• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा असन्तुष्ट पक्षको प्रश्न : पार्टीभित्रै लड्न परेको बेला सरकारविरुद्ध कसरी लड्ने?

64x64
लिलु डुम्रे बिहीबार, असोज १५, २०७७  १९:२८
1140x725

काठमाडौं–  कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको रामचन्द्र पौडेल पक्षले असोज १२ गते पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गरायो। पत्रमा पार्टीको आन्तरिक किचलो र प्रतिपक्षीय भूमिकाबीच सन्तुलन खोज्ने सन्दर्भ समेत छन्।

'नेकपाको सरकार स्वेच्छाचारिता, कुशासन र भ्रष्टाचारको दलदलमा फसेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रभावकारी प्रतिपक्षीय भूमिकातिर जो कोही आशामुखी हुनु स्वभाविक हो', ९ पृष्ठ लामो पत्रमा भनिएको छ, 'तर पार्टीभित्रै संगठनमा वर्चश्वको चिन्तामा मात्र केन्द्रित भएकाले नेतृत्व मूल प्रतिपक्षीय दायित्वबाट वञ्चित भएको जस्तो देखिँदैछ।'

सभापतिप्रति पौडेलले असन्तुष्टि जनाउन थालेको लामो समय भइसक्यो। पछिल्ला दिनमा पार्टी संगठनको समायोजन, विभाग गठन, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्थाको समायवधि,भ्रातृ संस्थाको पदाधिकारी पार्टी केन्द्रीय समितिमा सदस्य, केन्द्रीय समितिमा मनोनयन जस्ता विषय विवादको केन्द्रमा छ। एकतर्फी गरिएका निर्णय बदर नगरे दबाबका कार्यक्रम सुरु गर्ने पौडेल पक्षले चेतावनी दिएको छ।

सभापति शेरबहादुर देउवाले गरेका निर्णय फिर्ता गर्न पौडेल पक्षले असोज १९ सम्मको समायवधि दिएको छ। 

यो पनि पढ्नुहोस्

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी बुधबार, असोज १४, २०७७

पौडेल पक्षले देउवालाई लिएर कडा संघर्ष गर्ने रणनीति बनाइरहेकै बेला बुधबार देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्यो। त्यहाँ पार्टीको आन्तरिक विवाद निरुपण गर्ने उपायको खोजी भएन। बरु भने सरकार विरुद्धका कार्यक्रम अघि सारिएको छ।

पार्टीको आन्तरिक विवाद मिलाउन चासो नदिने तर सरकार विरुद्ध उभिने रणनीति तय गर्ने देउवाको कदमलाई पौडेल पक्षले रुचाएको छैन। सो पक्षले पदाधिकारी निर्णयलाई आन्तरिक विवादलाई विषयान्तर गर्ने प्रयासको रुपमा लिएको छ।

असोज १९ पछि सरकारका विरोधमा शक्ति खर्च गर्ने संस्थापन पक्षको तयारी छ। अर्कोतिर, केन्द्रीय समिति बैठकअघि संस्थापन पक्षले आफ्ना मागको सम्बोधन नगरे देउवाको निर्णय विरुद्ध नै दबाब कार्यक्रम गर्ने पौडेल पक्षले जनाइसकेको छ। 

दुवै पक्षको निर्णय कार्यान्वयन हुने अवस्था आए सभापति देउवा पक्ष सरकारका विरुद्ध र पौडेल पक्ष सभापति देउवाको विरोधमा केन्द्रित हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीभित्र उठेका कार्यशैलीदेखि निर्णयसम्मका विवादलाई यथावत राखेर पदाधिकारीको निर्णय अनुसार सरकारका कार्यशैली विरुद्ध उभिन एकीकृत बल प्राप्त नहुने प्रश्न पनि कांग्रेसभित्र उठेको छ। त्यस्तो विरोध प्रदर्शनको औचित्य नहुने  र प्रभावकारी पनि नहुने पौडेल पक्षको भनाइ छ। 

पौडेल पक्षीय केन्द्रीय सदस्य गुरुराज घिमिरे सरकार विरुद्धको प्रदर्शन गर्नलाई अहिलेसम्म कुर्नुपर्ने कारण नै देख्दैनन्। पार्टी विवाद उत्कर्षमा रहेका बेला संस्थापनले विषयान्तरको खेल खेलेको उनको आशंका छ। उनले भने, ‘पार्टी भित्रको विवाद भएकै बेला आन्दोलन गर्ने विषय आउनु नियोजित नै होला। विवाद चर्केका विषयलाई समाधान नगरी आन्दोलनको औचित्य पुष्टि हुन्न।’

