• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कसीमा 'समर्पण' कविता संग्रह

आनन्दराज सिलवाल शनिबार, भदौ २७, २०७७  १७:५२
1140x725

साहित्य र सृजना समाजका प्रतिछाया हुन्। यसैले कविले युग सचेतनाको बिगुल फुकेको हुन्छ। कविमा भएको वैचारिक रुप, नवचेतनाको भुङ्ग्रो उठाउन सक्ने शैली र भावनाको प्रचुर वेगले परिस्थिति र अवस्थाको चित्रण गर्छन्। कामको सिलसिलामा लाग्दै गर्दा र यायावरी जीवनबाट गुज्रदै आफूले देखेका, भोगेका र अनुभूत गरेका विषयहरुलाई सरोजराज पन्तले आफ्नो आफ्नो ‘समर्पण’ कविता संग्रहमा व्यक्त गरेका छन्।  समर्पण उनले कोरेका ८२ वटा कविताहरुको संगालो हो।

पर्वत जिल्लाको फलेवास नगरपालिका-७, लिमिठानामा जन्मेका पन्तले आफू सानै छँदा बितेका बुबाआमाको स्मरणमा ‘समर्पण’ को सृजना गरेको पाइन्छ। जन्म स्थान पर्वत, फलेवास लिमिठाना भए पनि लामो समयसम्म शिक्षण कार्यमा संलग्न रही बाग्लुङमा बस्दै आएका पन्तले हालसम्म कविता र अनुसन्धात्मक कृति गरी झण्डै एक दर्जन पुस्तक प्रकाशन गरेका छन्। 

संग्रहमा देशप्रेम, प्रकृति वर्णन, पुर्खाका गाथा तथा समसमायिक रचना समेटिएका छन्। उनले आफ्ना कवितामार्फत् समाजको सार्थक रुपान्तरणका लागि के–कसरी अघि बढ्न सकिन्छ भन्ने दृष्टिकोण अघि सारेका छन्। समाजमा जरा गाडेर बसेका रुग्ण विचार, खोटो आचरण, खुराफाती व्यवहार, राजनीतिक बेइमानी, सामाजिक–साँस्कृतिक कुसंस्कार, विसंगति तथा वेविचारका माथि नाराजगी व्यक्त गरेका छन्। यसैगरी संग्रहभित्र विविध परिकारका रसिला, चोपिला, कसिला व्यंगसँगै सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक पक्ष र जीवनको समग्र बुझाइ, भोगाईलाई छर्लङ पाउन सकिन्छ। 

जीवन रहेछ संघर्ष नामको अनौठो एक खेल
मानिस ठूलो संगतले बन्ने संगतैले पर्ने जेल ।  समर्पणबाट

दुई दिनको जीवनमा जिवन्त रुपमा एक अर्काप्रति समर्पित भएर लाग्नु पर्दछ भन्ने सन्देश उनका कवितामा झल्किएका छन्। उनका सृजनामा प्रेमभावसँगै जटिल जीवनका क्षणसमेत प्रस्तुत भएका छन्।

ज्यान नफालौँ गई परदेश, गरौँ देशको सम्मान
रचौँ भविष्य यही भूमिमा, हुन्छ नेपाल लन्डन ।  नजाऔँ भो विदेशबाट

त्यसैगरी वैदेशिक रोजगारले खुसीमात्र होइन रोदन, व्यथा पनि दिएकाले जति दुःख पोखें पनि, कसैले नसुन्ने गरेको अभिव्यक्ति कवितामा छ। दुःख गरे नपाललाई लन्डन बनाउन सकिन्छ। यसका लागि विदेश नगई स्वदेशको मान र सम्मान गर्नुपर्छ र वर्तमान मानिसका प्रवृत्तिमा परिर्वतन हुनुपर्छ भनेका छन् उनले।

हटोस् वैमनस्यताको राग बनेर नयाँ सिर्जना र संरचना।  भूकम्पले ल्याएको साम्यवादबाट

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी दुःख, कष्ट दिने र पीडाबोध गराउने मानिसका प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन दबाब दिने काम उनका कविताले गरेका छन्।

क्षण क्षणमा रुप फेर्ने छेपारो नै पो हो कि यो मन
चिन्नै गाह्रो, बुझ्नै गाह्रो, नौरंगी छन् यी हाम्रा मन !! यो मनबाट

मानिसका सोच विचार भावनाहरु छिनछिनमा फेरिन्छन्, जसले गर्दा मानिसलाई चिन्नै र बुझ्न गाह्रो परेको छ। छेपारोका जस्तै नौरङ्गी मन भएकाले अहिले काम गर्न कठिन हुने गरेको छ।

