन्ने कुरालाई स्वीकार्न चाहँदैनन्। जस्तो कि एकपटक डेर स्पाइगलले भनेका थिए, ‘मर्केलको राजनीति बाडुल्कीबाट छुटकारा पाउन गरिने तत्कालिन उपाय जस्तो छ।’ तर मर्केलेले सर्वसम्मतिबाट नै शासन गर्ने प्रयास गरिरहेकी छिन्। परमाणु उर्जा, शरणार्थी, व्यापक आर्थिक नीति जस्ता विषयमा जनता आफ्नो साथ छन् छैनन् भन्ने बुझेर मात्र मर्केल अघि बढ्छिन्। धेरै विषयहरु छन् तर सफलतामा एउटा मुख्य विषय त्यही जनताको साथ खोज्ने बानी हो। जसले उनको पार्टीको अर्को विकल्प देखिएको छैन।

योभन्दा लो केही भिन्न छन् त? उनी ‘ट्याकटिकल जिनियस’ त हुन् नै तर पनि पेप गार्डिओला र रेनस मिचेल जसरी उनको छबि त्यसमा चर्चित पनि छैन। २०१० मा भएको विश्वकप हार र २०१८ को विश्वकप हारका बेला उनीमाथि प्रश्न बढेको समय पनि हो। त्यसपछि नै उनले ‘पोसेसन’ र ‘काउन्टर अट्याक’मा सुधारको प्रयास पनि गरिरहेका छन्। जस्तो कि अवस्था अनुसार परिवर्तन हुन सक्ने, परिवर्तन गर्न सक्ने लोको यो गुण मर्केलसँग मिल्छ। यसैले उनीहरु दुबै यति लामो समयसम्म शक्तिमा बसिरहेका छन्। र सधैँ उनीहरुले छाड्नुपर्छ भन्ने कुरा चलिरहँदा प्रश्न उठ्छ– ‘उनीहरुको विकल्पमा को त?’ 

उनीहरु दुबैको बाटो भने ठीक विपरीत पनि लाग्न सक्छ। धेरैजसो राजनीतिक जीवनको अन्त्य विफलतामा सकिन्छन् तर फुटबलमा ठ्याक्कै त्यस्तो हुँदैन। यदि तपाइँ लो जस्तै लामो समयसम्म एउटै जागिरमा हुनुहुन्थ्यो भने उत्तेजित शैलीमा या रोइकराइ गरेर बिदा भइसक्नु भएको हुन्थ्यो। या सम्मानजनक बिदाइ समारोहबाट नै बिदाइ भइसकेको हुन्थ्यो। 

मर्केलले विकास गरेका नीति र उनको समयमा भइरहेको कामले उनी अझै रहिरहन्छिन् जस्तो नै देखिन्छ। २०१५ पछि मर्केलको ममतामयी छापमा कमि भने आएकै छ। विश्वकपको हारपछि लोप्रति कम देखिएको विश्वास जस्तै मर्केल घेराबन्दीबाट काम गरिरहेकी राजनीतिज्ञ हुन्। लोले कतार विश्वकपसम्म जर्मन टिमलाई बढाउने नै देखिन्छ भने मर्केलको सत्ता समय पनि यही आसपास हुने देखिन्छ। मर्केल समयको सायद त्यही नै अन्तिम विश्वकप हुनेछ। 

‘सन् २०१४ को विश्वकप फाइनल पछि मर्केल ड्रेसिङ रुममै आइन्। उनले हामीसँगै बसेर ड्रिंक गरिन्,’ लोले भनेका थिए, ‘त्यसले मेरो खेलाडीहरुलाई धेरै प्रभावित बनायो र म आशा साथ त्यस्तै होस्।’ २०१८ को विश्वकपमा भने जर्मनको यस्तो हार भयो कि मर्केलले आफू खेल हेर्न जाने सोच्नसम्म भ्याइनन्।

२०१८ को विश्वकपमा स्वीडेन, मेस्किको, दक्षिण कोरिया रहेको समूहमा जर्मनी पुछारमा रह्यो। अन्तिम समयको गोलले स्वीडेनसँगको एक खेल मात्र जितेको जर्मनीले साह्रै खराब समय देखायो। २०१४ को विश्वकप विजेता टिमका लागि त्यो हार सामान्य थिएन। 

यदि जर्मनी २०१८ मा समूह चरणबाट माथि पुगेको थियो भने मर्केलले पक्कै रुस भ्रमण गर्नेथिन्। सन् २०१० मा अर्धनग्न ओजिलसँगको प्रसिद्ध ‘ह्यान्डसेक’ देखि २०१८ मा नै जर्मनीको विश्वकप पूर्वको अभ्यास क्याम्पमा भ्रमणसम्म मर्केलले ‘फुटबल कार्ड’ राम्रोसँग नै खेलेकी हुन्। 

मर्केल रुस जान नपाए पनि आश गरौँ उनी कतार जान पाउनेछिन्। जुन उनको फुटबलसँगको अन्तिम रमाइलो हुन सक्नेछ। तर त्यो नै योआखिम लोसँगको अन्तिम भेट भने पक्कै हुने छैन। दुबै १५ वर्षदेखि केन्द्रमा देखिइरहेका छन्, यसैले त्यसपछि पनि यसै हराउने त छैनन्। 

उनीहरुबीच निमन्त्रणाको आदानप्रदान त हुने नै छ। फेरि पनि मर्केलसँग बसेर लोले कोर्डन ब्लु र चिप्स खाने नै छन्। 

(यो सामग्री गार्जियन, टेलिग्राफ, फुटबल टाइम्स र स्पुतनिक इन्टरनेशनलमा आधारित रहेर तयार पारिएको हो।)

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
काँग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै शुक्रबार, वैशाख ४, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G शुक्रबार, वैशाख ४, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, वैशाख ४, २०८३
आजदेखि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छपाइ शुक्रबार, वैशाख ४, २०८३
दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्