काठमाडौं– बिशेष अदालतले डिल्लीबजार मालपोत कार्यालयका ५ कर्मचारीलाई दोषी ठहर गरी कैद तथा जरिवानाको सजाय सुनाएको छ। जग्गा किनबेचमा करिब ४ करोड राजश्व छलीमा सघाएको भन्दै बिशेषले दोषी ठहर गरेको हो।
मालपोत अधिकृत शालिकराज रेग्मी, सुरेश भट्टराई,नासुहरु पार्वतीरमण खनाल, दुर्गा काफ्ले र कम्युटर अधिृकत जागेश्वर काफ्लेलाई बिशेषले दोषी ठहर गरेको हो।
अधिकृत शालिकराम रेग्मी र नासु पार्वतीरमण खनाललाई जनही ४ वर्ष कैद र २६ लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय भएको छ।
त्यस्तै अधिकृत भट्टराईलाई ५ महिना १५ दिन कैद, नासु दुर्गा काफ्लेलाई ६ महिना कैद र २५ हजार जरिवाना तथा कम्यूटर अधिकृत जागेश्वर काफ्लेलाई १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय भएको छ।
तत्कालिन १२ नम्बर वडाका सचिव मधुसुन मिश्रले भने सफाई पाएका छन्।
‘ङ’ वर्गमा रहेको जग्गाको कारोबार गर्दा ‘ग’ वर्गको देखाएर उनीहरुले राज्यलाई नोक्सानी पु¥याएका थिए। ७ करोड ७० लाख रुपैयाँ राजश्व लिनुपर्नेमा उनीहरुले ३ करोड २९ लाख रुपैयाँ मात्र लिएका थिए। नियमतबश जग्गाको कम मूल्याङकन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साल बैशाख १३ गते मुद्दा दायर गरेको थियो।
बिशेष अदालतका न्यायधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन र चण्डीराज ढकालको संयुक्त इजलाशले बुधबार सो फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।