• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सिन्धुपाल्चोक बालुवा तस्करी : १४ गते नियन्त्रणमा लिइएका टिपर छुटाउन १६ गतेको बिल 

64x64
दुर्गा दुलाल मंगलबार, भदौ २३, २०७७  ०७:४७
1140x725

काठमाडौं-सिन्धुपाल्चोकको बालुवा तस्करी र नक्कली बिल बिजक जारी प्रकरणमा नयाँ तथ्य फेला परेका छन्। उक्त प्रकरणमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको भूमिका पनि शंकास्पद देखिएको छ।

असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खननमा प्रदेश सरकारले रोक लगाएको छ। तर सिन्धुपाल्चोकमा गिट्टीबालुवा बोकेका टिपर दैनिक बन्देउबाट बाहिरिने गरेकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले बिलबिनै हिँडेका र नक्कली बिल बोकेका २८ वटा टिपर नियन्त्रणमा लिएको थियो। यसरी नियन्त्रणमा लिइएका टिपरहरुलाई जिल्ला समन्वय समितिले भने बिल बिजक भएको भनी पत्र लेखेर छुटाएको देखिन्छ। 

अवैध रुपमा बालुवा ओसारपसारमा संलग्न टिपरलाई बन्देउबाट प्रहरीले नियन्त्रणमा लिई कारबाहीका लागि समन्वय समितिमा बुझाए पनि समन्वय प्रमुख  कृष्णगोपाल तामाङले भने पत्र लेखेर छाड्ने गरेको तथ्य फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नदीजन्य उत्खनन बन्द रहेकाले त्यस्ता टिपर नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाउने गरिएकाे छ। प्रहरीलाई कारबाही गर्ने अधिकार नभएकाले समन्वय समितिलाई बुझाउने गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए।

राजनीतिक दलको संरक्षणमा ठेकेदारले अवैध रुपमा खोलामा स्काभेटर लगाएर बालुवा तथा ढुंगागिट्टी निकाल्ने अनि प्रहरी चेकजाँचबाट उम्कन नक्कली बिल पेस गर्ने गरेकाे पाइएको थियो। 

१४ गते पक्राउ परेका टिपर १६ गतेको बिल पेस गरेर छुटे 
प्रहरीमा बुझाइएकामध्ये २२ वटा टिपरको सक्कली नै बिल भएको भन्दै जिल्ला समन्वय समितिले छोडेको छ। यसरी छुटेका टिपरहरुले आफूहरुले स्टक सामग्री ढुवानी गरेको दाबी गर्दै १६ गतेको मितिमा बिल पेस गरे। पक्राउ पर्दा बिलसमेत भएका र कतिपयको नक्कली बिल भएपछि जिल्ला समन्वय समितिमा पुगेपछि उनीहरुले नयाँ बिल रातारात बनाएर पेस गरेको देखिन्छ।

सोही बिललाई आधार मानेर जिल्ला समन्वय समितिका प्रमुख तामाङले छोड्न पत्र लेखेको देखिन्छ। तामाङले लेखेको पत्रमा १४ गते पक्राउ परेको स्वीकार गर्दै बा ४ ख ५८६४ नम्बरको टिपरले सिन्धु स्टोन एन्ड कन्स्ट्रक्सनबाट बालुवा खरिद गरेको भनिएको छ। पक्राउ परेको दिन नक्कली बिल देखाएको उक्त टिपरले जिल्ला सम्वन्वय समितिमा पुगेपछि सिन्धु स्टोनको नामबाट अर्को बिल पेस गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र प्रहरीले जिल्ला समन्वय समितिलाई उक्त टिपर पक्राउबारे लेखेको पत्रमा पनि अवैध रुपमा राति १ बजे बालुवा लिएर हिँडेको अवस्थामा पक्राउ गरेको उल्लेख छ। बा ४ ख ५८६४ नम्बरको टिपरले जिल्ला समन्वय समितिले तोकेको शुल्कसमेत नतिरेको उल्लेख छ। तर जिल्ला समन्वय समितिले भने बिल भएको भन्दै उन्मुक्ति दिएको हो।

यो पनि पढ्नुहोस्

बालुवा तस्करीमा पनि नक्कली भ्याट बिल, २८ टिपर प्रहरीको नियन्त्रणमा, २२ छुटे शनिबार, भदौ २०, २०७७

पछिल्लो समय २८ वटा बालुवा बोकेका टिपरलाई प्रहरीले जिल्ला समन्वय समितिमा बुझाएको थियो। तर समन्वय समितिका अध्यक्षले 'कारोबार मिलाउँदै' २२ वटा टिपर छोड्न पत्र लेखेको आशंका गरिएको छ। 

