• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

करुणामयको जात्रामा नसुहाउने क्रूरता

64x64
ऋग्वेद शर्मा बिहीबार, भदौ १८, २०७७  १९:१९
1140x725

काठमाडौं- धर्म, परम्परा, संस्कार र संस्कृतिका यावत् विषय मानवीयता भन्दा बाहिर कहिल्यै छैन। तर धर्मका नाममा मानवीयतालाई नसुहाउने कर्महरु बेलाबखत देखिइरहन्छन्। जसमा केहीको मूर्खतामा वर्षौंसम्म मानवता लज्जित भइरहनु पर्दछ। 

परोपकार पुण्याय पापाय परपीडनम्। अरूको उपकारले पुण्य प्राप्त हुन्छ। अर्कालाई पीडा दिँदा पाप हुन्छ भनिने नै हाम्रो संस्कार हो। १८ पुराणले दिने तात्विक ज्ञान पनि अरुको उपकारमा नै छ। रातो मच्छिन्द्रनाथको पनि त उत्पत्ति अनिकालमा रहेका उपत्यकाबासीलाई जोगाउने कल्याणका लागि भएको जनविश्वास छँदैछ। 

बिहीबार दिउँसो ललितपुर पुल्चोकमा मच्छिन्द्रनाथ रथजात्रामा जे देखियो त्यो धर्म संस्कारले सिकाउने मानवताभन्दा निकै पर थियो। प्रहरीमाथिको ढुंगा प्रहार र एक ट्राफिक प्रहरी निर्घात कुटिएका दृश्यहरु श्रद्धालुलाई सुहाउने र सोच्नसम्म सकिने विषय होइन। 

मच्छिन्द्रनाथ करुणामयका रुपमा पनि पुजिन्छन्। जसले मानवमात्रको सुख र सहृदयलाई प्रतिनिधित्व गरिरहेका छन्। त्यस्तो करुणामयको करुणा बिर्सिएर सुरक्षा निकायमाथि पोखिएको रिस राज्यद्वारा थुपारिएको निराशा र कुण्ठाको परिणाम मात्र होइन। मानवीय मनमा विकास हुन नसकेको करुणाको परिणति हो। 

कोरोना माहामारीको यो समयमा क्षमापूजा लगायतका विकल्प हुँदाहुँदै रथजात्राको तयारी गरियो। रथ निर्माण भयो। तर सुरक्षित रुपमा कसरी रथ जात्रा गर्ने भन्ने यकिन निर्णय कतैबाट भएन। त्यसमा सम्बद्ध गुठि र जातीय समूहहरुको आवाज आफूहरुमा मात्र सीमित भइरह्यो। 

मच्छिन्द्रनाथलाई साउन १० गते पुल्चोकमा निर्माण गरिएको रथमा राखिएको थियो। पहिलेको जस्तो अवस्थामा त्यसरी रथमा मूर्ति राखिएको चार दिनमा रथ तान्न थालिन्थ्यो। तर यसपटक कोरोना माहामारीका कारण रथमा मूर्ति राखिसकेपछि पनि रथ तान्न ढिलाइ भइरह्यो। असोज २ गतेदेखि मलमास रहेकाले समयमै जावालखेलसम्म रथ नताने मलमासमा तान्न नहुने हुँदा सम्बन्धितहरुमा हतारो देखियो। 

स्थानीयसहित रथसम्बद्ध गुठियारहरुले पनि विकल्पको खोजि गर्नुपर्ने बताइरहेका पनि थिए। गएको हप्ता नै गुठिसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले अबको हप्तामा रथलाई कसरी अगाडि बढाउने भन्ने यकिन गरेर काम गर्नुपर्ने बताइरहेका थिए। तर स्थानीय स्तरमा उठेका आवाजमा न त स्थानीय तह चनाखो भयो न त सरकारले केही सोच्यो। जोशीले भदौ ७ गते आइतबार यस विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत जानकारी गराएको बताएका छन्।

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी र स्थानीयबीच झडप [फोटो फिचर]बिहीबार, भदौ १८, २०७७

उनीहरुले प्रहरी र सेनाको सहयोगमा जात्रासँग सम्बन्धित ६० देखि ७० जना व्यक्तिले सुरक्षित रुपमा रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर नढल्काइकन रथ अगाडि बढाउन सकिने उपाय पनि सुझाएका थिए। त्यसविषयमा गुठी संस्थानमा बारम्बार कुरा राख्न जाँदा भेट नै हुन नसकेको उनको गुनासो छ।  

