• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दसैंमा शाकाहारी परिकार 

64x64
निर्मला घिमिरे सोमबार, कात्तिक ३, २०७७  ११:४०
1140x725

काठमाडौं– दसै‌ भन्नेबित्तिकै हामी टन्न मासु खाने पर्व भन्ने सम्झन्छौँ। हुन पनि अधिकांशको घरमा मासुका थरिथरिका परिकार पाक्ने गर्छन् । तर मासुबिना पनि दसैंलाई भव्य बनाउन सकिन्छ । शुद्ध शाकाहारीहरुका लागि घरमै थुप्रै परिकारहरु बनाउन सकिन्छ। यस्ता परिकार तयार गर्न खासै झन्झटिलो पनि छैन। 

स्वास्थ्यका दृष्टिकोणले पनि यस्ता शाकाहारी परिकार रोग निरोधक तथा शक्तिवर्धक हुन्छन् । अझ दसैं शरद ऋतुको समयमा पर्ने  भएकाले पनि यो समयमा थुप्रै प्रकारका सागसब्जी, फलफूल, अन्न जस्ता चिजहरु उपलब्ध हुन्छन् । जसले गर्दा हाम्रो करेसाबारी तथा बजारमा सजिलै उपलब्ध हुने तिनै सामग्रीबाट विभिन्न स्वादिष्ट परिकार बनाएर खान सकिन्छ । 

भेज बिर्यानी

बिर्यानी पछिल्लो समय एकदमै रुचाइएको खाना हो । बिर्यानी भन्नेबित्तिकै हामी बनाउन एकदमै झन्झटिलो हुने हो कि भन्ने सोच्छौँ। तर याे बिना झन्झट सरल तरिकाले घरमै बनाउन सकिन्छ । 

भेज बिर्यानीका लागि आबश्यक सामग्रीः चामल– १ केजी, 
काटेको आलु, गाँजर, हरियो तरकारी, क्याप्सिकम, सोयाबिन १००/१०० ग्राम, दुध/दही सानो कचौराको एकएक कचौरा, तेल ५ चियाचम्चा, लसुन पेस्ट ३० ग्राम, हरियो खुर्सानी ३ ढिडी, गरम मसला २ चिया चम्चा, जिरा १ चियाचम्चा, तेजपत्ता ३ वटा, काटेको हरियो धनियाँ थोरै, सुकुमेल ३० ग्राम, खुसार्नीको धुलो, नुन स्वादअनुसार।
(नोटः माथिका सामग्री आवश्यकता हेरेर तथा स्वादअनुसार प्रयोग गर्न सकिन्छ)

बिर्यानी बनाउने तरिकाः चामललाई सफा पानीले पखालेर १० मिनेटसम्म भिजाएर राख्ने । अर्को भाँडो लिने र काटेको आलु, गाँजर, हरियो तरकारी, क्याप्सिकम, भिजेको सोयाबिन लगायत माथि उल्लेखित सबै तरकारी राख्ने । लसुनको पेष्ट, मसला, दही, अलिकति हरियो धनियाँको टुक्रा राख्ने । थोरै तेल राखि त्यसलाई राम्रोसँग मोल्ने । 

अब प्यान बसाल्नुहोस् । लामो गरी काटेको प्याज रातो हुने गरी फुराउनुहोस् । फ्राइ प्याजलाई निकाल्नुहोस्। अब एउटा भाडामा पानी बसाल्नुहोस् । पानीमा थोरै नुन त्यसैगरी सुकुमेल, तेजपत्ता र जिराको गेडा मिसाउनुहोस्।  भिजेको चामल पनि राख्नुहोस् । सबै चामल राखेपछि त्यसलाई राम्रोसँग चलाउनुपर्दछ। चामल ५० प्रतिशत पाक्ने गरी उमाल्नुहोस् । अब खानालाई पानी तारेर अर्को प्यानमा रहेको तरकारी र मसलाको मिश्रण ढाक्नेगरी त्यसमाथि राख्नुहोस्। माथिबाट हरियो धनियाँको टुक्रा र अघि फ्राइ गरेको प्याजको टुक्रा राख्नुहोस् । त्यसमाथि फेरि थोरै खाना राख्नुहोस् । माथिबाट फेरि काटेको धनियाँको टुक्रा र फ्राइ गरेको प्याजको टुक्रा मिलाएर राख्नुहोस् त्यसमाथि दुध राख्नुहोस् र बिर्कोले ढाक्नुहोस् । ५ मिनेट उच्च तापक्रममा पकाउनुहोस् र थप १० मिनेट थोरै तापक्रममा त्यसलाई पकाउन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अब तयार भयो स्वादिष्ट बिर्यानी । यसलाई अब अचारसँग सर्भ गर्न सक्नुहुन्छ । 

