• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा असन्तुष्ट पक्षको प्रश्न : पार्टीभित्रै लड्न परेको बेला सरकारविरुद्ध कसरी लड्ने?

64x64
लिलु डुम्रे बिहीबार, असोज १५, २०७७  १९:२८
1140x725

काठमाडौं–  कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको रामचन्द्र पौडेल पक्षले असोज १२ गते पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गरायो। पत्रमा पार्टीको आन्तरिक किचलो र प्रतिपक्षीय भूमिकाबीच सन्तुलन खोज्ने सन्दर्भ समेत छन्।

'नेकपाको सरकार स्वेच्छाचारिता, कुशासन र भ्रष्टाचारको दलदलमा फसेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रभावकारी प्रतिपक्षीय भूमिकातिर जो कोही आशामुखी हुनु स्वभाविक हो', ९ पृष्ठ लामो पत्रमा भनिएको छ, 'तर पार्टीभित्रै संगठनमा वर्चश्वको चिन्तामा मात्र केन्द्रित भएकाले नेतृत्व मूल प्रतिपक्षीय दायित्वबाट वञ्चित भएको जस्तो देखिँदैछ।'

सभापतिप्रति पौडेलले असन्तुष्टि जनाउन थालेको लामो समय भइसक्यो। पछिल्ला दिनमा पार्टी संगठनको समायोजन, विभाग गठन, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्थाको समायवधि,भ्रातृ संस्थाको पदाधिकारी पार्टी केन्द्रीय समितिमा सदस्य, केन्द्रीय समितिमा मनोनयन जस्ता विषय विवादको केन्द्रमा छ। एकतर्फी गरिएका निर्णय बदर नगरे दबाबका कार्यक्रम सुरु गर्ने पौडेल पक्षले चेतावनी दिएको छ।

सभापति शेरबहादुर देउवाले गरेका निर्णय फिर्ता गर्न पौडेल पक्षले असोज १९ सम्मको समायवधि दिएको छ। 

यो पनि पढ्नुहोस्

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी बुधबार, असोज १४, २०७७

पौडेल पक्षले देउवालाई लिएर कडा संघर्ष गर्ने रणनीति बनाइरहेकै बेला बुधबार देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्यो। त्यहाँ पार्टीको आन्तरिक विवाद निरुपण गर्ने उपायको खोजी भएन। बरु भने सरकार विरुद्धका कार्यक्रम अघि सारिएको छ।

पार्टीको आन्तरिक विवाद मिलाउन चासो नदिने तर सरकार विरुद्ध उभिने रणनीति तय गर्ने देउवाको कदमलाई पौडेल पक्षले रुचाएको छैन। सो पक्षले पदाधिकारी निर्णयलाई आन्तरिक विवादलाई विषयान्तर गर्ने प्रयासको रुपमा लिएको छ।

असोज १९ पछि सरकारका विरोधमा शक्ति खर्च गर्ने संस्थापन पक्षको तयारी छ। अर्कोतिर, केन्द्रीय समिति बैठकअघि संस्थापन पक्षले आफ्ना मागको सम्बोधन नगरे देउवाको निर्णय विरुद्ध नै दबाब कार्यक्रम गर्ने पौडेल पक्षले जनाइसकेको छ। 

दुवै पक्षको निर्णय कार्यान्वयन हुने अवस्था आए सभापति देउवा पक्ष सरकारका विरुद्ध र पौडेल पक्ष सभापति देउवाको विरोधमा केन्द्रित हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीभित्र उठेका कार्यशैलीदेखि निर्णयसम्मका विवादलाई यथावत राखेर पदाधिकारीको निर्णय अनुसार सरकारका कार्यशैली विरुद्ध उभिन एकीकृत बल प्राप्त नहुने प्रश्न पनि कांग्रेसभित्र उठेको छ। त्यस्तो विरोध प्रदर्शनको औचित्य नहुने  र प्रभावकारी पनि नहुने पौडेल पक्षको भनाइ छ। 

पौडेल पक्षीय केन्द्रीय सदस्य गुरुराज घिमिरे सरकार विरुद्धको प्रदर्शन गर्नलाई अहिलेसम्म कुर्नुपर्ने कारण नै देख्दैनन्। पार्टी विवाद उत्कर्षमा रहेका बेला संस्थापनले विषयान्तरको खेल खेलेको उनको आशंका छ। उनले भने, ‘पार्टी भित्रको विवाद भएकै बेला आन्दोलन गर्ने विषय आउनु नियोजित नै होला। विवाद चर्केका विषयलाई समाधान नगरी आन्दोलनको औचित्य पुष्टि हुन्न।’

