राजविराज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मिथिला विहारी नगरपालिका ८ की लक्ष्मीनियाँ कुमारी दासको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका छन्। ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत मिथिला आधारभूत विद्यालय कचुरीले आयोजना गरेको विशेष कार्यक्रममा राउतले लक्ष्मीनियाँको अभिभावकत्व ग्रहण गरे।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले श्रवणकुमार मल्लिक, मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले प्रिति कुमारी महरा र उपमेयर अनिता साहले अम्विका मल्लिकको अभिभावकत्व ग्रहण गरेका छन्।
प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि सुरु गरेको अभियानलाई सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह समेत गरे। उनले छोरालाई शिक्षित बनाए एक जना र छोरीलाई शिक्षित बनाए परिवार शिक्षित हुने भन्दै सरकारले छोरीको शिक्षालाई विषेश प्राथमिकतामा राखेको बताए।
दलित बालिकाहरुको लागि सरकारले शिक्षा बिमा योजना, दिवा खाजा योजना सहितका कार्यक्रमको योजना बनाइरहेको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।