• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

बचेका थोरै खुसी बोकेर फर्किए परदेशी

64x64
निर्मला घिमिरे शुक्रबार, कात्तिक ७, २०७७  १०:०३
1140x725

काठमाडौं– दसैंको बेलामै कतारमा कार्यरत नेपालगञ्जका टोपबहादुर सुनार स्वदेश फर्किएका छन्। तर उनी दसैं मनाउनकै लागि भनेर फर्किएका भने होइनन्।

कम्पनी बन्द भयो। के गर्नु? ३ महिनादेखि काम थिएन अनि फर्किएँ', उनले दुखेसो पोखे।
 
टोपबहादुर बाँके इन्जिनियरिङ नामक नेपाली कम्पनीमा कार्यरत थिए। कोरोना महामारीका कारण उनी कार्यरत कम्पनी नै बन्द भयो।

साहुको घर पनि बाँके नै हो। कम्पनी बन्द भएर साहु आफैं पनि फर्किँदै हुनुहुन्छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका उनले भने।

एसी फिटिङको काम गर्ने उनले ३ महिनादेखिको पारिश्रमिक पनि पाएका थिएनन्। साहुले उनलाई बाँकी पारिश्रमिक पछि दिन्छु भनेका छन्।

'महामारी पनि छ। दसैं पनि आएको छ’, उनी भन्छन्, ‘यतिबेला फर्कन पाउनु नै खुसी भएको छ। टिकट साहुले नै काटिदिनुभयो।’

टोपबहादुरलाई अब स्वदेशमै केही काम गर्ने मन छ। तर खेतीपातीबाट गुजारा चलाउन मुस्किल हुने हुँदा दसैं मनाएर फेरि अरु देश जाने हो कि भन्ने सोचमा छन् उनी।

दाङका राकेशकुमार यादव पनि युएईबाट दसैंको बेलामै फर्किए।

Ncell 2
Ncell 2

'ठ्याक्कै दसैं मनाउनकै लागि भनेर त फर्किएको होइन। संयोग पर्‍यो। सेप्टेम्बर २८ तारिखमै भिसा सकिएको थियो। त्यसपछि केही समय काम गरियो। टिकट सजिलो गरी नपाउँदा १८ दिन यतिकै बसेर फर्किएको’, उनले सुनाए।

कम्पनीले काम गरेको अवधिको सबै पारिश्रमिक दिएपछि उनी खुसी भएर फर्किएका छन्।

संखुवासभाका राजेश खड्का साउदीबाट फर्किएका छन्। कोरोना महामारीका कारण करिब ७ महिना उनले आधा मात्रै पारिश्रमिकमा काम गर्न बाध्य भए।

‘सेक्युरिटी गार्डको काम थियो। कोरोना महामारीमा पनि जोखिम मोलेर काम गर्नुपर्‍यो। तर कम्पनीले तलबचाहिँ आधा मात्रै दियो’, उनले भने, ‘यतिबेलै करार सकियो, फर्किएँ।’

अघिल्लो वर्षको दसैंमा साउदीमै रहेका खड्का यो पटक स्वदेश फर्कन पाउँदा त्यसमै खुसी छन्।

‘साउदीमा त दसैं मनाउन पनि नपाइने। त्यहाँ साथीहरु मिलेर खसी काटेर खाऔं भन्न पनि पाइँदैन। नियम निकै कडा छ। खसी काटेर खायो भने त ज्यानमार्ने केसमा पो जाक्छ’, उनले सुनाए।

यो पटक महामारीका कारण दसैंमा रमाइलो गर्ने, आफन्तसँग जमघट गर्ने अवस्था छ छैन। तर स्वदेश फर्किएर परिवारसँगै दुःख, सुख दसैं मनाउन पाउँदा उनी त्यसमै खुसी छन्।

यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन कक्षमा विदेशबाट स्वदेश फर्कनेहरुको चहलपहल बाक्लिन थालेको छ। तर त्यहाँ अघिल्लो वर्षहरुमा जस्तो परदेशीलाई फूल मालाहरुले स्वागत गर्नेहरु छैनन्। न त हाँसिखुसी अनुहारहरु।

कोरोना महामारीको त्रासका बीच दसैंको समयमा स्वदेश फर्कनेहरु अधिकांश रोजगारी गुमाएका तथा भिसा अवधि सकिएकाहरु छन्। कतिपय त स्वदेश फर्कने पैसा नहुँदा महिनौंदेखि अलपत्र परेर अड्किएकाहरु पनि बल्लतल्ल रकम जोहो गरेर स्वदेश फर्किएका छन्।

दसैं मनाउनकै लागि भनेर फर्कनेहरु एकादुई मात्रै भेटिन्छन्। खास गरी परदेशमा आफ्नै व्यवसाय गर्ने तथा बिदा मिल्नेहरु भने दसैंमा परिवारसँगै बस्ने भनेर फर्किएका छन्।

कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीका अनुसार कोरोना महामारीका कारण समस्या परेका १ लाखभन्दा बढी नेपालीहरु चार्टर तथा  नियमित उडानमार्फत स्वदेश फर्किसकेका छन्। स्वदेश फर्कनेहरुमध्ये ९० प्रतिशत प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, साउदी, कतार, युएई, बहराइन, कुवेत, ओमान लगायत मुलुकहरुबाट छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १०:०३
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्