गुलरिया, बर्दिया- जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ।
जिशिअ निवासमा पढाउने बहानामा नेपालले आफूमाथि यौन दुर्व्यवहार गरेको एक बालिकाले आरोप लगाएकी छन्। फुपूकहाँ केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुर्व्यवहारको सिकार भइकी थिइन्।
उनकी फुपू सोही कार्यालय प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन्। विद्यालय छुट्टी भएको समयमा फुपूसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ।
फुपू खाना पकाउन भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने दुर्व्यवहार गरेको उनको भनाइ छ। नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। उनका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।