काठमाडौं – संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आफूहरुलाई विवाह गर्ने न्यूनतम उमेर घटाउनुपर्ने माग आएको बताएकी छिन्।
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देशभरका कारागार तथा बाल सुधारगृह भ्रमण गर्दा उमेर घटाउन माग आएपछि यस्तो बताएकी हुन्।
बाल विवाहलाई सामाजिक समस्याको समाधानमार्फत् सुवेदीले पनि बालविवाहको रोकथामका लागि जरासम्मै पुगेर समाधान खोज्नुपर्नेमा जोड दिदै कारागार तथा बाल सुधारगृहको अनुगमन गर्दा बालविवाहकै कारण धेरै बालबालिका जेलमा पाएको बताएकी छन्।
काठमाडौंमा शनिबारदेखि सुरु भएको उक्त भेला बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
उक्त भेलामा लागि देशका सातवटै प्रदेशमा बाल अधिकारको क्षेत्रमा काम गरिरहेका बालबलिकाका प्रतिनिधिहरुका साथै आयोजक एवं बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्य संघ संस्थाका प्रतिनिधि तथा विज्ञहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।