एजेन्सी–भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। सञ्जयका निकटमित्रहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनमा क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको छ। २ दिनअघि सास फेर्न समस्या भएपछि उनलाई मुम्बईको लीलावती अस्पताल भर्ना गरिएको थियो। उनी उपचारका लागि अमेरिका प्रस्थान गरिसकेको बताइएको छ।
क्यान्सर भएको रिपोर्ट आएपछि सञ्जयले इन्स्टाग्राममा लेख्दै उपचारका लागि केही समय ब्रेक लिन लागेको जनाएका थिए।
??
A post shared by Sanjay Dutt (@duttsanjay) on
६१ वर्षीय सञ्जय दत्तकी आमा अभिनेत्री नरगिसको पनि प्याङक्रियाटिक क्यान्सरका कारण सन् १९८१ मा निधन भएको थियो भने पहिली पत्नी ऋचा शर्माको पनि ब्रेन ट्युमरका कारण १९९६ मा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।