• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वर्ष दिनदेखि रुमलिएको ई–पासपोर्ट छाप्ने टेन्डर फेरि रद्द

३५ दिनभित्रै कम्पनी छनौट हुने गरी पुनः टेन्डर हुन्छ : महानिर्देशक
64x64
नेपाल लाइभ मंगलबार, असोज ६, २०७७  २०:३१
1140x725

काठमाडौं- सरकारले पुनः ई-पासपोर्ट छपाइको टेन्डर फेरि रद्द गरेको छ। राहदानी विभागले फागुन १९ गते गरेको २० लाख थान ई–पासपोर्ट छपाइको टेन्डर अन्तिम चरणमा आएर रद्द गरको हो। विभागमा महानिर्देशक रामकाजी खड्काले ई–पासपार्ट छपाइको टेन्डर सोमबार रद्द गरिएको नेपाल लाइभसँग बताए।

'टेन्डरमा सहभागी ४ वटै कम्पनीले हामीले मागेको स्पेसिफिकेशन पूरा नगरेका कारण रद्द गरका हौं,' उनले भने,'सोमबार रद्द भएको टेन्डर पुनः केही दिन भित्रै २१ दिनको समय दिएर आह्वान गरिनेछ।'

उनले कसैको दबाबमा टेन्डर रद्द नगरिएको दाबी गरे। ‘लेखेर राख्नु होस, ई–पासपोर्ट छपाइमा कसैको दबाब छैन, आजको ३१ दिन भित्रै ई–पासपोर्ट छपाइका लागि कम्पनी छनौट हुन्छ,’ महानिर्देशक खड्काले भने, ‘अहिले कानुनी प्रक्रिया अनुसार केही कागजपत्र नपुगकाले टेन्डर रद्द गरेका हौं। अब एक महिनाभित्रै कम्पनी छनौट हुन्छ।’

अहिले टेन्डरमा सहभागी आइडिइएमआइएले २ करोड ६५ लाख ९० हजार डलर, एचआइडी ग्लोबलले २ करोड ९२ लाख ९० हजार डलर, एसिनो कर्पोरेसनले ३ करोड २६ लाख ५० हजार डलर र मुयलबाउअर आइडी सर्भिसेज जिएमबिएचले ३ करोड ९३ लाख २० हजार डलरमा ठेक्का हालेका थिए। 'तर, सबै कम्पनीले सबै कम्पनीले गरेको आवेदनमा कुनै न कुनै आवश्यक कागजात छुट भएकाले बोलपत्र मूल्यांकन समितिले रद्द गर्न सिफारिस गरेअनुसार मैले टेन्डर रद्द गरेको हो,' खड्काले भने, ‘हामीले समय तालिकाअनुसार नै काम गरिरहेका थियौं। अब भने हामीलाई  मौज्दात पासपोर्ट संख्यालाई पनि हेरर काम गर्नु पर्ने बाध्यता छ।’

विभागले छनौट भएको कम्पनीसँग १३ महिनामा २० लाख ई–पासपोर्ट र जडानको काम गर्ने गरी सम्झौता गर्ने उनको भनाइ छ। सम्झौता १३ महिनाको लागि भएपनि ९ महिनामा आधार र यसपछि थप २ लटमा थप आधा पासपोर्ट लिने गरी अगाडि बढने  खड्का बताउँछन्। अहिले विभागसँग ५ लाख पासपार्ट मौज्दात रहेको उनको भनाइ छ। माग कम भएका कारण अझै यो पासपोर्ट एक वर्षका हाराहारीलाई पुग्ने भएकाले अभाव नहुने उनको तर्क छ।

ई–पासपोर्ट छपाइ एक वर्षदेखि प्रक्रियामै रुमल्लियो
ई–पासपोर्ट छपाइ गर्ने काम एक वर्षदेखि टेन्डरमा नै रोकिएको छ। ई–पासपोर्ट छपाइको काम प्रक्रियामा रुमल्लिएसँगै पासपोर्ट वितरणसमेत प्रभावित हुने भएको छ। सरकारले ई–पासपोर्ट छपाइको प्रक्रिया २०७५ असारदेखि सुरु गरेको थियो। तर, उक्त काम अहिलेसम्म टेन्डर प्रक्रियामा नै रुमल्लिएको छ।

ई–पासपोर्ट छपाइको काम अझै केही समय लम्बिने निश्चित छ। राहदानी विभागलाई ५० लाख ई–पासपोर्ट छाप्न ३२ असार ०७५ को मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो।

यो पनि पढ्नुहोस्

सेक्युरिटी प्रेस स्थापना धरापमा परेपछि पुन: ई-पासपोर्ट छपाइको टेण्डरसोमबार, फागुन १९, २०७६

८ अर्बको बजेट सीमाभित्र रहेर राहादानी छपाइका लागि जिम्मेवारी पाएको विभागले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना हुने भएको भन्दै पहिलेको टेन्डर अचानक रद्द गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

