मुम्बइ– ड्रग्सका विषयमा आफ्नो नाम सार्वजनिक भएपछि बलिउड अभिनेत्री रकुल प्रीत सिंहले दिल्ली उच्च अदालतमा निवेदन दिएकी छिन्। निवेदनमा उनले आफूलाई आरोपित गरेर भइरहेको मिडिया कभरेज रोक्ने माग गरेकी छिन्। यस विषयमा कोर्टमा सुनुवाई चलिरहेको छ।
रकुल प्रीतले आफ्नो निवेदनमा भनेकी छिन्– रिया चक्रवर्ती केसमा मेरो नाम जोडिने बित्तिकै मिडियाले अपराधी करार गरिरहेका छन्। उच्च अदालतमा उनले सूचना तथा प्रसारण मन्त्रालयलाई आफ्नो बिरुद्ध मिडियाबाजी नगर्न आदेश दिन मागे गरेकी छिन्।
निवेदनमा आफूलाई फिल्म सुटिङकै क्रममा रियाले आफ्नो र सारा अलि खानको नाम लिएको जानकारी पाएको बताएकी छिन्। मिडियाले यसलाई लिएर आफ्नो बदनाम गरेको आरो लगाएकी छिन्। रकुलका वकिलले सञ्चारमाध्यमले उनीमाथि हिंसा गरिरहेको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।