• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी घुम्दैछ कोरोनाको भूमरीमा अख्तियार 

कसरी हुँदैछ कामकारबाही? के भन्छन् संक्रमित प्रमुख?
64x64
दुर्गा दुलाल शुक्रबार, साउन ३०, २०७७  ०८:२९
1140x725

काठमाडौं-‘एकजना संवैधानिक निकाय प्रमुखलाई कोरोना लाग्यो।’

२७ साउनका दिन स्वास्थ्य मन्त्रालयको ‘कोरोना ब्रिफिङ’ अघि नै सामाजिक सञ्जालहरुमा सूचना चुहिसकेको थियो। नभन्दै यो ‘हल्ला’ सत्य ठहरियो। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे नेपालमा अहिलेसम्मका कोरोना संक्रमितमध्ये ‘हाइ-प्रोफाइल’ व्यक्ति हुन्। 

अख्तियार दुरुपयोगबारे अनुसन्धान र मुद्दाको प्रक्रियामा अघि सर्ने एउटा महत्वपूर्ण निकायका प्रमुख नै कोरोनाको चपेटामा परेपछि हामीले अख्तियार मुख्यालयको पछिल्लो अवस्था र कामकारबाहीबारे सोधखोज गरेका थियौं। ‘सम्माननीयज्यूलाई नै कोरोना देखिएपछि हामी सबैमा त्राही मच्चियो नि, यसअघि पनि हाम्रो कार्यालयमा संक्रमित देखिएका थिए’, अख्तियारका एक कर्मचारीले नेपाल लाइभसँग भने, ‘स्वाभाविक रुपमा अघि–पछिको जस्तो काममा गति हुँदैन। सबैको मनोदशा पनि नर्मल हुँदैन। एक प्रकारको त्रासमा छौं।’   

पहिलो पटक साउन १६ मा अख्तियारमा कार्यरत एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि कार्यालयभित्र एकप्रकारको चिन्ता छायो। लगत्तै प्रहरी मुख्यालयका केही सुरक्षाकर्मीमा पनि कोरोना देखिएको समाचार सतहमा आएपछि अख्तियारभित्रको चिन्ता त्रासमा बदलियो। ‘कारण के थियो भने, ती सुरक्षाकर्मी हालैमात्र प्रहरी मुख्यालयबाट आयोग आएका थिए’, ती कर्मचारीले भने, ‘झन् अख्तियार प्रमुखलाई नै संक्रमण देखिएपछि अख्तियार मूख्यालय तनाबमा छ।’

 साउन १८ गते अख्तियारमा सामूहिक रुपमा स्वाव संकलन गरियो। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसीआर परीक्षणका लागि अख्तियार परिसरमा प्रहरी, फिल्डमा खटिएका अनुसन्धान अधिकारीसहित १ सय ८२ जनाको स्वाब संकलन गरेको थियो।  स्वाव संकलन गरेको दुई दिनपछि साउन २० गते अख्तियारमा कार्यरत १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो।  परीक्षण गराएकामध्ये १६७ जनाको रिपोर्ट नेगेटिभ आयो।  सुरुमा अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको थियो।   

योसँगै अख्तियारमा उनीहरुको सम्पर्कमा रहेका र अन्य कर्मचारीको कोरोना परीक्षण सुरु भयो। साउन २२ गते अख्तियारकै थप २२ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो। यसरी संक्रमित हुने अधिकांश प्रहरी थिए।  साउन २७ गते थप रिपोर्ट आयो। उक्त दिनको रिपोर्टमा प्रमुख आयुक्त नवीन घिमिरेको कोरोना पोजेटिभ देखियो। उनीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भयो। योसँगै अख्तियारमा कोरोन संक्रमितको संख्या ४१ पुग्यो। 

कसरी अनुसन्धान हुदै छ भ्रष्टाचारको ?
अख्तियारमा ठु्लो संख्यामा कोरोना संक्रमित देखापरे पनि सिल गर्ने वा नियमित कामकारबाही रोक्ने कार्य भने भएको छैन। अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे आफंै निवासमा आइसोलेसनमा रहेका छन्।

‘अख्तियारबाट बाहिर कतै नगएका मानिसमा कोरोना देखिएकाले स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड नै हामीले फलो गरेका छौ’ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए, ‘अख्तियारमा कोरोना पोजेटिभ भएकाहरूमध्ये एक जनाको मात्र ट्राभल हिस्ट्री छ।’ 

