काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताएका छन्। चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले ठकुरीको निधनले कांग्रेसलाई ठूलो घाटा पुगेको बताए। 'पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान छ,' उनले भने।'
स्वर्गीय ठकुरीले देखेको सपना पूरा गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने सभापति देउवाको भनाइ थियो। उनले मुलुकको विकास र 8सेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
२०७२ बैसाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवाको केरुङ नाकानजिक ढिस्कोले पुरिएर उनको निधन भएको थियो। ठकुरी २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट कांग्रेसको तर्फबाट निर्वाचित सांसद थिए भने २०७० को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।