• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सिन्धुपाल्चोक बालुवा तस्करी : १४ गते नियन्त्रणमा लिइएका टिपर छुटाउन १६ गतेको बिल 

64x64
दुर्गा दुलाल मंगलबार, भदौ २३, २०७७  ०७:४७
1140x725

काठमाडौं-सिन्धुपाल्चोकको बालुवा तस्करी र नक्कली बिल बिजक जारी प्रकरणमा नयाँ तथ्य फेला परेका छन्। उक्त प्रकरणमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको भूमिका पनि शंकास्पद देखिएको छ।

असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खननमा प्रदेश सरकारले रोक लगाएको छ। तर सिन्धुपाल्चोकमा गिट्टीबालुवा बोकेका टिपर दैनिक बन्देउबाट बाहिरिने गरेकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले बिलबिनै हिँडेका र नक्कली बिल बोकेका २८ वटा टिपर नियन्त्रणमा लिएको थियो। यसरी नियन्त्रणमा लिइएका टिपरहरुलाई जिल्ला समन्वय समितिले भने बिल बिजक भएको भनी पत्र लेखेर छुटाएको देखिन्छ। 

अवैध रुपमा बालुवा ओसारपसारमा संलग्न टिपरलाई बन्देउबाट प्रहरीले नियन्त्रणमा लिई कारबाहीका लागि समन्वय समितिमा बुझाए पनि समन्वय प्रमुख  कृष्णगोपाल तामाङले भने पत्र लेखेर छाड्ने गरेको तथ्य फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नदीजन्य उत्खनन बन्द रहेकाले त्यस्ता टिपर नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाउने गरिएकाे छ। प्रहरीलाई कारबाही गर्ने अधिकार नभएकाले समन्वय समितिलाई बुझाउने गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए।

राजनीतिक दलको संरक्षणमा ठेकेदारले अवैध रुपमा खोलामा स्काभेटर लगाएर बालुवा तथा ढुंगागिट्टी निकाल्ने अनि प्रहरी चेकजाँचबाट उम्कन नक्कली बिल पेस गर्ने गरेकाे पाइएको थियो। 

१४ गते पक्राउ परेका टिपर १६ गतेको बिल पेस गरेर छुटे 
प्रहरीमा बुझाइएकामध्ये २२ वटा टिपरको सक्कली नै बिल भएको भन्दै जिल्ला समन्वय समितिले छोडेको छ। यसरी छुटेका टिपरहरुले आफूहरुले स्टक सामग्री ढुवानी गरेको दाबी गर्दै १६ गतेको मितिमा बिल पेस गरे। पक्राउ पर्दा बिलसमेत भएका र कतिपयको नक्कली बिल भएपछि जिल्ला समन्वय समितिमा पुगेपछि उनीहरुले नयाँ बिल रातारात बनाएर पेस गरेको देखिन्छ।

सोही बिललाई आधार मानेर जिल्ला समन्वय समितिका प्रमुख तामाङले छोड्न पत्र लेखेको देखिन्छ। तामाङले लेखेको पत्रमा १४ गते पक्राउ परेको स्वीकार गर्दै बा ४ ख ५८६४ नम्बरको टिपरले सिन्धु स्टोन एन्ड कन्स्ट्रक्सनबाट बालुवा खरिद गरेको भनिएको छ। पक्राउ परेको दिन नक्कली बिल देखाएको उक्त टिपरले जिल्ला सम्वन्वय समितिमा पुगेपछि सिन्धु स्टोनको नामबाट अर्को बिल पेस गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र प्रहरीले जिल्ला समन्वय समितिलाई उक्त टिपर पक्राउबारे लेखेको पत्रमा पनि अवैध रुपमा राति १ बजे बालुवा लिएर हिँडेको अवस्थामा पक्राउ गरेको उल्लेख छ। बा ४ ख ५८६४ नम्बरको टिपरले जिल्ला समन्वय समितिले तोकेको शुल्कसमेत नतिरेको उल्लेख छ। तर जिल्ला समन्वय समितिले भने बिल भएको भन्दै उन्मुक्ति दिएको हो।

यो पनि पढ्नुहोस्

बालुवा तस्करीमा पनि नक्कली भ्याट बिल, २८ टिपर प्रहरीको नियन्त्रणमा, २२ छुटे शनिबार, भदौ २०, २०७७

पछिल्लो समय २८ वटा बालुवा बोकेका टिपरलाई प्रहरीले जिल्ला समन्वय समितिमा बुझाएको थियो। तर समन्वय समितिका अध्यक्षले 'कारोबार मिलाउँदै' २२ वटा टिपर छोड्न पत्र लेखेको आशंका गरिएको छ। 

