• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बालुवा तस्करी प्रकरण : जिसस प्रमुख र पत्रकार महासंघ सिन्धुपाल्चोकबीच 'दोहोरी'

पित पत्रकारिता भयो : जिसस प्रमुख, महासंघ भन्छ- पत्रकारिताको मानमर्दन नगरौं
64x64
दुर्गा दुलाल बुधबार, भदौ २४, २०७७  १६:००
1140x725

काठमाडौं- सिन्धुपाल्चोक जिल्ला समन्वयन समितिका प्रमुख कृष्णगोपाल तामाङ र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखा आपसमा 'दोहोरी'मा उत्रिएका छन्। बालुवा तस्करी प्रकरणमा प्रमुख तामाङको समेत नाम मुछिएपछि उनले आफूविरुद्ध ‘पित पत्रकारिता’ गरिएको आरोप लगाएका छन् भने पत्रकार महासंघले भने पत्रकारिताको मानमर्दन नगर्न स्मरण गराएको छ। 

नेपाल लाइभले निरन्तर रूपमा नक्कली बिल बनाएर र अवैध रुपमा बन्द खोलाबाट अवैध बालुवा निकालेर तस्करी गरेको समाचार प्रकाशन गरेसँगै अन्य सञ्चार माध्यमले पनि उक्त प्रकरणमा पछ्याएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै जिसस प्रमुख तामाङले यस्तो आरोप लगाएका हुन्।

‘अधिकारप्राप्त अधिकारीको गलत क्रियाकलापलाई आम जनसमुदाय सामु ल्याउनु राज्यको चौथो अंगको रुपमा मानिएको पत्रकार जगतको कर्तव्य नै हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यथार्थ नबुझी सत्यतथ्य बिना कसैको मानमर्दन गर्ने मनसायले मात्र प्रकाशन र प्रसारण गरिने पत्रकारिताको भूमिका पित पत्रकारिता अन्तर्गत पर्ने व्यहोरा सबैमा स्मरण गराउन चाहन्छु।’

पत्रकार महासंघ सिन्धुपाल्चोकले जिसस प्रमुख तामाङको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको भन्दै अर्को विज्ञप्ति निकालेको छ। महासंघका अध्यक्ष महेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आफ्नो बचाउ गर्दा अरुको मानमर्दन नर्गनसमेत सचेत गराएका छन्।

सञ्चार माध्यममा प्रकाशित सामाग्री गलत भएमा उपचारको अन्य विकल्प नपनाई जन निर्वाचित संस्थाले पत्रकारीता क्षेत्रलाई  नै आक्षेप लगाउन गरी विज्ञप्ति निकाल्नु शोभनीय नभएको महासंघको विज्ञप्तिमा उल्लेख छ। खण्डन छपाउने, त्यसबाट पनि चित्त नबुझे प्रेस काउन्सिलमा जाने र अन्य प्रक्रिया हुँदाहुँदै जिससले विज्ञप्ति जारी गरेर पित पत्रकारीतालगायतको भाषा प्रयोगप्रति महासंघको ध्यानाकर्षण भएको भनिएको छ।

समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जिसस प्रमुख तामाङले नियमविपरीत नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न आफू क्रियाशील रहेको अवस्थामा आफूलाई जबरजस्ती मुछिएको समेत दाबी गरेका छन्।

साउन १४ गते सशस्त्र प्रहरी बल नेपाल १६ नम्बर गण हे. क्वा. सिन्धुपाल्चोकले चेकजाँचको क्रममा नियमानुसारको कर बापतको शुल्क नतिरी बालुवा लिएर आएको बा ४ ख ५८६४ नम्बरको टिपरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि लेखी पठाइएको स्वीकार विज्ञप्तिमा गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आवश्यक जाँचबुझ गर्दा उक्त टिपरले सिन्धु स्टोन एन्ड कन्ट्रक्सन प्रालिबाट मिति  साउन १४ नियमानुसार बिल काटेर बालुवा ढुवानी गरेको देखिएको दाबी  विज्ञप्तिमा गरिएको छ।

यो पनि पढ्नुहोस्

बालुवा तस्करीमा पनि नक्कली भ्याट बिल, २८ टिपर प्रहरीको नियन्त्रणमा, २२ छुटे शनिबार, भदौ २०, २०७७

जिल्ला अनुगमन समितिले वर्षायाममा (असार १ गतेदखि भदौ मसान्तसम्म) नदीजन्य पदार्थ उत्खनन र संकलन कार्यमा रोक लगाइएको र यस विपरीत कार्य गर्नेलाई मात्र सवारी साधनको प्रकृतिअनुसार दण्ड तथा जरिवाना तोकेको जिसस प्रमुख तामाङले दाबी गरेका छन्। उक्त टिपरले अवैध तवरबाट नदी खोलाबाट उत्खनन र संकलन गरी बालुवा नल्याएको दाबी उनले गरेका छन्। 

मौज्दात नै नभइकन बालुवा बिक्री गरेको भनी सम्प्रेषित समाचारको विषय छानबिन हुँदा सो अनुसार नै प्रमाणित भएको अवस्थामा सम्बन्धित क्रसर उद्योग जिम्मेवार रहने उनको विज्ञप्तिमा भनिएको छ। 

सिन्धुपाल्चोकमा असारदेखि भदौसम्म खोलाबाट बालुवा निकाल्न रोक लगाएको समयमा केही स्थानबाट बालुवा निकालेर नक्कली बिल बनाई तस्करी गरेको पाइएपछि शशस्त्र प्रहरीले २८ वटा टिपर नियन्त्रणमा लिएको थियो।

यी मध्ये २२ वटा विना कारबाहीमा छुटे्का थिए भने ६ वटा टिपरबाट नक्कली बिल भेटाइएको थियो। अर्कै प्रयोजनका लागि दर्ता भएको विकास सप्लायर्सको भ्याट बिलमा बालुवाका टिपरहरु काठमाडौ छिर्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरी जिससलाई बुझाएको थियो। जिससले साउन १४ गते पक्राउ परेको टिपरलाई १६ गतेको मितिमा काटिएका बिल पेस गरेकै आधारमा बिना कारबाही छोडेको थियो।

सञ्चार माध्यमले यो विषयमा समाचार प्रकाशन गरेपछि जिसस प्रमुख तामाङले एउटा मात्र टिपरको नम्बर उल्लेख गरेर पित पत्रकारिताको आरोप लगाएका थिए। उनको भूमिकामाथि प्रश्न उठाएपछि उनले पत्रकारिता क्षेत्रलाई नै गम्भीर आरोप गरेको भन्दै महासंघले आपत्ति जनाएको हो। 

थप समाचार

सिन्धुपाल्चोक बालुवा तस्करी : १४ गते नियन्त्रणमा लिइएका टिपर छुटाउन १६ गतेको बिल

बालुवा तस्करीमा संलग्नलाई तीन दिनभित्र कारबाही गर्न पूर्वमन्त्री बस्नेतकाे माग

बालुवा तस्करी प्रकरण : ६ वटा टिपर जनही १० हजार जरिवाना बुझाएर छुटे

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्