Ncell 2
Ncell 2
nimb
nimb

यसरी रथजात्रा कसरी सम्पन्न गर्ने भन्ने अन्योल बढिरहँदा बुधबार बेलुका केही स्थानीयले सामाजिक सञ्जालमार्फत आह्वान गरे– ‘यसरी त हुँदैन, अब दबाब दिनुपर्छ।’ उनीहरुले सम्बन्धित निकायलाई दबाब दिन बिहीबार दिउँसो ४ बजे सामाजिक दुरीसहित रथ राखिएको स्थान पुल्चोकमा भेला हुन आह्वान गरेका थिए। 

तर दिउँसो सुरक्षित रुपमा भेला भएर सांकेतिक दबाब सिर्जना गर्न खोजिएको प्रयासभन्दा ठीक उल्टो नतिजा देखियो। पुल्चोकमा बिहानदेखि नै स्थानीय युवाहरु जम्मा भए। उपस्थित केही युवाहरुको तत्कालको निर्णयले नै रथ तान्ने कामसमेत भयो। 

न त विधि पुर्याएर रथ तानिएको थियो, न त रथ तान्दा अनिवार्य उपस्थित हुनुपर्ने सबैको उपस्थिति नै थियो। रथ तान्न थालेको लाइभ भिडियो र तस्बिर सामाजिक सञ्जालमा फैलिएपछि मानिसहरुको उपस्थिति बढ्यो। त्यसपछि त जे नहुनुपर्ने त्यही भयो। 

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिड तितरबितर गर्न प्रहरी परिचालन गरियो। आक्रोशित भिडले प्रहरी माथि नै ढुंगामुढा गरे। भिड नियन्त्रणमा कुनै संलग्नता नहुने ट्राफिक प्रहरीलाई समेत निर्घात कुटे। त्यो हर्कत करुणामयको आराधनाले नसिकाउने अमानवीय व्यवहार थियो। 

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप, प्रहरीले हटायो स्थानीयको भीडबिहीबार, भदौ १८, २०७७

जो साचो अर्थमा संस्कार र संस्कृतिको जगेर्ना गर्ने प्रयासमा लामो समयदेखि क्रियाशील थिए यसले उनीहरुको मन नराम्ररी दुख्यो। अहिले नेवार समुदायमाथि नै खराब सन्देश गएको चिन्तामा उनीहरु छन्। 

‘यो घटनाले निकै नराम्रो सन्देश गयो। यसले हाम्रो संस्कार र मूल्य मान्यतामा नै धक्का पुग्ने काम भएको छ। सुरक्षित भएर विधि पुर्याएर काम गर्न सकिने विकल्प हुँदाहुँदै यस्तो घटना घट्यो, अब बल्ल सम्बन्धितहरु तातिने होलान्। जोशमा नसोचि बढ्नु कहिल्यै राम्रो हुँदैन। सम्बन्धितहरुले बेलैमा ध्यान दिनुपर्ने थियो’ स्थानीय संस्कार र सांस्कृतिक सम्पदाको जगेर्नामा लागिरहेका आलोकसिद्धि तुलाधरले सुनाए। 

स्थानीय ज्यापु समाजले पनि स्थानीय प्रशासन र आफूहरुको अनुमति बिना नै केहीले मच्छिन्द्रनाथको रथ तानेको भन्दै आपत्ती जनाएको छ। बिहीबार दिउँसोको घटनापछि स्थानीय समुदायसहित उनीहरु आकस्मिक बैठक बसेका थिए। अहिले उनीहरुले नै ५ सय १ जना स्वयंसेवक खटाएर रथको सुरक्षामा आफूहरु नै बस्ने निर्णय पनि गरेका छन्। 

वैशाखमा दोलखामा हुने रातो मच्छिन्द्रनाथकै रथ जात्रामा स्थानीय प्रशासनसँगको छलफलपछि क्षमा पूजा गरेर यो वर्ष रथ नतान्ने निर्णयमा स्थानीयहरु पुगेका थिए। जसअनुरुप उनीहरुले विधिपूर्वक क्षमा पूजा गरेर रथ जात्रा गरेनन्। त्यही विकल्प यहाँ पनि प्रयोग हुन सक्थ्यो। आखिर हाम्रो संस्कार र धार्मिक काम विकल्पविहीन कहिल्यै छैन। 

