• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
करोड ‘डिस्लाइक’को अन्तर्य
64x64
नेपाल लाइभ आइतबार, साउन ३२, २०७७  १४:२७
1140x725

काठमाडौं-बलिउड बेला-बेला आफ्ना प्रशंसकहरुको फरक ‘मुड’ र मान्यताको शिकार हुँदै आइरहेको छ। कहिले कहलिएको ब्यानरको भव्य फिल्मले बक्स अफिसमा पानी भन्न पनि पाउँदैन त कहिले सानो बजेट र नयाँ कलाकार तथा निर्देशकको फिल्मले तहल्का मच्चाइदिन्छ। तर यसपटक अर्को अलिक अनौठो परिदृश्य सतहमा आएको छ, त्यो पनि फिल्म सार्वजनिक नहुँदै।

त्यो के हो भने,  पछिल्लो समय आलिया भटको अभिनय रहेको र उनकै बुवा महेश भटले निर्देशन गरेको चलचित्र ‘सडक–२’को ट्रेलर अनपेक्षित रुपमा आक्रोशको शिकार बनेको छ। अगष्ट १२ मा यूट्युबमा सार्वजनिक भएको उक्त ट्रेलरले सबैभन्दा धेरै ‘डिस्लाइक’ पाएपछि बलिउड अचम्मित भएको छ।

यो सामग्री तयार पार्ने बेलासम्म ‘सडक–२’को ट्रेलरले उक्त ट्रेलरमा युट्युबमा ५ लाख ८७ हजार ‘लाइक’ हुँदा १ करोडभन्दा बढी ‘डिस्लाइक’ छ। ट्रेलरमा कमेन्ट गर्नेहरु अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छैनन्। उनीहरुको भनाइ छ, ‘यो फिल्म डिसलाइकका लागि नै योग्य छ।’ यसमा ९ लाख ३ सयभन्दा बढीले प्रतिक्रिया दिएका छन्।

ठूलो ब्यानर र भव्य भनिएको यो फिल्ममा यतिधेरै ‘डिसलाइक’ किन आयो त? 

Ncell 2
Ncell 2

बलिउडका जानकारहरुका अनुसार अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडका प्रशंसकहरुले यतिबेला आफूलाई यहाँ विद्यमान परिवारवाद अर्थात् नेपोटिज्मका विरुद्ध एक ठाउँमा उभ्याउने प्रयास गरिरहेका छन्। भट बाबुछोरीको यो फिल्मको ट्रेलर यही प्रतिक्रियाको शिकार भएको बताइएको छ। बलिउडसम्वद्ध सञ्चारजगतले पनि यो आश्चर्यको जरा परिवारवाद भएको विश्लेषण पेश गरिरहेको छ।

पछिल्लो दिनमा सामाजिक सञ्जालहरुमा नेपोटिज्मलाई प्राथमिकता दिएको आरोप खेप्दै आएका निर्माता तथा निर्देशक, जो फिल्मी घरानासँग जोडिएका छन्, को कडा आलोचना हुँदै आइरहेको छ। यस्ता नामहरुमा  करण जोहर, नायिका आलिया भट, अभिनेता सलमान खान, निर्माता तथा निर्देशक सञ्जय लिला भन्साली, निर्माता आदित्य चोपडालगायत छन्। यतिसम्म कि, यसमा ऋतिक रोशन, अभिषेक बच्चन, करिश्मा कपुर र यस्ता अरु नामहरु पनि छन्। 

गत जुन १४ मा अभिनेता सुशान्तले मुम्बईस्थित आफ्नो फ्ल्याटमा  आत्महत्या गरेपछि कतिपयले यसलाई आत्महत्या नभएर यो बलिउडमा हुने नियोजित चलखेल र नयाँहरुलाई गरिने दुव्र्यवहारको परिणाम भएको बताए। अभिनेत्री कंगना रनावतले त  सुशान्तले आत्महत्या गरेको नभइ ‘प्लान मर्डर’ भएको आरोप लगाएकी थिइन्। उनले निरन्तर रुपमा बलिउडको परिवारवाद र यसको दादागिरीबारे बोलिरहेकी छिन्।

यस्तै मतको जगमा रहेर अहिले बलिउडमा परिवारवादको विरोधस्वरुप सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अभियान नै चलाएका छन्। उनीहरुको भनाइ छ, ‘यस्तो सिण्डिकेट बन्द हुनुपर्छ। नयाँ र बाहिरबाट आएका कलाकारहरुको संघर्षको सम्मान हुनुपर्छ।’

सोही सिलसिलाको कडिका रुपमा सडक–२ को ट्रेलरलाई भारतको सबैभन्दा धेरै डिस्लाइक पाउने ट्रेलर बनाउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको यो अभियान सफल रुपमा प्रकट भएको छ। यो फिल्मका निर्माता तथा निर्देशक महेश भटमाथि सुशान्तको आत्महत्याका लागि जिम्मेवार भएको आरोपसमेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लगाएका छन्।  उनले सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई सहयोग गरेको र सुशान्तबाट टाढा बस्न दबाब दिएको दाबी उनीहरुको छ।

 

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ताजा समाचारसबै
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
बालेन शाह र हामी नेपालको सम्पत्ति छानबिन गर्नुपर्छ : युवा सङ्घ बुधबार, असोज २२, २०८२
चुनावको वातावरण बनाउन दलहरूसँग संवाद भइरहेको छ : सञ्चारमन्त्री खरेल बुधबार, असोज २२, २०८२
अन्तिम खेलमा जित हात पार्दै मलेसियाविरुद्धको सिरिज नेपाललाई बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्