Ncell 2
Ncell 2

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेल बाढीपहिरो उद्धारमा काठमाडौं बाहिर गएका प्रहरीमा संक्रमण देखिएको र संक्रमणको सोही जराका कारण अख्तियार पनि प्रभावित भएको बताए। ‘उनका सहकर्मीमा सरेकाले मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षणको दायरा बढाउँदा अख्तियारसम्म पुगियो’ उनले भने। 

अख्तियार प्रमूख घिमिरेले आफू आइसोलेसनमा  भएपनि अख्तियारको काम  नरोकिएको बताए। ‘म अहिले निवासमै आइसोलेसनमा छु तर अख्तियारले भ्रष्टाचारको अनुसन्धान रोकेको छैन’ घिमिरेले भने ‘सामाजिक दुरी र सरकारले बनाएको नियम पालना गर्दै आयोगले अनुसन्धान गरिरहेका छ।’

एक आयुक्त नहुँदा पनि काममा बाधा नपर्ने कानुनी व्यवस्था भएकाले अन्य आयुक्तहरुले काम चलाइरहेको उनले बताए। कुनै विशेष परिस्थितिमा भर्चुअल र अन्य माध्यमवाट आफूले कामका बारेमा छलफल गरिरहेको उनले बताए।  ‘अहिलेसम्म मलाई लक्षण देखिएको छैन, मन्त्रालयका मान्छेसँग कुराकानी भइरहेको छ ’ अख्तियार प्रमुख घिमिरेले भने, ‘अब केही दिनमा फेरी परीक्षण होला अनि दुई पटक नेगेटिभ आएपछि बिस्तारै म काममा फर्कन सक्छु भन्ने जानकारी पाएको छु।’ 

आधा–आधा कर्मचारी आलोपालो गर्दै 
अख्तियारमा ९९० जना कर्मचारी कार्यरत थिए।  हालसम्म ४१ जनामात्र संक्रमित भएको र अन्यको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता घिमिरेले बताए। ‘नेगेटिभ रिपोर्ट आएकाहरु पालो गरि अख्तियारको कार्यालयमा उपस्थित भएर सेवा दिइरहनु भएको छ’ उनले भने, ‘पोजेटिभ आएकाहरु मध्ये प्रमुख आयुक्त होम अइसोलेसनमा र अन्य अस्पतालमा छन्।’  अख्तियारमा ३९ जना सुरक्षाकर्मी , प्रमुख आयुक्त र  एक सवारी चालकमा कोरोना पुष्टि भएको छ।  

अख्तियारले स्टिङ अप्रेसन, आयोगमा परेका  उजुरी र विभिन्न सञ्चार माध्यममा आएका सूचनाका आधारमा अनियमिततामाथि अनुसन्धान गर्ने कार्य भने जारी राखेको छ।  कर्मचारीमा कोरोना देखिएपछि पनि अख्तियारले ६ वटा ‘स्टिङ अप्रेसन’ गरेको छ। अख्तियारले यो अवधीमा ६ वटा अभियोगपत्र दायर गरेको छ। एक करोड २४ लाख ९१ हजार रुपैयाँसहित नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप–प्रबन्धक रितेश गुप्तालाई पनि यही बीचमा नियन्त्रणमा लिएको हो। 

कोरोना अख्तियारमा, सर्तकता विशेष अदालतमा 
अख्तियारमा कोरोना संक्रमण देखिएपछि विशेष अदालतमा सर्तकता अपनाइएको छ। अख्तियार र सम्पत्ति शुद्धीकरण विभागबाट मुद्दा दायर हुने भएकाले संक्रमण फैलिएला भन्ने डरले विशेष अदालतले सतर्कता अपनाउँदै बन्दीबाहेक अन्य मुद्दाको सुनुवाइ रोकेको छ। बन्दीको मुद्दा सुनुवाइ गर्ने र बाहेकको पेशी भदौ १५ गतेसम्मलाई विशेषले स्थगीत गरेको हो। 

विशेषले अख्तियारमा कोरोना देखिन थालेपछि सबै कर्मचारीको पिसीआर परीक्षण गरेको थियो। अख्तियारका प्रहरीहरु नै आरोपितलाई लिएर अदालत आउने भएकाले संक्रमण भयो कि भन्ने आशंका गरिएकाले परीक्षण गरिँदा सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएपछि फेरि पनि संक्रमण हुने जोखिम कायमै रहेकाले सेवामा संकुचन गरिएको विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए। भने, ‘अवस्थै यस्तो छ।’ 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्ट... बुधबार, मंसिर २४, २०८२
सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने ‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा सहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु गर्न लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा स... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु बुधबार, मंसिर २४, २०८२
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्