• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण

डा. अरुण कुमार सिंह शनिबार, भदौ २०, २०८३  ०८:२२
1140x725

३ देखि ६ वर्ष उमेरका साना बालबालिकाले बारम्बार पेट दुखेको गुनासो गर्ने गर्छन्। यस्तो अवस्थामा अभिभावकहरू चिन्तित भएर बच्चालाई चिकित्सककहाँ लैजान्छन् र विभिन्न औषधि प्रयोग गर्न थाल्छन्। तर बालबालिकामा हुने सबै पेट दुखाइ कुनै गम्भीर रोग वा खतरनाक अवस्थाका कारणले मात्र हुँदैन।

कतिपय अवस्थामा बालबालिकाको दैनिक बानी, खानपान तथा दिसा गर्ने व्यवहारका कारण पनि पेट दुख्ने समस्या हुन सक्छ। त्यसैले अभिभावकहरूले बच्चाको बानी र खानपानमा ध्यान दिनु आवश्यक छ।

बालबालिकामा कुनै स्पष्ट रोग नभए पनि पेट दुख्न सक्ने केही सामान्य कारणहरू निम्न छन्:

१. दिसा रोक्ने बानी
३ देखि ६ वर्ष उमेरका बालबालिकाले खेल्नमा व्यस्त भएर वा दिसा गर्न जान मन नलागेर दिसा रोक्ने गर्छन्। कतिपय बालबालिकाको दिसा गर्ने नियमित समय पनि हुँदैन—कहिले बिहान त कहिले साँझ।

लामो समयसम्म दिसा रोक्ने बानीले कब्जियत हुन सक्छ, जसका कारण पेट दुख्ने, पेट फुल्ने तथा दिसा गर्दा समस्या हुने हुन सक्छ। त्यसैले अभिभावकहरूले बच्चालाई नियमित रूपमा दिसा गर्न प्रोत्साहन गर्नुपर्छ।

२. बिहान खाली पेट दूध मात्र पिलाउनु
स्कूल जाने उमेरका धेरै बालबालिकाले बिहान खाना खान रुचाउँदैनन्। यस्तो अवस्थामा कतिपय अभिभावकले खाली पेट दूध मात्र पिलाएर स्कूल पठाउने गर्छन्।

केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुसार सन्तुलित बिहानको खाना उपलब्ध गराउनु राम्रो हुन्छ।

३. पर्याप्त ठोस तथा विविध खाना नदिनु
बढ्दो उमेरका बालबालिकालाई केवल दूधमा निर्भर गराउनु उचित हुँदैन। बच्चाको शारीरिक वृद्धि र विकासका लागि अन्न, दाल, फलफूल, तरकारी तथा अन्य पोषिलो खानेकुराको उचित मात्रा आवश्यक हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दूध पोषणको महत्वपूर्ण स्रोत भए पनि बच्चाको सम्पूर्ण पोषण आवश्यकता केवल दूधबाट पूरा हुँदैन। उमेर, तौल र व्यक्तिगत आवश्यकताअनुसार सन्तुलित तथा विविध आहार दिनुपर्छ।

४. धेरै मात्रामा बिस्कुट तथा प्रशोधित खाना खानु
कतिपय घरमा बालबालिकालाई बारम्बार बिस्कुट, प्याकेटका स्न्याक्स तथा अन्य प्रशोधित खानेकुरा खुवाउने गरिन्छ। अत्यधिक मात्रामा यस्ता खानेकुरा खाँदा पेट भरिने, सामान्य खाना कम खाने तथा केही बालबालिकामा कब्जियत वा पेटसम्बन्धी असहजता हुन सक्छ।

त्यसैले बिस्कुटलाई दैनिक मुख्य खानाको विकल्प नबनाई सीमित मात्रामा दिनु उपयुक्त हुन्छ। बालबालिकालाई घरमा बनेको ताजा र पोषिलो खाना खाने बानी बसाल्नु आवश्यक छ।

अभिभावकका लागि सुझाव
बालबालिकामा पेट दुख्ने समस्या बारम्बार दोहोरिएमा केवल घरेलु उपाय वा औषधिमा भर नपरी कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। बच्चालाई नियमित दिसा गर्ने बानी, पर्याप्त पानी, सन्तुलित आहार र सक्रिय जीवनशैलीमा प्रोत्साहित गर्नुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यदि पेट दुखाइ धेरै तीव्र छ, बारम्बार दोहोरिन्छ, ज्वरो, बान्ता, लगातार कब्जियत वा पखाला, तौल घट्ने, दिसामा रगत देखिने वा बच्चा अत्यधिक कमजोर देखिने जस्ता लक्षण छन् भने तुरुन्त बालरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।

स्वस्थ बच्चाका लागि सही खानपान, नियमित दिसा गर्ने बानी र अभिभावकको उचित ध्यान अत्यन्त महत्वपूर्ण हुन्छ।

(सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका बालरोग विशेषज्ञ तथा एसोसिएट प्रोफेसर हुन्। उनी ‘बालबालिकाको डाक्टर साथी’ पुस्तकका लेखक पनि हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भिडियो सन्देश जारी गर्दै गगनले भने– पार्टीको आधिकारिकता विवादमा एक सुका आर्थिक लेनदेन भएको छैन
लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य
आइजीपी फेरेसँगै प्रधानमन्त्री बालेनले गरे सुरक्षा अंगका प्रमुखहरुसँग छलफल, मुलुकको सुरक्षा अवस्थाबारे लिए ब्रिफिङ
सम्बन्धित सामग्री
भारतमा घट्यो क्यान्सरका औषधिको मूल्य, नेपालमा के होला ? भारत सरकारले क्यान्सरका औषधिमा व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय गरेपछि त्यहाँ घटेको औषधिको मूल्य नेपालमा पनि घट्ने भएको छ। शनिबार, कात्तिक १४, २०८३
झरीले काठमाडौंको जनजीवन प्रभावित वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ । शुक्रबार, कात्तिक १३, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
भिडियो सन्देश जारी गर्दै गगनले भने– पार्टीको आधिकारिकता विवादमा एक सुका आर्थिक लेनदेन भएको छैन बिहीबार, कात्तिक १९, २०८३
लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य बिहीबार, कात्तिक १९, २०८३
आइजीपी फेरेसँगै प्रधानमन्त्री बालेनले गरे सुरक्षा अंगका प्रमुखहरुसँग छलफल, मुलुकको सुरक्षा अवस्थाबारे लिए ब्रिफिङ बिहीबार, कात्तिक १९, २०८३
लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न सर्वसाधारणको भीड बिहीबार, कात्तिक १९, २०८३
आगामी डिसेम्बरमा हुने नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्