लण्डन–बेलायती अभिनेता रबर्ट पेटिन्सनलाई कोरोना संक्रमण भएको छ। कोरोना पोजेटिभ देखिएपछि उनीद्वारा अभिनित ‘द ब्याटम्यान’ को शुटिङसमेत रोकिएको छ।
प्रोडक्सन कम्पनी वार्नर ब्रदर्शका प्रवक्ताले ब्याटम्यानका एक सदस्यमा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै फिल्मको काम अस्थायी रुपमा रोकिएको जनाएका छन्।
मार्चमा भएको लकडाउनपछि तीन दिनअघिमात्र ‘द ब्याटम्यान’ को शुटिङ पुनः सुरु गरिएको थियो। कोरोना महामारीका कारण लगाइएको लकडाउनका कारण हलिउड पनि नराम्ररी प्रभावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।