• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विश्वप्रकाशले पहिल्याए कांग्रेस हार्नुका यस्ता ६ कारण

64x64
नेपाल लाइभ बुधबार, वैशाख १२, २०७५  १२:१५
1140x725

काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लिखित प्रस्ताव पेश गरेका छन्।

बुधबारको बैठकमा शर्माले गत वर्ष सम्पन्न चुनावमा पार्टी हारका ६ कारण प्रस्तुत गरेका हुन्। 

शर्माद्वारा प्रस्तुत 'कांग्रेस रुपान्तरणको एजेन्डा र आधुनिकीकरणको रोडम्याप' मा ३ बुँदे सैद्धान्तिक पुनर्व्याख्या पनि उल्लेख छ।

शर्माले प्रस्तुत गरेको पार्टी हारको ६ कारण यसप्रकार छः

१) मुर्झाएको आत्मीयता

पंचायतकालमा नेपाल विद्यार्थी संघको मेची क्याम्पस ईकाई झापाको अध्यक्ष रहेको त्यो समय सम्झन्छु– माटोको भर ढुंगा, ढुंगाको भर माटो जस्तै कति आत्मीयता थियो साथी र साथीहरुबीच। तर, ०४६ को परिवर्तनपछि जब हामी शासनसत्तामा गयौं, तब त्यागको भावना प्राप्तीको जुनुनमा बदलियो। आन्तरिक प्रतिस्पर्धालाई सिष्टम र संस्कारको सौन्दर्यसाथ विकसित गर्न सकिएन। परिणाममा आत्मीयता मुर्झायो अनि दृष्यमा प्रकट भयो गणेशमानजीको प्रशंसा गर्दै गिरिजाबाबुको आलोचना र गिरिजाबाबुको समर्थन गर्दै किशुनजीको निन्दा गर्ने अपसंस्कृति। आफ्नाले नै आफ्नालाई खुइल्याउन सुरु गरेपछि कांग्रेसको घर रंगीन बनिरहन सम्भव थिएन। यसरी सुरु भयो सगरमाथाको उचाइबाट ओरालो झर्ने हाम्रो यात्रा। मुर्झाएको आत्मीयताले आन्तर्घातको अण्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो। आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र अनुच्छेदहरु नियतिले उसबेलै कोर्न सुरु गरिसकेको थियो। 

२) छविमा क्षति

‘मास’मा आधारित राजनीतिक दलको चुनावी विजयको पहिलो आधार नै उसको छवि हुन्छ। राम्रो छवि बनाउन राम्रा काम गरेर मात्र पुग्दैन, त्यसको प्रचार आम नागरिकको ह्रदयलाई छुने ढंगले गरिनै पर्छ। छवि नराम्रो बन्न भने एउटा अप्रिय काम गरे पुग्छ, त्यसको प्रचार आरुले नि:शुल्क गरिदिन्छन्। हाम्रो तीनवटा कमजोरी रह्यो छवि उच्च बनाउन नसकेको सन्दर्भमा– 

Ncell 2
Ncell 2
nimb
nimb

क) कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रो कामलाई ‘ब्राण्डिङ’ गर्दै आघि बढ्ने चुस्त रणनीति शायद हामीले आवश्यक नै ठानेनौं। त्यो गर्न सकेको भए शान्ति, संविधान आनि प्रतिकूल राजनीतिक परिस्थितिका बीच पनि मुलुकले हासिल गरेको केही समृद्धिको वाहक कांग्रेस नै हो भनेर उज्यालो छवी स्थापित गर्न सकिन्थ्यो र त्यो छवीले मतदाताको मन र मत जित्न हामीलार्इ सघाउ पुग्थ्यो। 

ख) सरकारमा रहेर गरिएका कतिपय निर्णय तत्कालीन जनमतको प्रतिकूल हुँदैछ र हाम्रो छविलाई गहिरो सर पुर्‍याउँदैछ भन्ने हेक्का नराख्नु हाम्रो सामान्य कमजोरी थिएन। इतिहासको गौरव भन्दा तत्कालीन मुद्दाहरुको रौनक निर्वाचनमा निर्णायक हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न नसक्दा त्यसको लाभ हाम्रो विपक्षी गठवन्धनलार्इ पुग्यो। 

ग) पार्टी र पार्टी नेतृत्वको छवी विष्लेशण, परिकल्पना, निर्माण र परिमार्जन गर्न छरितो टिम निर्माण गर्नुपर्ने आवश्यकता हामीले कहिल्यै महशुस गरेनौं। पछिल्लो समय विश्वमा प्रयोगमा आइरहेको ‘वार रुम’ को आवधारणा चुनावी परिणाम पक्षमा ल्याउन कारगर सावित हुँदै गएको छ। तर, हामी भने परम्परागत चुनावी शैलीमै आल्मलियौं। फलतः वाम गठवन्धनको आक्रामकतालाई निस्तेज तुल्याउन सकिएन। 