विभागले पहिलो पटक २०७६ भदौमा ई–पासपोर्ट छपाइको लागि ग्लोबल टेन्डरको सूचना प्रकाशन गरेको थियो। विभागको सूचनामा १९ वटा कम्पनीको आवेदन परेको थियो। तर, ग्लोबल टेन्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि २०७५ कार्तिक २१ मा यसको प्रक्रिया नै विभागले रद्द गर्‍यो। त्यतिबेला प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्रिया रद्द गरिएको थियो।

विभागका महानिर्देशक रामकाजी खड्काले उक्त समयमा कसैको निर्देशनमा भन्दा पनि सरकारले आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्ने भन्दै निर्णय गरेपछि दाहोरो खर्च हुन नदिन ई–पासपोर्ट छपाइ प्रक्रिया रद्द भएको दाबी गरे। तर, तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको भन्दै अडियो बाहिर आएपछि सरकारले आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्ने काम स्थगित गरको थियो। 

सेक्युरिटी प्रेस स्थापनाको विषय रोकिएपछि पुनः विभागले २०७६ फागुनमा ११ गते मन्त्रिपरिषद्‍बाट स्वीकृत लिँदै फागुन १९ गते पुनः २० लाख पासपोर्ट छपाइका लागि टेन्डर सूचना प्रकाशन गरेको थियो। मार्च ३० सम्मको समय सीमा राखेर गरिएको टेन्डर गरिएको थियो। उक्त टेन्डर पनि अन्तिम चरणमा आएर पुनः रोकिएको हो।

विभागका अनुसार ई–पासपोर्ट छपाइ प्रक्रिया लम्बिदै जाँदा पासपोर्ट वितरण नै प्रभावित हुनसक्ने छ। अहिले कोरोनाका कारण पासपोर्ट केही संख्यामा मात्रै जारी भएको छ। सामान्य अवस्थामा फर्कना साथ पासपोर्टको माग ह्वातै बढ्ने छ। विभागसँग अहिले ५ लाख पासपोर्ट मात्रै छ। यी पासपोर्ट अवस्था सामान्य भएपछिको केही समयलाई मात्रै पुग्छ। सामान्य अवस्थामा दैनिक २५ सय थान पासपोर्ट जारी हुँदै आएको छ। अर्थात् मासिक ५५ हजार पासपोर्ट जारी हुने गरेको छ। ४ महिनादेखि पासपोर्ट जारी शून्य जस्तै भएका कारण मौज्दात पासपोर्ट बाँकी रहेको विभागको भनाइ छ।

सन् २०२५ सम्मको समय सीमा र मौज्दात पासपोर्ट
‘बायोमेट्रिक’ राहदानीसमेत भनिने ई–पासपोर्ट अमेरिका, बेलायतसहित विश्वका करिब एक सय मुलुकमा प्रयोगमा आइसकेको छ। नेपालले सन् २०२१ सम्म ई–पासपोर्ट लागू गरिसक्ने लक्ष्य राखेको थियो।

यो पनि पढ्नुहोस्

ई-पासपोर्ट छपाइ ११ महिनादेखि प्रक्रियामै रुमल्लियाेबुधबार, असार २४, २०७७

अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकाय (आइकाओ)ले पनि  सन् २०२५ भित्रमा  ई–पासपोर्ट प्रयोगमा ल्याउनै पर्ने कार्यतालिका निर्धारण गरेको छ। आइकाओले ई–पासपोर्ट नाम, थर, जन्म मिति, राष्ट्रियता, डकुमेन्ट नम्बर, जारी मिति, म्याद सकिने मितिका साथै फोटो अनिवार्य रूपमा चिप्समा राख्नैपर्ने बताएको छ।

सरकारले ई-गभर्मेन्टको कुरा गरिरहेको भन्दै महानिर्देशक खड्काले आफूहरु पनि समय सीमाभित्रै ई–पासपोर्ट लागू गर्न इच्छुक रहेको बताए। खड्काले एक वर्षलाई पुग्ने पासपोर्ट अहिले मौज्दात रहेको र त्यो अवधिमा ई–पासपोर्ट छपाइको काम पनि सकिने दाबी गरे।

‘एक वर्षलाई पुग्छ भन्ने मेरो पूर्वानुमान छ,’ खड्काले भने, ‘एक वर्षको तयारीपछि ई–पासपोर्ट छपाइको काम पनि सकिन्छ।’ उनले अहिले विभागसँग ५ लाख सामान्य पासपोर्ट, २० हजार ट्राभल डकुमेन्ट र  १७ सय अफिसियल पासपोर्ट रहेको जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा
प्रधानमन्त्रीद्वारा ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन
सम्बन्धित सामग्री
जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा : ऊर्जामन्त्री श्रेष्ठ कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाश... सोमबार, जेठ ११, २०८३
सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सु... सोमबार, जेठ ११, २०८३
२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार... आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीद्वारा ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल मंगलबार, जेठ १२, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश मंगलबार, जेठ १२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्