काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार दुई सदस्यले आफ्नो धारणा राखेका छन्। बैठकमा गोपालमान श्रेष्ठ र विजय गच्छदारले धारणा राखेका हुन्।
गोपालमान श्रेष्ठले बैठक सुरु भएदेखि 'लन्च-ब्रेक' सम्म करिब २ घन्टा बोलेका थिए। ब्रेक समय भइसक्दा पनि बोलिरहेपछि अन्य सदस्यले असन्तुष्टि जनाएका थिए। 'तर, उहाँले लन्चपछि पनि केहीबेर बोल्नुभयो,' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।
श्रेष्ठपछि गच्छदारको पालो आएको थियो। आमन्त्रित सदस्यको हैसियतमा बोलेका गच्छदारले लगातार ३ घन्टा ५ मिनेट बोलेको प्रवक्ता शर्माले जानकारी दिए। 'उहाँको भाषण सकिएको छैन,' उनले भने, 'भोलि पनि सुरुमा उहाँले बोल्नुहुन्छ, त्यसपछि पदाधिकारीले बोल्ने कार्यतालिका छ।'
गत चैत ९ देखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ६० भन्दा बढी सदस्यले धारणा राखिसकेका छन्। बैठक अन्तिम चरणमा पुगेको छ।
यो पनि पढ्नोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।