गत साउन १४ गते राति १ बजे जिल्ला समन्वय समितिको कार्यालयले तोकेको शुल्क नतिरी बालुवा लिएर गुडेको बा ४ ख ५८६४ नम्बरको टिपर सशस्त्र प्रहरी बल बन्देउले नियन्त्रयामा लिई समन्वय समितिमा बुझाएको थियो।

बालुवा खरिद बिल र राजस्व तिरेको कुनै पनि बिल साथमा नभएकाले नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ। तर, १४ गते नियन्त्रणमा लिएको टिपरलाई १६ गते काटिएको बिलको आधारमा समन्वय प्रमुख तामाङले छाड्ने आदेश दिएपछि बिना जरिवाना टिपर छाडिएको पाइएको छ।

१४ गते प्रहरीले नियन्त्रणमा लिएको उक्त टिपर चालकले काली/साँगा निर्माण जेभी को १६ गते काटिएको ३९७ नम्बरको राजस्व बिल र सिन्धु स्टोन एन्ड कन्सट्रक्सन कम्पनी प्रालिको १४ गते काटिएको १७८ नम्बरको बालुवा खरिद बिल पेस गरेका थिए।

स्टक नै नभएको कम्पनीको बिल 
जिल्ला समन्वय समितिको बैठकले सार्वजनिक गरेको क्रसरहरुले बुझाएको मौज्दात विवरणमा सिन्धु स्टोन कन्स्ट्रक्सनले आफूसँग बालुवा मौज्दात नरहेको उल्लेख गरेको थियो। तर मौज्दात नै नभएको बालुवाको  बिल कसरी उसले दियो भन्ने विवाद देखिएको छ।

समन्वय समितिमाथि शंकैशंका 
बालुवा तस्करी प्रकरणमा अहिले जिल्ला समन्वयमाथि शंकैशंका देखिएका छन्। बिलबिनै निर्बाध रूपमा हिँडेका तस्करीका बालुवाको टिपरलाई कसरी बिल भएको भनि छोडियो भन्ने प्रश्न उठेको छ। 

उक्त क्रसरले आफूसँग नभएको सामानको बिल कसरी बनायो? १४ गते नियन्त्रणमा लिएको टिपरलाई १६ गतेको बिलको आधारमा कसरी छाड्न मिल्यो?जस्ता अनुत्तरित प्रश्न देखिएका छन्। यो विषयमा प्रश्न गर्दा जिल्ला समन्वय समितिका प्रमुख तामाङले बिल पेश भएकै आधारमा छोडिएको दाबी गरे। उनले शंकास्पद ६ टिपर नियन्त्रणमा रहेको र जरिवानाका लागि सूचना जारी गरिएको बताए। गलत काम गर्नेलाई कारबाही हुने उनको प्रतिबद्धता थियो। 

राजस्व छलीमा जरिवाना तिराएर उम्काउन खोजिँदै 
यीमध्ये केही टिपरहरुले नक्कली भ्याट बिल देखाएका थिए। चौतारा साँगाचोकगढीको विकास सप्लायर्सले यस्तो बिल बनाएको थियो। यो कम्पनी ढुङगा, बालुवा र गिटी उत्पादन गर्ने कम्पनी होइन। सामान्य सामग्री सप्लायर्स गर्ने कम्पनीले खोलाको बालुवा डिपोको रूपमा नक्कली बिल काटेर ७ वटा टिपरलाई दिएको थियो।

साउन २८ देखि ३२ गतेसम्मको मिति राखेर बिल काटिएको छ। एउटा बिल भदौ १६ गतेको मितिमा पनि काटिएको छ। तर टिपर भने भदौ १४ गते नियन्त्रणमा लिइएका थिए। काठमाडौं आउनुभन्दा दुुुई दिन पछिको मितिमा पनि काटिएकाे थियो। 

यसरी राजस्व छली र गैरकानुनी काम गर्नेमा विकास सप्लायर्स कृष्ण भन्ने विकास श्रेष्ठको नाममा रहेको कम्पनी हो। उनीहरुले फरक–फरक भ्याट बिल काटेर काठमाडौ पठाउने गरेका थिए। प्रहरीले एकै ठाउँबाट बालुवा ल्याउँदा पनि फरक-फरक बिल देखेपछि शंका लागेर टिपर नियन्त्रणमा लिएको थियो। 

श्रेष्ठको नेतृत्वमा बिल काटिएको ६ वटा टिपर भने अहिले पनि जिल्ला समन्वय समितिको नियन्त्रणमै रहेको छ। आफूमाथि अनुसन्धान हुन थालेपछि उनी अहिले फरार छन्। नक्कली भ्याट बिल प्रमाणित भएमा राजस्व चुहावट आकर्षित हुने भएकाले पक्राउ पर्ने डरले उनी फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्