स्थानीयहरु अब केहीको संख्यामा मात्र उपस्थित भएर सुरक्षित रुपमा रथजात्रा सकाउनुपर्ने पक्षमा छन्। सुरु भइसकेको जात्रा बीच छाड्नुभन्दा विकल्प खोज्नेमा नै उनीहरु देखिन्छन्। जसले गर्दा डोजर र क्रेनको सहायताले पनि काम गर्न सकिने उनीहरुको भनाइ छ। 

000


मच्छिन्द्रनाथ जात्रा बारे संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको नेपाली चाडपर्वदेखि अन्य केही पुस्तकहरुमा पनि यसको महिमा र जनश्रुतिका विश्वासहरुबारे लेखिएको देखिन्छ। रथ तानेर जात्रा सम्पन्न नभए देवता भक्तपुरले लैजान्छ भनेर अहिले चलिरहका हल्लाहरु पनि जनश्रुतिमा आधारित भने छन्। 

नेवारले मानिआएको बुद्ध धर्मबारे नेपालमा नै बसेर लामो समय अध्ययन गरेका अमेरिकी विद्वान जोन के लकले पनि सन् १९८० मा आफ्नो पुस्तक ‘करुणामय’ मा यस्ता जनश्रुतिका विश्वास र तत्कालिन जात्रा पर्वको अवस्थाबारे लेखेका छन्। 

नेपालमा सबैभन्दा लामो समयसम्म मनाइने जात्रा हो रातो मच्छिन्द्रनाथ। अनुमानित १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख शुक्लपक्ष प्रतिपदादेखि सुरु भएर कहिले दुई महिना त कहिले तीन महिनासम्म पनि लम्बिन्छ। 

माछाबाट उत्पत्ति भएको विश्वासमा मत्स्येन्द्रनाथ भनिने देवतालाई जनजिब्रोले परिमार्जन गर्दै मच्छिन्द्रनाथ भन्न थालिएको हो। मच्छिन्द्रनाथलाई शिव, विष्णु, सूर्य र नाथका रुपमा समेत आस्थाअनुरुप विश्वास गरेको पाइन्छ। बौद्धहरु पनि मच्छिन्द्रनाथलाई आर्यावलोकितेश्वरका साथै कतिपयले करुणामयका रुपमा पनि मान्दछन्। 

रातो मच्छिन्द्रनाथका साथै सेतो मच्छिन्द्रनाथको पनि पूजा हुने गर्दछ। रातो मच्छिन्द्रनाथ ललितपुर, चोभार र दोलखामा मानिएको देखिन्छ। सेतो मच्छिन्द्रनाथ जनबहालमा र नालामा प्रसिद्ध छन्। 

उपत्यकामा रातो मच्छिन्द्रनाथ धनी देवताका रुपमा मानिएका छन्। धनी यसअर्थमा कि यसको आयस्ता र जग्गाजमिन मनग्य रहेको बताइन्छ। आयस्ता उत्सव, पर्व, जात्रा चलाउन, रथ बनाउन, मच्छिन्द्रनाथ मन्दिरको रेखदेखमा खर्च गरिने गरिएको छ। मच्छिन्द्रनाथका दुई मन्दिरहरु एउटा बुङ्गमतीमा र अर्को तबहालमा रहेका छन्। 

ललितपुरको जात्रा सकिएपछि सूर्य दक्षिणायन हुने बेलामा बुङ्गमतीमा देवता राखिने र सूर्य उत्तरायण हुने बेलामा तबहालमा राखिने गरिन्छ। मूर्ति सार्ने बेलामा साइत हेरेर विधि पुर्याएर सार्ने गरिन्छ। मच्छिन्द्रनाथको जात्रामा पहिलेदेखि नै राज्यको प्रतिनिधित्व हुने गरी राजकीय खड्गको उपस्थितिसमेत अनिवार्य जस्तो मानिएको छ। जसमा गुरुजु पल्टनको उपस्थिति पनि हुन्छ। 

स्थानीयहरुमा मच्छिन्द्रनाथको सुरुवातलाई लिएर अनेक लोकोक्तिहरु विकास भएको पाइन्छ। त्यसमध्ये धेरैले सुनाउने उक्तिमा भक्तपुरका राजा नरेन्द्रदेवका पालाको एउटा कथा चर्चित छ।

