• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

बचेका थोरै खुसी बोकेर फर्किए परदेशी

64x64
निर्मला घिमिरे शुक्रबार, कात्तिक ७, २०७७  १०:०३
1140x725

काठमाडौं– दसैंको बेलामै कतारमा कार्यरत नेपालगञ्जका टोपबहादुर सुनार स्वदेश फर्किएका छन्। तर उनी दसैं मनाउनकै लागि भनेर फर्किएका भने होइनन्।

कम्पनी बन्द भयो। के गर्नु? ३ महिनादेखि काम थिएन अनि फर्किएँ', उनले दुखेसो पोखे।
 
टोपबहादुर बाँके इन्जिनियरिङ नामक नेपाली कम्पनीमा कार्यरत थिए। कोरोना महामारीका कारण उनी कार्यरत कम्पनी नै बन्द भयो।

साहुको घर पनि बाँके नै हो। कम्पनी बन्द भएर साहु आफैं पनि फर्किँदै हुनुहुन्छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका उनले भने।

एसी फिटिङको काम गर्ने उनले ३ महिनादेखिको पारिश्रमिक पनि पाएका थिएनन्। साहुले उनलाई बाँकी पारिश्रमिक पछि दिन्छु भनेका छन्।

'महामारी पनि छ। दसैं पनि आएको छ’, उनी भन्छन्, ‘यतिबेला फर्कन पाउनु नै खुसी भएको छ। टिकट साहुले नै काटिदिनुभयो।’

टोपबहादुरलाई अब स्वदेशमै केही काम गर्ने मन छ। तर खेतीपातीबाट गुजारा चलाउन मुस्किल हुने हुँदा दसैं मनाएर फेरि अरु देश जाने हो कि भन्ने सोचमा छन् उनी।

दाङका राकेशकुमार यादव पनि युएईबाट दसैंको बेलामै फर्किए।

nimb
nimb
Ncell 2
Ncell 2

'ठ्याक्कै दसैं मनाउनकै लागि भनेर त फर्किएको होइन। संयोग पर्‍यो। सेप्टेम्बर २८ तारिखमै भिसा सकिएको थियो। त्यसपछि केही समय काम गरियो। टिकट सजिलो गरी नपाउँदा १८ दिन यतिकै बसेर फर्किएको’, उनले सुनाए।

कम्पनीले काम गरेको अवधिको सबै पारिश्रमिक दिएपछि उनी खुसी भएर फर्किएका छन्।

संखुवासभाका राजेश खड्का साउदीबाट फर्किएका छन्। कोरोना महामारीका कारण करिब ७ महिना उनले आधा मात्रै पारिश्रमिकमा काम गर्न बाध्य भए।

‘सेक्युरिटी गार्डको काम थियो। कोरोना महामारीमा पनि जोखिम मोलेर काम गर्नुपर्‍यो। तर कम्पनीले तलबचाहिँ आधा मात्रै दियो’, उनले भने, ‘यतिबेलै करार सकियो, फर्किएँ।’

अघिल्लो वर्षको दसैंमा साउदीमै रहेका खड्का यो पटक स्वदेश फर्कन पाउँदा त्यसमै खुसी छन्।

‘साउदीमा त दसैं मनाउन पनि नपाइने। त्यहाँ साथीहरु मिलेर खसी काटेर खाऔं भन्न पनि पाइँदैन। नियम निकै कडा छ। खसी काटेर खायो भने त ज्यानमार्ने केसमा पो जाक्छ’, उनले सुनाए।

यो पटक महामारीका कारण दसैंमा रमाइलो गर्ने, आफन्तसँग जमघट गर्ने अवस्था छ छैन। तर स्वदेश फर्किएर परिवारसँगै दुःख, सुख दसैं मनाउन पाउँदा उनी त्यसमै खुसी छन्।

यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन कक्षमा विदेशबाट स्वदेश फर्कनेहरुको चहलपहल बाक्लिन थालेको छ। तर त्यहाँ अघिल्लो वर्षहरुमा जस्तो परदेशीलाई फूल मालाहरुले स्वागत गर्नेहरु छैनन्। न त हाँसिखुसी अनुहारहरु।

कोरोना महामारीको त्रासका बीच दसैंको समयमा स्वदेश फर्कनेहरु अधिकांश रोजगारी गुमाएका तथा भिसा अवधि सकिएकाहरु छन्। कतिपय त स्वदेश फर्कने पैसा नहुँदा महिनौंदेखि अलपत्र परेर अड्किएकाहरु पनि बल्लतल्ल रकम जोहो गरेर स्वदेश फर्किएका छन्।

दसैं मनाउनकै लागि भनेर फर्कनेहरु एकादुई मात्रै भेटिन्छन्। खास गरी परदेशमा आफ्नै व्यवसाय गर्ने तथा बिदा मिल्नेहरु भने दसैंमा परिवारसँगै बस्ने भनेर फर्किएका छन्।

कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीका अनुसार कोरोना महामारीका कारण समस्या परेका १ लाखभन्दा बढी नेपालीहरु चार्टर तथा  नियमित उडानमार्फत स्वदेश फर्किसकेका छन्। स्वदेश फर्कनेहरुमध्ये ९० प्रतिशत प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, साउदी, कतार, युएई, बहराइन, कुवेत, ओमान लगायत मुलुकहरुबाट छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १०:०३
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने शनिबार, असार १३, २०८३
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्