आलुदम 

सामग्रीः उसिनेर बोक्रा छोडाएको सानो-सानो आलु एक केजी, ५ वटा काटेको टमाटर, २ चम्चा धुलो खुर्सानी, १०० ग्राम काटेको प्याज, हरियो धनियाँको टुक्रा थोरै, धनियाँ र जिराको दाना एक/एक चम्चा, एक चम्चा बेसार, ३ चम्चा तेल, ४ वटा हरियो खुर्सानी, अदुवा र लसुनको टुक्रा ४०/४० ग्राम, गरम मसला १ चम्चा ।

Xtrem

Xtrem

विधिः उसिनेको सबै आलुमा काँटाचम्चाले मसिनो मसिनो प्वाल पार्ने, प्यानमा तेल हाल्नुहोस र तेल तातेपछि त्यसको माथि बेसार राख्नुहोस् । त्यसमाथि आलु राख्नुहाेस् र राम्रोसँग फ्राइ गर्नुहोस्। त्यसमाथि खुर्सानीको धुलो र नुन स्वादअनुसार राखेर मोल्नुहोस् र आलु निकाल्नुहोस् ।

अब बाँकी तेलमा काटेको लसुन, अदुवा, प्याज, हरियो खुर्सानी फुराउनुहोस्, ब्राउन भएपछि टमाटर राखेर चलाउनुहोस् । राम्रोसँग पाकेपछि निकाल्नुहोस् र अलिकति चिसो भएपछि त्यसलाई मिक्सचरमा पिस्नुहोस् । फेरि प्यान बसालेर एकचम्चा तेल राख्नुहोस् । त्यसमा जिरा र धनियाँको दाना फुराउनुहोस् र त्यसमाथि मिक्स भएको मसलाको पेस्ट हाल्नुहोस् । अनि खुर्सानीको धुलो, गरम मसला, राखेर राम्रोसँग चलाउनुहोस् । त्यसमाथि आलु हालेर चलाउनुहोस् । आलु र  मसला राम्रोसँग मोलिएपछि थोरै पानी राख्नुहोस् र ३ मिनेट  ढाकिदिनुहोस् । अब तयार भयो स्वादिलो आलुदम । यो आलुदम, खाना, चिउरा तथा रोटीसँग सर्भ गर्न सकिन्छ । 

मिक्स भेज 

सामग्रीः काउली, बोडी, गाँजर, आलु, च्याउ, भेडे खुर्सानी, टमाटर, प्याज, लसुन, बेसार, स्वादअनुसार मसला, नुन, खुर्सानी ।
विधिः प्यानमा प्याज तार्नुहोस् । त्यसलाई निकाल्नुहोस् । टमाटर तारेर मिक्स्चरमा पिस्नुहोस् । काउली, बोडी, गाँजर, आलु, च्याउ, भेडे खुर्सानी छुट्टाछुट्टै डिप फ्राइ गर्नुहोस र मिक्स गरेर त्यसमाथि टमाटरको ग्रेबि,  तारेको प्याज, लसुनको पेस्ट मसला, स्वादअनुसार नुन, खुसानीको धुलो राख्नुहोस् । माथिबाट धनियाँ छर्कनुहोस् र सर्भ गर्नुहोस् । 

फ्रेन्च फ्राइज

सामग्रीः आलु (१० वटा), एक चम्चा मरिच धुलो, नुन, तेल, टमाटो सस ।
विधिः आलु सफा गरी लाम्चो आकारमा काटेर थोरै नुन राखेर त्यसलाई हाफ बोइल गर्ने, चिसो भएपछि नन स्टिक फ्राई पिनमा तेल राखेर फ्राइ गर्ने । आलु फ्राइ भएपछि थोरै टमाटो सस राख्ने र माथिबाट मरिचको धुलो छर्केर सर्भ गर्ने । 

मसरुम साँधेको 

सामग्रीः मसरुम (आवश्यकताअनुसार), सुकेको खुर्सानी, सोया सस, टमाटो केचप प्युरी, नुन, तेल, लसुन र अदुवाको पेस्ट, जिरा धनियाँ पाउडर । 
विधिः मसरुमलाई राम्रोसँग पाकुन्जेल उसिन्ने र त्यसपछि निकाल्ने । कराई वा प्यानमा तेल हाल्ने र तेल तातेपछि लसुन, अदुवाको पेस्ट, धुलो खुर्सानी, जिरा, धनियाँ, टमाटो केचप प्युरी, बोइल मसरुम सोया सस हाल्ने मल्ने र प्लेटमा सर्भ गर्ने । 

आलु साँधेको
सामग्रीः आधाकेजी आलु, एउटा हरियो काँक्रो, छोप (तिलको), नुन स्वादअनुसार, सुकेको खुर्सानी ३ वटा, हरियो खुर्सानी, तोरीको तेल २ चम्चा, बेसार, लसुन एक पोटी, कागती, हरियो धनियाँ, जिरा र धनियाँको थुलो १ चम्चा । 