पार्टीको आन्तरिक जीवनलाई सुदृढ नगरीकन सरकार विरुद्धको प्रदर्शनको प्रभावकारिता नहुने नेता घिमिरे बताउँछन्। भन्छन्, ‘आन्दोलन गर्ने कि विरोध कार्यक्रम गर्ने? आन्दोलन भनेको बृहत र व्यापक हो। विरोध र आन्दोलन पनि छुट्टिएको छैन।’

पार्टीभित्र अविश्वास र आशंका रहेकै समय विरोध प्रर्दशन गर्ने विषय तर्क संगत नहुने घिमिरेको भनाइ छ। ‘विवादलाई थाति राखेर सरकारको विरोधमा सडकमा जानु तर्कसंगत हुँदैन’, उनी भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकार विरुद्ध संघर्ष गर्ने नैतिक बल देउवासँगै नभएको बुझाइ पनि पौडेल पक्षको छ। भ्रष्टाचार र सुशासन प्रत्याभूति गर्न सरकार चुकेको तथ्य भए पनि देउवाले आँखा चिम्लेर सत्तापक्षलाई साथ दिँदै आएको सो पक्षको आरोप छ। भ्रष्टाचारमा मुछिएका शक्तिशाली व्यक्तिलाई जोगाउन देउवाले नै साथ दिएको उनीहरु आशंका गर्छन्।

सरकारको स्वेच्छाचारिता र कुशासनका विरुद्धमा कांग्रेसले आवाज उठाउन नसकेको उक्त पक्षको बुझाइ छ। प्रमुख प्रतिपक्षी दलको प्रभावकारिता जनताले अपेक्षा गरे पनि मूल नेतृत्वले त्यस अनुसारको जिम्मेवारी निर्वाह नगरेको नेता घिमिरे बताउँछन्।

पार्टीभित्र एकता र विश्वासको वातावरण कायम गरी सडक आन्दोलनले गर्दा सार्थकता पाउने संस्थापन इतरका नेताहरुको मत छ। सरकारको खबरदारीका लागि धारिलो र शक्तिशाली सांगठनिक अभियान हुनुपर्ने उनीहरु बताउँछन्। पार्टीमा कटुता र द्वन्द्वको स्थिति सिर्जना भएका बेला विरोधले अर्थ नराख्ने उनीहरुको तर्क छ।

पौडेल पक्षले उठाएका विषयलाई आगामी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्न र प्रष्ट्याउने देउवाको तयारी छ। देउवा पक्षीय नेता तथा सहमहामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘सभापतिले गरेका निर्णयका बारेमा अनौपचारिक रुपमा कुरा भएकै थियो। केन्द्रीय समिति बैठकमा निर्णय गर्नुपरेका विषयलाई स्पष्ट पारिनेछ।’

यो पनि पढ्नुहोस्

सत्ताको अंशियार देउवामंगलबार, असोज १३, २०७७

पार्टीभित्रको असन्तुष्टिका बाबजुद सरकार विरुद्ध सडकमा प्रर्दशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव ल्याइने तयारी छ।

महाधिवेशनको कार्यतालिका अनुसार पार्टी गतिविधि सञ्चालन हुन सकेका छैनन्। महाधिवेशन कार्यतालिका कार्यान्वयन हुने पहिलो खुड्किलो संगठन समायोजन नै प्रदेश २ का जिल्लामा हुन सकेको छैन। भदौ मसान्तमा सक्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र वितरण ७७ जिल्लामै सकिएको छैन। अर्कोतर्फ, सभापति देउवाले मनोनयनका कार्यलाई रोकेका छैनन्। 

महाधिवेशन केन्द्रित कार्यतालिका कार्यान्वयन गर्ने तर्फ अग्रसरता सभापतिले नलिएको आरोप समेत लाग्दै आएको छ। कार्यतालिकालाई बेवास्ता गरी सरकार विरुद्ध शक्ति खर्चेर महाधिवेशन झनै पर सार्ने खेलको रुपमा पछिल्लो निर्णयलाई संस्थापनइतरले बुझेको छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १९:२८
  • #देउवा
  • #कांग्रेस
  • #संस्थापन-इतर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्