राजा नरेन्द्रदेवको पालामा एकपटक अनावृष्टि हुँदा हाहाकार मच्चियो। गुरु गोरखनाथले कान्तिपुरमा भिक्षा माग्दा भिक्षा नपाएपछि नौ नागको साधना गरी तपस्या गर्दा यस्तो भएको हो भन्ने पत्ता लागेपछि राजा नरेन्द्रदेवले त्यसबेलाका कान्तिपुरका तन्त्रविद् बन्धुदत्त आचार्य र ललितपुरका भरिया रथचक्रलाई साथमा लिएर अहिले भारत आसाममा पर्ने कामाक्ष पीठबाट मच्छिन्द्रनाथ ल्याए। 

नरेन्द्रदेवले मच्छिन्द्रनाथलाई भक्तपुरमा राख्नुपर्ने र बन्धुदत्तले काठमाडौंमा राख्नुपर्ने भन्दै विवाद गरिरहँदा त्यसबेला खुबै चतुर मानिने किसान रथचक्रले ललितपुरमा मच्छिन्द्रनाथ राख्न दुवैलाई राजी गराएका थिए भनिन्छ। जनश्रुतिका अनुसार तबाहालका स्थानीयले रथ जात्रा सम्पन्न गर्न नसके मूर्ति भक्तपुर लाने सहमति समेत त्यसैबेला भएको थियो। जसले अहिलेसम्म पनि स्थानीयहरु आफूहरुले रथ तानेर पूरा गर्न नसके भक्तपुरले देवता लान्छ भन्नेमा छन्। 

गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई ल्याएकाले गोरखनाथले त्यसबेला तपस्या भंग गरेर उठे। जसले सबै नागहरु आफ्नो स्थानमा फर्किए र पानी बर्सन थाल्यो र देशमा सहकाल भयो। यसैले मच्छिन्द्रनाथलाई बर्षाका देवताका रुपमा पनि पुजिन्छ। 

यो पनि पढ्नुहोस्

मच्छिन्द्रनाथको रथयात्रा : अब के होला?बिहीबार, भदौ १८, २०७७

कठीन समयपछि देशमा आएको खुसीले राजा नरेन्द्रदेव प्रसन्न भएर हरेक वर्ष मच्छिन्द्रनाथको रथजात्रा गर्ने परम्परा बसाएका थिए भन्ने विश्वास देखिन्छ। 

चैत शूक्ल पूर्णिमामा मच्छिन्द्रनाथलाई खटजात्रा गरी ललितपुर तबहालको मन्दिरबाट लगनखेलमा लगिन्छ। जहाँ मण्डपमा राखेर महास्नान गराइन्छ। महास्नान भएको दुई हप्तापछि वैशाख शुक्ल प्रतिपदामा रथजात्रा सुरु हुन्छ। जहाँ पुल्चोकमा बनाइएको विशाल रथमा चार पाङ्गालाई चार भैरवको प्रतीक मानेर देवता राख्ने ठाउँ सिंगारिएको हुन्छ। तबहालबाट मूर्ति लगेर रथमा राखेको चौथो दिनमा मात्र रथ तान्न थालिन्छ। 

रथ तान्दा पुल्चोकबाट गाबाहाल, गाबाहालबाट सुन्धारा, सुन्धाराबाट लगनखेल र लगनखेलबाट जाउलाखेल रथ लग्दा हरेक विश्रामस्थलमा विशेष समारोह हुन्छन्। विशेष गरी जुन टोलमा रथ लाने हो त्यही टोलका मान्छेहरु त्यसदिन रथ तान्न सहभागी हुने गर्दछन्। त्यसरी रथ तानेको बेलुका टोलछिमेकमा जात्राभोज हुने गर्दछ। लगनखेलबाट रथ जाउलाखेल लैजानुअघि पुनः साइत जुराउनुपर्ने मान्यता छ। रथ जाउलाखेलमा हुँदा नै भोटो जात्रा समेत हुने गर्दछ। 

समग्रमा मच्छिन्द्रनाथको रथजात्रा परम्पराको अथाह संवाहकसँग जोडिएको छ। हरेक धार्मिक कार्य र पर्व उत्सवमा जस्तै आपसी व्यवहार र भाइचाराको सम्बन्ध बढाउन नै मच्छिन्द्रनाथ रथजात्राले समेत सहयोग गर्दै आइरहेकै छ। यस्तोमा जात्राको नाममा मानवीयता नै मर्नेअघि अराजक हुने छुट कसैलाई छैन।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्