एजेन्सी–बलिउड अभिनेता सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ प्रदर्शन भइरहेको छ, जसको सकारात्मक प्रतिक्रिया आइरहेको छ। यहीबीच, उनको करिअरकै पहिलो दृश्य सार्वजनिक गरिएको छ। एकता कपुरले आफ्नो इन्स्टाग्राममा सुशान्तको भिडियो शेयर गरेकी हुन्।
एकताले सुशान्तको पहिलो सिरियल ‘किस देश में है मेरा दिल’ को तीन मिनेटको भिडियो सार्वजनिक गरेकी हुन्। पहिलो दृश्यमै उनी अभिनयका हिसाबले पर्फेक्ट देखिएका छन्। उनको इन्ट्री स्टाइलिस हिसाबले हुन्छ। त्यसपछि उनी सिरियलका अन्य कलाकारका साथ फुटबल खेलिरहेका देखिन्छन्। पहिलो सिनमै सुशान्त आत्मविश्वासका साथ प्रस्तुत भएका देखिन्छन्।
भिडियोका साथ एकताले लेखेकी छन्, ‘कैयौं मानिस मसँग सुशान्तको पहिलो दृश्यका बारेमा सोधिरहेका छन्। यो नै पहिलो दृश्य थियो, जुन हामीले सुशान्तका साथ सुटिङ गरेका थियौं। किस देश में है मेरा दिलमा सुशान्तको पहिलो दृश्य थियो। शोमा उनी सेकेण्ड लिड एक्टर थिए, तर हामीलाई थाहा थियो, उनले भविष्यमा निकै नाम कमाउनेछन्। यस्ता सुन्दर आत्माका लागि धेरै माया र प्रार्थना।’
गत १४ जुनमा सुशान्तको शव आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेलापरेको थियो। यो आत्महत्या प्रकरण सीआइबीलाई सुम्पिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।