विराटनगर– प्रहरीले पेस्तोल तथा ठूलो मात्रामा लागूऔषधसहित ७ जना भारतीयको समूहलाई पक्राउ गरेको छ। ३ वटा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार भारतीयहरुलाई विरानटगरमा पक्राउ गरेको हो।
उनीहरुबाट मेड इन यूएसए लेखिएको पेस्तोल तथा विभिन्न किमिसका लागूऔषधहरु बरामद भएको मोरङका एसपी अरुणकुमार बिसीले बताए।
उनीहरुबाट प्रहरीले एभिल १७ सय ७५, डाईजेलाभ ५ सय, स्पास्मो प्रोक्सिभन १७ सय ७६, नाइट्रोसन ट्याब्लेट ७ सय २५ थान लागूऔषध बरामद गरेको छ। उनीहरु लागूऔषध कारोबारी समूह रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा बिहारको अररिया घर भएका रोहित कुमार शर्मा, बिनोद यादब, राजा कुमार यादव, निलमदेवी यादव, कुमार दास, कुमार शर्मा, सुरज नारायण यादब छन्।
उनीहरुबाट बरामद पेस्तोलबाट ६ राउण्ड गोली समेत भेटिएको एसपी बिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।