कति सोच्नु आमा शिशिर कलि यी झापडहरु?
कति भन्नु आमा यस धर्ती दुखेसा पिरहरु? । आमा तिम्रो स्मृतिमा

Xtrem

Xtrem

त्यस्तै पन्तका कवितामा आमाको मायासँगै रोदन–व्यथा पोखिएका छन्। यसैगरी दुःख, कष्ट र पीडा दिने प्रवृत्ति बढेकाले आमालाई उनले कवितामार्फत् पुकारेका छन्। यसैगरी माया प्रेम, प्रकृति प्रेमसँग बेरिएका र माया प्रेममा जेलिएका रचनासँगै जन्मदिने आमाको मायाले सताएको, मायाले पिरोलिएको विषयलाई लिएर  समेत कविता सृजना गर्नुले मातृत्व प्रेम प्रति सन्तान बढी संवेदनशील रहनु पर्ने यथार्थता यस सङ्ग्रहबाट स्पष्ट हुन्छ। 

महङ्गीले धुरी छोयो, भ्रष्टाचारी झनै बढे
समस्याको भुमरीमा, सर्वहारा पर्दै गए। कृतघ्न

अहिले महङ्गी बढेको, भ्रष्टाचारी झनै सलबलाएका र समस्याहरुको भुमरीमा गरीब, निमुखा र सर्वहारा पर्दै गएकाले यसको अन्त्य हुनु पर्ने विषयमा जोड दिएका छन्। 

पढेका मानिस ओझेलमा धनाढ्य हुने प्रमुख अतिथि
शैक्षिक प्रमाणपत्र किन्छ पैसाले, बढ्दै गर्‍यो बेथिति । आश्चर्य शक्ति

 यसमा पढेका मानिस ओझेलमा परेका र धन हुने मानिस प्रमुख अतिथिका रुपका पुज्ने कुरीति, कुसंस्कार, विसंगति, विकृतिको पर्दाफास पनि कविताले गरेका छन्। 

अन्न पानीमा अडेको, जिन्दगीको यो कथा
परिरहने आपत विपत, मर्म–दर्द सबैतिर । आत्मा मेरो उघ्रिँदैन

मानिसको जीवन अन्न पानीमा अडेको हुन्छ। दुई दिनको जिन्दगीमा सबैलाई दुख, पिर, आपतविपत, मर्म–दर्द सबैतिर परिरहन्छ । 

भोकमरीसँग सामना गर्न खोज्दा 
जीवनयापनका लागि तन्मय सङ्घर्ष गर्न लाग्दा 
सदा चाकलमाडीले सताउँछ यो जिन्दगी। खै ! के हो यो जिन्दगी?

अहिले समाजका विसङ्गत र नकारात्मक रुझानहरुलाई दुत्कार्दै आदर्श समाज व्यवस्थाका पक्षमा निर्भिक वकालत गरेका छन् सर्जक पन्तले। 

सात भाइ छोरा यी आमाका, अब पाउन रोक्नुपर्छ
अंश बण्डा गर्ने होइन, सधै संघारीमा बस्नुपर्छ।  ‘सात भाइ, कोही छैन पराई’

सघीयतामा सातवटा प्रदेश बनाइएको र अब थप्नु हुन्न, एक भई  टुक्रिन दिन हुँदैन, सधै मिलेर बस्नुपर्छ भन्ने सन्देश उनका कविताले दिएका छन्।

उठ्न नदिऊँ अब कुनै सामन्तवाद, यो वा त्यो कुनै भेषमा । गणतन्त्रबाट

गणतन्त्रमा पनि शोषक र सामन्तवादको कारण भोग्नु परेका पीडालाई उनले चित्रण गर्दे काममा तीव्र इच्छा भए पनि गरीब, असहायप्रति विवेक, बुद्धि नआउने प्रवृत्तिको आलोचना गरेका छन्। 

संग्रहमा रहेका ८२ वटा कविताले जीवनका समग्रपक्षको उजागर गरेका छन्। विश्वमा देखिएका विविध परिर्वतनको अनुभूति संग्रहमा उल्लेख छ। जीवनको प्रारम्भदेखि हालसम्म आपूmले अनुभूति गरेका विषयलाई पन्तले कवितामार्पत् प्रस्तुत गरेका छन्। जन्मदिने आमाको मायाले सताएको, मायाले पिरोलिएको विषयलाई लिएर कविता सृजना गर्नुले मातृत्व प्रेमको संवेदनशीलता र यथार्थता यस संग्रहमा पाइन्छ। उनका सृजनाले जीवनका हरेक पलसँग मेल खाने जीवनका वास्तविकता चित्रण गरेका छन्। 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्