काठमाडौँ- नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ ६ जनालाई दिइने घोषणा गरेको छ।
यस वर्षको नाट्य विधातर्फको पुरस्कार नाटक तथा रङ्गक्षेत्रमा लामो समयदेखि योगदान पुर्यायाएबापत वरिष्ठ नाट्यविद् रामावतार यादव, संगीततर्फको पुरस्कार वरिष्ठ गीतकार किरण खरेल, नृत्यतर्फको पुरस्कार वरिष्ठ नृत्यांगना सुभद्रा अधिकारी र गायनतर्फ वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीलाई दिइनेछ।
यसैगरी शास्त्रीय तथा परम्परागत संगीत विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवं गायक पुष्परत्न तुलाधर र रङ्गमञ्च विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिनेछ।
यसअघि प्रतिष्ठानले प्रज्ञा पुरस्कार चार विधामा प्रदान गर्दै आएको थियो। यस वर्षदेखि दुई विधा थप गरेर ६ विधामा वितरण गर्न लागिएको सदस्य सचिव गणेश रसिकले जानकारी दिए। संगीत, नाट्य, नृत्य, लोकसंगीत, नाट्य, परम्परागत तथा शास्त्रीय संगीत र रङ्मञ्च विधामा प्रदान गरिने ती पुरस्कारको राशि जनही रु एक लाख एक र साथमा ताम्रपत्र रहनेछ।
पुरस्कार प्रतिष्ठानको आठौं वार्षिकोत्सवका अवसरमा दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।