एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा सिबिआईले शुक्रबार रिया चक्रवर्तीसँग करिब १० घन्टा सोधपुछ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सिआइबीले ८ जुनपछि सुशान्तको घर किन छोड्नुभयो भनी पहिलो प्रश्न सोधेको छ। यदि तपाईंलाई सुशान्तले जान भनेको थियो भने सबैभन्दा पहिला महेश भट्टलाई किन त्यसको जानकारी गराउनुभयो? यसबाहेक सिबिआईले रिया चक्रवर्तीलाई सुशान्तले लिइरहेको औषधिको बारेमा पनि प्रश्न सोधेको थियो।
सिबिडी एक प्रतिबन्धित ड्रग्स हो भन्ने कुरा तपाईंलाई थाहा छ? तपाईंले सुशान्तलाई सिबिडी इनफ्युज्ड अत्याधिक मात्रामा दिने गर्नुभएको कुरा सिबिआईले जया साहसँगको च्याटबाट पत्ता लगाएको थियो। तपाईंलाई कसरी थाहा भयो र कहाँबाट ल्याएर कति समयसम्म यो मात्रामा सिबिडी दिनुभयो? सिबिआईले उनलाई यसको साइड इफेक्टबारे जानकारी भए/नभएको बारेमा पनि प्रश्न सोधेको छ।
रियासँगको सोधपुछ शनिबार पनि चलिरहेको छ। सुशान्तका पिताले रियामाथि कयौं गम्भीर आरोप लगाएका थिए। उनले पक्राउ गर्नुपर्ने भनेर जाहेरी दिएपछि उनकी प्रेमिका रहेकी रियामाथि प्रश्न उठ्न थालेको थियो। यो प्रकरण धेरै विवादित हुन थालेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईलाई जिम्मा दिइएको थियो।
अहिले सिबिआईसहित ड्रग्सको सम्बन्धमा लागू औषध अनुसन्धान विभाग र अन्य निकाय पनि जोडिएका छन्। सिबिआईले जिम्मा लिएलगत्तै रियाको बयान लिने अनुमान गरिएको थियो। तर उसले केही दिन यो प्रकरणमा अध्ययन गरेर बयानमा २८ अगस्टमा बोलाएको हो।
सिबिआईले सिबिडी दिएको कुराको जानकारी सुशान्तको परिवारलाई दिइएको थियो कि थिएन भनी रियालाई प्रश्न सोधेको छ। रियालाई मुम्बईका केही साइक्याट्रिक र आइकोलोजीस्टसँग लगेको बारेमा पनि सोधेको थियो।
सुशान्त आफ्नो डाक्टरसँग जाँदा रिया सधैं सँगै जानुको कारण पनि सोधेको थियो। ड्रग्स खरिदका बारेमा कोसँग कुरा गरिएको भन्नेबारे प्रश्न सोधेको छ। सिबिआईको टोलीले रिया बाहेक अन्य चारजनासँग पनि पुछताज गरेको छ। सिबिआईले बयानका लागि अलग अलग चार टिम बनाएको छ।
औषधि लिन छोडेका थिए सुशान्त
सुशान्तको डिप्रेशनको उपचार गरिरहेका डा केरसी चावडाले अनुसन्धान अधिकारीलाई उनी जुन २०२० देखि आफ्नो औषधि खान छोडेको जानकारी गराएका छन्। उनी गम्भीर प्रकारको एन्जाइटी र डिप्रेशनको शिकार भएको उनले बताएका छन्। उनी आफ्नो आमाको मृत्युपछि धेरै उदास रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।