गत साउन १४ गते राति १ बजे जिल्ला समन्वय समितिको कार्यालयले तोकेको शुल्क नतिरी बालुवा लिएर गुडेको बा ४ ख ५८६४ नम्बरको टिपर सशस्त्र प्रहरी बल बन्देउले नियन्त्रयामा लिई समन्वय समितिमा बुझाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालुवा खरिद बिल र राजस्व तिरेको कुनै पनि बिल साथमा नभएकाले नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ। तर, १४ गते नियन्त्रणमा लिएको टिपरलाई १६ गते काटिएको बिलको आधारमा समन्वय प्रमुख तामाङले छाड्ने आदेश दिएपछि बिना जरिवाना टिपर छाडिएको पाइएको छ।

१४ गते प्रहरीले नियन्त्रणमा लिएको उक्त टिपर चालकले काली/साँगा निर्माण जेभी को १६ गते काटिएको ३९७ नम्बरको राजस्व बिल र सिन्धु स्टोन एन्ड कन्सट्रक्सन कम्पनी प्रालिको १४ गते काटिएको १७८ नम्बरको बालुवा खरिद बिल पेस गरेका थिए।

स्टक नै नभएको कम्पनीको बिल 
जिल्ला समन्वय समितिको बैठकले सार्वजनिक गरेको क्रसरहरुले बुझाएको मौज्दात विवरणमा सिन्धु स्टोन कन्स्ट्रक्सनले आफूसँग बालुवा मौज्दात नरहेको उल्लेख गरेको थियो। तर मौज्दात नै नभएको बालुवाको  बिल कसरी उसले दियो भन्ने विवाद देखिएको छ।

समन्वय समितिमाथि शंकैशंका 
बालुवा तस्करी प्रकरणमा अहिले जिल्ला समन्वयमाथि शंकैशंका देखिएका छन्। बिलबिनै निर्बाध रूपमा हिँडेका तस्करीका बालुवाको टिपरलाई कसरी बिल भएको भनि छोडियो भन्ने प्रश्न उठेको छ। 

उक्त क्रसरले आफूसँग नभएको सामानको बिल कसरी बनायो? १४ गते नियन्त्रणमा लिएको टिपरलाई १६ गतेको बिलको आधारमा कसरी छाड्न मिल्यो?जस्ता अनुत्तरित प्रश्न देखिएका छन्। यो विषयमा प्रश्न गर्दा जिल्ला समन्वय समितिका प्रमुख तामाङले बिल पेश भएकै आधारमा छोडिएको दाबी गरे। उनले शंकास्पद ६ टिपर नियन्त्रणमा रहेको र जरिवानाका लागि सूचना जारी गरिएको बताए। गलत काम गर्नेलाई कारबाही हुने उनको प्रतिबद्धता थियो। 

राजस्व छलीमा जरिवाना तिराएर उम्काउन खोजिँदै 
यीमध्ये केही टिपरहरुले नक्कली भ्याट बिल देखाएका थिए। चौतारा साँगाचोकगढीको विकास सप्लायर्सले यस्तो बिल बनाएको थियो। यो कम्पनी ढुङगा, बालुवा र गिटी उत्पादन गर्ने कम्पनी होइन। सामान्य सामग्री सप्लायर्स गर्ने कम्पनीले खोलाको बालुवा डिपोको रूपमा नक्कली बिल काटेर ७ वटा टिपरलाई दिएको थियो।

साउन २८ देखि ३२ गतेसम्मको मिति राखेर बिल काटिएको छ। एउटा बिल भदौ १६ गतेको मितिमा पनि काटिएको छ। तर टिपर भने भदौ १४ गते नियन्त्रणमा लिइएका थिए। काठमाडौं आउनुभन्दा दुुुई दिन पछिको मितिमा पनि काटिएकाे थियो। 

यसरी राजस्व छली र गैरकानुनी काम गर्नेमा विकास सप्लायर्स कृष्ण भन्ने विकास श्रेष्ठको नाममा रहेको कम्पनी हो। उनीहरुले फरक–फरक भ्याट बिल काटेर काठमाडौ पठाउने गरेका थिए। प्रहरीले एकै ठाउँबाट बालुवा ल्याउँदा पनि फरक-फरक बिल देखेपछि शंका लागेर टिपर नियन्त्रणमा लिएको थियो। 

श्रेष्ठको नेतृत्वमा बिल काटिएको ६ वटा टिपर भने अहिले पनि जिल्ला समन्वय समितिको नियन्त्रणमै रहेको छ। आफूमाथि अनुसन्धान हुन थालेपछि उनी अहिले फरार छन्। नक्कली भ्याट बिल प्रमाणित भएमा राजस्व चुहावट आकर्षित हुने भएकाले पक्राउ पर्ने डरले उनी फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्