काठमाडौं– उपत्यकामा विगत लामो समयदेखि महंगा लागूऔषधको कारोबार गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोले आईस ड्रग र याबा लागूऔषधका कारोबारीलाई पक्राउ गरेको हो।
आइस ड्रगको कारोबारमा संलग्न सुरज गौचन १० ग्राम आइस ड्रगसहित पक्राउ परेका छन्। ब्यूरोका डिएसपी प्रेम शाहीका अनुसार उनी विगत १४ वर्षदेखि आईस ड्रगको कारोबारमा संलग्न व्यक्ति हुन्। यसअघि उनी तीन पटक पक्राउ परि छुटेका कारोबारी हुन्। छुटेलगत्तै उनी यही धन्दामा संलग्न हुने गर्दथे।
उनको समूहसँग मिलेर कारोबार गर्ने बिशालनगर बस्ने नवीर मानन्धरलाई समेत प्रहरीले १० ग्राम आइस ड्रगसहित पक्राउ गरेको छ। आइस ड्रग धनाढ्य लागूऔषध दुव्र्यसनीहरुले प्रयोग गर्दछन्। जून एक ग्रामकै १० हजार रुपैयाँसम्म पर्दछ। बर्मामा उत्पादन हुने आइस ड्रग उनीहरुले भारत हुँदै नेपाल ल्याउने गरेको प्रहरीले जनाएको छ।
त्यस्तै अर्काे नयाँ किसिमको ड्रग याबासहित क्षेत्रपाटी बस्ने मुखिया गुरुङलाई ब्यूरोले पक्राउ गरेको छ। उनको साथबाट याबाको ४ सय ५५ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ। याबा ट्याब्लेट डिस्को जाने युवा÷युवतीले धेरै प्रयोग गर्दछन्। जून ड्रग यूरोपमा धेरै खपत हुने गर्दछ। नेपालका लागूऔषध दुव्र्यसनीलाई लक्षित गरी गुरुङले कारोबार गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।