काठमाडौं- भारतीय फिल्म अभिनेता तथा निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय कामतको सोमबार अपराह्न निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनको निधन मुटु रोगका कारण भएको बताइएको छ।
निशिकान्त हैदरावादस्थित एआइजी अस्पतालमा जुलाई ३१ देखि नै भर्ना भएका थिए। निशिकान्तले दृश्यम, मदारी, फोर्सजस्ता चर्चित फिल्म निर्देशन गरेका थिए। कतिपय फिल्ममा भने उनको अभिनय पनि देख्न सकिन्छ।
निशिकान्तले सन् २००५ मा मराठी फिल्म डोम्बिभाली फास्टबाट निर्देशन सुरू गरेका थिए‚ जुन त्यो वर्ष सफल पनि भएको थियो। मलयमको रिमेक दृश्यमले उनलाई एकाएक चर्चामा ल्याएको थियो। त्यसपछि उनले इभानो ओरूभानु, मुम्बई मेरी जानुलगायत फिल्म निर्देशन गरेका थिए।
उनले हवा आने दे, ४०४ एरर नट फाउन्डलगायतका हिन्दी फिल्ममा अभिनय पनि गरेका छन्। यस्तै भावेश जोशीलगायत अन्य थुप्रै दक्षिण भारतीय फिल्ममा पनि उनको अभिनय छ।
उनको निधनको खबर बाहिरिएपछि उनलाई विभिन्न भारतीय कलाकारहरुले श्रद्धाञ्जली दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।