पार्टीको आन्तरिक जीवनलाई सुदृढ नगरीकन सरकार विरुद्धको प्रदर्शनको प्रभावकारिता नहुने नेता घिमिरे बताउँछन्। भन्छन्, ‘आन्दोलन गर्ने कि विरोध कार्यक्रम गर्ने? आन्दोलन भनेको बृहत र व्यापक हो। विरोध र आन्दोलन पनि छुट्टिएको छैन।’

पार्टीभित्र अविश्वास र आशंका रहेकै समय विरोध प्रर्दशन गर्ने विषय तर्क संगत नहुने घिमिरेको भनाइ छ। ‘विवादलाई थाति राखेर सरकारको विरोधमा सडकमा जानु तर्कसंगत हुँदैन’, उनी भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकार विरुद्ध संघर्ष गर्ने नैतिक बल देउवासँगै नभएको बुझाइ पनि पौडेल पक्षको छ। भ्रष्टाचार र सुशासन प्रत्याभूति गर्न सरकार चुकेको तथ्य भए पनि देउवाले आँखा चिम्लेर सत्तापक्षलाई साथ दिँदै आएको सो पक्षको आरोप छ। भ्रष्टाचारमा मुछिएका शक्तिशाली व्यक्तिलाई जोगाउन देउवाले नै साथ दिएको उनीहरु आशंका गर्छन्।

सरकारको स्वेच्छाचारिता र कुशासनका विरुद्धमा कांग्रेसले आवाज उठाउन नसकेको उक्त पक्षको बुझाइ छ। प्रमुख प्रतिपक्षी दलको प्रभावकारिता जनताले अपेक्षा गरे पनि मूल नेतृत्वले त्यस अनुसारको जिम्मेवारी निर्वाह नगरेको नेता घिमिरे बताउँछन्।

पार्टीभित्र एकता र विश्वासको वातावरण कायम गरी सडक आन्दोलनले गर्दा सार्थकता पाउने संस्थापन इतरका नेताहरुको मत छ। सरकारको खबरदारीका लागि धारिलो र शक्तिशाली सांगठनिक अभियान हुनुपर्ने उनीहरु बताउँछन्। पार्टीमा कटुता र द्वन्द्वको स्थिति सिर्जना भएका बेला विरोधले अर्थ नराख्ने उनीहरुको तर्क छ।

पौडेल पक्षले उठाएका विषयलाई आगामी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्न र प्रष्ट्याउने देउवाको तयारी छ। देउवा पक्षीय नेता तथा सहमहामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘सभापतिले गरेका निर्णयका बारेमा अनौपचारिक रुपमा कुरा भएकै थियो। केन्द्रीय समिति बैठकमा निर्णय गर्नुपरेका विषयलाई स्पष्ट पारिनेछ।’

यो पनि पढ्नुहोस्

सत्ताको अंशियार देउवामंगलबार, असोज १३, २०७७

पार्टीभित्रको असन्तुष्टिका बाबजुद सरकार विरुद्ध सडकमा प्रर्दशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव ल्याइने तयारी छ।

महाधिवेशनको कार्यतालिका अनुसार पार्टी गतिविधि सञ्चालन हुन सकेका छैनन्। महाधिवेशन कार्यतालिका कार्यान्वयन हुने पहिलो खुड्किलो संगठन समायोजन नै प्रदेश २ का जिल्लामा हुन सकेको छैन। भदौ मसान्तमा सक्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र वितरण ७७ जिल्लामै सकिएको छैन। अर्कोतर्फ, सभापति देउवाले मनोनयनका कार्यलाई रोकेका छैनन्। 

महाधिवेशन केन्द्रित कार्यतालिका कार्यान्वयन गर्ने तर्फ अग्रसरता सभापतिले नलिएको आरोप समेत लाग्दै आएको छ। कार्यतालिकालाई बेवास्ता गरी सरकार विरुद्ध शक्ति खर्चेर महाधिवेशन झनै पर सार्ने खेलको रुपमा पछिल्लो निर्णयलाई संस्थापनइतरले बुझेको छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १९:२८
  • #देउवा
  • #कांग्रेस
  • #संस्थापन-इतर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्