काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले कुलमान घिसिविरुद्ध भारी मतान्तरले जित निकालेका छन् । निर्वाचन आयोगका अनुसार पाण्डेले करिब साढे सात हजार बढी मतान्तरले कुलमानलाई पराजित गरेका हुन् ।
रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।