विधिः आलु उसिनेर केलाउने र काट्ने । काँक्रोलाई पनि मसिनो गरी खल्पी डिजाइनमा काट्ने । सुकेको खुर्सानी तेलमा फुराउने र पिस्ने । 

त्यसपछि एउटा बाटामा काँक्रो, आलु राख्ने, त्यसमाथि काटेको खुर्सानी, लसुनको पेस्ट, बेसार, नुन, स्वादअनुसार धुलो खुर्सानी, कागतीको रस राख्ने । ताप्केमा एक डाडु जति तोरीको तेल तताएर मेथि फुराउने र अचारमा झान्ने र मोल्ने । त्यसमाथि हरियो धनियाँको टुक्रा पनि छर्किने र सर्भ गर्ने । 

मिक्स पकौडा

दसैंमा आफ्नो भान्छामा तपाईँ पकौडालाई समेत राख्न सक्नुहुन्छ । किचनमा एकदमै सजिलोसँग पकौडा तयार गर्न सकिन्छ। 

सामग्रीः आलु, बन्दा, प्याज, हरियो खुर्सानी, बेसन, नुन, अदुवाको पेस्ट, ज्वानोको दाना, जिरा तथा धनियाको पाउडर, बेसार, तेल। 

विधिः आलु उसिनेर केलाउने र बन्दा मसिनो गरेर काट्ने, प्याज लामो लामो गरेर मसिनो गरी काट्ने । त्यसपछि एउटा भाडोमा राखेर बेसन, नुन, बेसार, अदुवा पेस्ट, ज्वानोको दाना, जिरा तथा धनियाको पाउडर खुर्सानीको टुक्रा राखेर मोल्ने र आकार दिएर तेलमा रातो हुने गरी फ्राइ गर्ने । 

ग्रिन सलाद
अन्य परिकारसँगै खान ग्रिन सलाद निकै उपयुक्त रहन्छ । 

सामग्रीः काँक्रो, मुला, टमाटर, चुकुन्दर, कागती, प्याज, उम्रिएको मेथी, अदुवा, खुसार्नी, चाइनिज रायो । 

विधिः सबै सामग्रीलाई मसिनो बनाएर काट्ने मोलेर एउटा भाडोमा राख्ने, हरियो धनियाँको टुक्रा, कागती र खुर्सानीले गार्निस गरेर यसलाई सर्भ गर्न सकिन्छ । 

कटिङ फ्रुट्स्
तपाइँको परिकारमा कटिङ फ्रुट्सलाई पनि मिसाउन सक्नुहुन्छ। 

सामग्रीः स्याउ, भुइँकटहर, केरा, स्ट्रबेरी, किवीलगायत स्वाद र रुचीअनुसारका फलफूल। 

विधिः यी फलफूल काटेर मिक्स गर्ने र सर्भ गर्ने । 

पालकको सुप

भान्छामा पालकको सुप पनि राख्न सक्नुहुन्छ । 

सामग्रीः पालक २५० ग्राम, लसुन ५ देखि ६ पोटी, ठूलो प्याज २ वटा, तेजपत्ता २ वटा, ल्वाङ ४ वटा, दालचीनीको २ टुक्रा, कर्न फ्लावर ठूलो चम्चाको १ चम्चा, ४ चम्चा बटर, कपको एकचौथाई उमालेको दुध, स्वादअनुसार नून, चियाचम्चाको आधा चम्चा मरिचको धुलो, फ्रेस क्रिम २ ठूलो चम्चा । 

विधिः भाँडो बसाउनुहोस् र तातेपछि २ चम्चा बटर राख्नुहोस् । बटर तातेपछि दालचिनी, तेजपत्ता र ल्वाङ् फुराउनुहोस् त्यसमाथि लसुनको पेस्ट र प्याज राख्नुहोस् र रातो हुनेगरी फुराउनुहोस् । रातोरातो भएपछि ्त्यसमा काटेको पालक राख्नुहोस् र ५ मिनेटसम्म थोरै तापक्रममा चलाएर पकाउनुहोस् । तेजपत्ता र दालचिनी निकालिदिनुहोस् । अब ग्यासलाई अफ गरेर सेलाउन दिनुहोस् ।

सेलाएपछि पालकलाई फिटेर पेस्ट बनाउनुहोस् । फेरि भाँडोलाई ग्याँस मध्यम बनाएर बसाउनुहोेस् र एक कप पानी राखि घोल्नुहोस् । त्यसमामथि स्वादअनुसार नून, मरिचको धुलो राख्नुहोस् र मिक्स गर्नुहोस् र कर्नफ्लोर दुधमा राखेर त्यसमा मिसाउनुहोस् र राम्रोसँग चलाउनुहोस् । ५ मिनेट उमाल्नुहोस् र अन्तिममा क्रिम राखेर ग्यास बन्द गर्नुहोस् । अब पालक सुप तयार भयो । तातोतातो सुप सर्भ गर्न सक्नुहुन्छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्