काठमाडौं– चर्चित गायक आनन्द कार्की केही समयदेखि बेलायतमा संगीतिक कार्यक्रममा रमाइरहेका छन्। सोही मौकामा बेलायत निवासी जानकी पन्त ‘जुन’सँग बेलायतका सडकमा ‘ए मायालु तिमीलाई’ भन्दै रोमान्ससमेत गरिरहेका छन्।
गायक कार्कीले नयाँ म्युजिक भिडियोका लागि पन्तसँग बेलायतका विभिन्न क्षेत्रमा रोमान्स गरेका हुन्। कार्कीलाई स्वरमा पुर्णीमा लामाले साथ दिएकी छन्। गीतमा पन्तको रचना तथा विश्वास नेपालको संगीत रहेको छ।
उक्त गीतको भिडियोमा बेलायतका प्रख्यात स्थानलाई सुन्दर रुपमा उतारिएको छ। नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रम गर्न बेलायत पुगेको समयमा गायक कार्कीले उक्त गीतको छायांकन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।