३) महत्वपूर्ण मुद्दाहरुको वहिर्गमन

Xtrem

Xtrem

नेपालमा समावेसी आपनत्वको प्रारम्भ जननेता वीपी कोइरालाले गर्नुभएको थियो। पार्टी महामन्त्री पदमा दलित सहयोद्धाको चयन होस् या आफ्नो मन्त्रीमण्डलमा लिम्बू, राई, नेवार, मधेसी, थारु, थकाली, गुरुङ या महिलाको छनौट होस्ः– वीपीले सम्पादन गर्नुभएको त्यस्तो कर्म नेपालका सबै राजनीतिक दलले व्यवहारिक कार्यान्वयन गर्न मुलुकको संविधान र पार्टीहरुको विधानले निर्देशित गर्नुपर्यो। यसको चोट कांग्रेसले बढि झेल्यो किनकी समावेसीताको दृष्टिकोण, मुद्दा र आगुवाई हाम्रो हो, आदीवासी जनजाति, मधेशी, दलित, महिला सवैको आत्मसम्मान, पहुँच, प्रतिनिधित्व र पहिचानको मुद्घा हाम्रो हो भनेर स्थापित गर्न हामी चुक्यौं, परिणाममा हाम्रो डिपार्टमेन्टल स्टोर खाली हुँदै गयो, आरुको किराना पसल भरिदै गयो। आन्ततः हामी चुनाव हार्यौं। 
भुकम्पको गहिरो चोट व्यहोरि रहेको बेला हम्रो देशले भारतीय नाकावन्दीको प्रहार झेल्नु पर्यो। बाह्य दवावलार्इ आश्विकार गरेर हाम्रो नेतृत्वमा संविधान निर्माण गर्नुको परिणाम थियो त्यो नाकावन्दी। तर त्यसको प्रतिवाद खुलेर गर्नबाट हामी चुक्यौ परिणाममा आरूले महान राष्ट्रवादीका रूपमा आफुलाई स्थापित गर्न पाए र राष्ट्रवादको मुद्धामा हाम्रो सार्वजनिक पकड कमजोर बन्नुको परिणाम चुनावमा भोग्नु पर्यो।

४) सम्प्रेषण क्षमतामा ह्रास

राजनीतिको मैदानमा कुनै पनि दलको सम्प्रेषणको क्षमतालाई प्रतिस्पर्धी दलको सम्प्रेषण क्षमतासँग दाँजेर अध्ययन र आवधारणा निर्माण गर्ने प्रचलन विश्वव्यापी छ। हामी यसमा कमजोर रह्यौं। भनाई नै छ– बोल्न सक्नेले हिमालमा फ्रिज बेच्छ नसक्नेले मधेशमा आर्इसक्रिम पनि बेच्न सक्दैन र हाम्रो सन्दर्भमा भयो त्यही। सम्प्रेषण सम्वद्ध आर्को पाटो हुन्छ– प्रतिस्पर्धीमाथि तथ्यपूर्ण र खरो प्रहार। केन्द्रीय तहबाट त्यसका लागि सिर्जना गरिनुपर्ने जुन तरंग हो त्यो हुन सकेन। परिणाममा हाम्रो ‘डिफेन्सिभ’ मनोविज्ञानलाई वाम गठवन्धनको ‘आफेन्सिभ’ रणनीतिले परास्त गर्ने कुरा आनौठो रहेन। 

५) ओझेलमा परेको भविष्य दृष्टि

वीपी कोइरालाले प्रधानमन्त्री छदा उदघोष गर्नु भएको थियो पन्ध्र वर्षभित्रमा हरेक नेपालीलाई म आफ्नो जस्तै आर्थिक आवस्थाको बनाउँछु। वीपीको त्यो आभिव्यक्ति शैलीले एकसाथ तीनकर्म गरेको थियो। एक, देशका सामु निश्चित सपनाको प्रस्तुति। दुई, त्यसलाई पुरागर्ने निश्चित समयको पूर्व घोषणा। तीन, नागरिकको हृदय छुनेगरि “आफु जस्तै वनाउने” भावनात्मक तरङ्गको सृजना। ०४६ को परिवर्तन पछि हाम्रो नेतृत्वमा मुलुकको समृृद्धिको दिशामा कयौ महत्वपूर्ण कार्य भए हिंसात्मक द्वन्द र आनेकन प्रतिकुलताका वीच। तर नागरिकको हृदय छुने तरङ्ग सृजना गर्न हामिले सकेनौं। वीपीको परिपक्व शैली हामीले पछ्याउन नसक्दा एकातर्फ समृद्धि तर्फको हाम्रो कर्म नागरिकको हृदयको प्रिय हुन सकेन भने आर्का तर्फ घोषणा पत्रवाट जारी हाम्रो भविष्य दृष्ट्रिलाई कर्णप्रिय बनाउन सकेनौ।

६) परम्परागत सांगठनिक शैली 

समय बदलियो, चुनौती बदलियो, प्रतिस्पर्धीहरुको क्षमता र एकता पनि बदलियो। तर, बदलिएको चुनावी चुनौती बदल्न सक्नेगरी हामी बदलिएनौं। परिणाममा हाम्रो आकार बदलियो। कर्पोरेट हाउस जस्तो एउटा र सैन्य मैदानबाट आएको आर्को, दुई कम्युनिष्ट पार्टी एकीकृत हुने घोषणासाथ गठवन्धन बनाएर चुनाव मैदानमा आउँदा त्यसको प्रतिवाद गर्न सक्ने सांगठनिक पूर्व तत्परता हाम्रो विल्कुलै भएन। केन्द्रमा होस् या अन्य तहमा समयमै सबै पदाधिकारी मनोनयन एवं विभाग गठन तथा भ्रातृ संस्थाहरुको आधुनिकीकरण हुन सकेको भए निश्चय पनि क्षति न्यून हुन्थ्यो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्