काठमाडौं– निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। स्थानीय तथा गुठीयारहरु भेला भएर रथलाई करिब २० फिट तानेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर हटाएको थियो।
प्रहरीको हस्तक्षेपपछि आक्रोशित भीडले ढुंगा हानेको थियो। स्थानीयहरु तितरबितर भए पछि रथलाई प्रहरीको समूहले सुरक्षा दिएको थियो।
सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न। ‘हाम्रो संस्कृति, परम्परामाथि हस्तक्षेप भयो, राजनीतिकरण गरियो हाम्रो संस्कृतिको,’ उनीहरुले भनेका छन्।
यसअघि गत साउन १० गते नै मच्छिन्द्रनाथलाई रथारोहण गरिएको भए पनि निषेधाज्ञाका कारण रथ तानिएको थिएन। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लैजानुपर्ने परम्परा छ। सोहीकारण स्थानीय सयौंको संख्यामा जम्मा भएर रथ तानेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।