• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २६, २०८३  १६:४४
1140x725

काठमाडौं - छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको छ ।

काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार गौरीघाटमा गुह्येश्वरी घाटसम्म करिब ६०० पूजास्थल व्यवस्थापन गरिँदै छ । घाटमा सरसफाइ, टेन्ट, बत्ती तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको उनले बताए ।

यस वर्ष पनि एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको यादवले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले बताए ।

यादवले छठ पर्वमा जातजाति, धर्म र समुदायबीचको विभेद नरहने बताउँदै यसलाई सामाजिक सद्भाव र एकताको पर्वका रूपमा व्याख्या गरे । उनका अनुसार एउटै जलाशयमा सबै जातजाति र धर्मावलम्बीले एकै ठाउँमा बसेर पूजा गर्ने भएकाले छठ सामाजिक समावेशिताको उदाहरणसमेत हो ।

‘पहिले छठलाई मिथिला र मधेसमा मनाइने पर्वका रूपमा बुझिन्थ्यो । अहिले सबै जातजाति र धर्मावलम्बीले मिलेर मनाउने साझा पर्व बनेको छ । एउटै जलाशयमा सबैले सँगै बसेर पूजा गर्छन् । यहाँ जात, धर्म, धनी र गरिबबीच कुनै विभेद हुँदैन,’ उनले भने ।

उनले छठ प्रकृति र मानव जीवनसँग जोडिएको पर्व भएको बताए । छठमा सूर्य, पानी, माटो, हावा र प्रकृतिको पूजा गरिने उल्लेख गर्दै नयाँ अन्न, फलफूल, उखु तथा माटाका भाँडालाई प्रसादका रूपमा प्रयोग गरिने उनले बताए ।

यादवका अनुसार गौरीघाटमा छठ पूजाको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ । घाटमा टेन्ट, बत्ती र पुल निर्माणको काम भइरहेको छ भने सुरक्षाका विषयमा समेत छलफल गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले कात्तिक २८ गते बेलुकासम्म सरसफाइ, बत्ती जडान र पूजास्थलको सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य रहेको बताए ।

यादवले छठका अवसरमा मात्रै नभई वर्षभरि नै बागमती नदी किनारको सरसफाइ र सौन्दर्यकरण हुनुपर्ने आवश्यकता औँल्याए । पर्वका बेला नदी किनार सफा गरिए पनि नियमित सरसफाइको व्यवस्था नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने,‘वर्षमा एकपटक छठ आउँदा मात्रै झिलिमिली बत्ती बालेर हुँदैन । यहाँ दिनहुँ सरसफाइ गर्ने टोली हुनुपर्छ । नदी किनारको नियमित सौन्दर्यकरण हुनुपर्छ,’ उनले भने, ‘अहिले पनि पूजापछि फूल, फलफूल र प्लास्टिक फाल्ने समस्या छ । यसलाई पूर्ण रूपमा रोक्न सकेका छैनौँ ।’

उनले छठका बेला सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छठ पर्वमा पूजा गर्न आर्थिक अवस्था कमजोर भएका व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने गरिएको पनि यादवले बताए । ‘पूजा गर्न कसैलाई पनि पैसाकै कारण वञ्चित गराउँदैनौँ । १ हजार ५०० रुपैयाँ तिर्न नसक्नेले पनि यहाँ पूजा गर्न पाउँछन्,’ उनले भने ।

छठ पर्वमा कात्तिक शुक्ल चतुर्थीदेखि व्रत सुरु गरी षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिमफेदी दुर्घटना : निरसका एक छोराको मृत्यु, अर्का गम्भीर घाइते
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै
विराटनगरको तेस्रो जित, पोखरा आउट
सम्बन्धित सामग्री
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै छठ पर्वमा कात्तिक शुक्ल चतुर्थीदेखि व्रत सुरु गरी षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्... बिहीबार, कात्तिक २६, २०८३
बालेन आउने नआउने अनिश्चित, रवि लामिछानेले छठको सम्पूर्ण विधि जनकपुरधाममै गर्ने प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुरधाम आउने भन्ने हल्ला चलिरहेको विषयमा सांसद झाले शुक्रबार विहान मात्र यकिन भन्न सकिने बताए । सम... बिहीबार, कात्तिक २६, २०८३
काठमाडाैंमा बढ्याे चिसाे बिहीबार, कात्तिक २६, २०८३
ताजा समाचारसबै
भिमफेदी दुर्घटना : निरसका एक छोराको मृत्यु, अर्का गम्भीर घाइते बिहीबार, कात्तिक २६, २०८३
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै बिहीबार, कात्तिक २६, २०८३
विराटनगरको तेस्रो जित, पोखरा आउट बिहीबार, कात्तिक २६, २०८३
नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्