• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

चल्लान् त भदौ १ देखि लामो दूरीका बस ?

64x64
शिव बोहरा बिहीबार, साउन २२, २०७७  १३:१५
1140x725

काठमाडौं- भदाै १ देखि देशभर लामाे तथा मध्यम दूरीका यात्रुवाहक सार्वजनिक यातायातका साधन चल्नेमा अन्याेलता देखिएकाे छ। सरकारले भदौ १ देखि देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक यात्रुवाहक सवारी सञ्चालन गर्ने निर्णय गरे पनि काेराेना भाइरसकाे संक्रमण पछिल्लाे समय बढेसँगै विभिन्न जिल्लामा भएकाे लकडाउन र निशेधाज्ञाका कारण यात्रुवाहक सवारीसाधन सञ्चालनमा अन्याेलता भएकाे हाे।

कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्न लागू गरेको लकडाउभन्दा दुई दिन अघिदेखि नै सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। सरकारले संक्रमण रोग ऐन २०२० मा टेकेर गएको चैत ११ देखि लकडाउन लागू गरेको थियो। तर, व्यवसायीहरुको दबाबका कारण सरकारले यात्रुबाहक बस भदौ १ देखि चलाउन दिने निर्णय साउन ५ गतेको मन्त्रिपरिषद्बाट गरेको थियो। 

सरकारले असार २६ गतेदेखि तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र सार्वजनिक बस चलाउन दिने निर्णय गरेको थियो। यातायात व्यवसायीले जिल्लाभित्रमात्र नभई मध्यम तथा लामो दूरीका सवारीसाधन चल्न दिनुपर्ने माग गर्दै आएका थिए। सरकारले भदौ १ गतेदेखि छाेटो, मध्यम र लामो दूरीका सबै खाले सार्वजनिक यात्रुबाहक बस चल्न दिने निर्णय गरेको हो।

लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी चलाउन दिने निर्णय सरकारले गरेको र त्यसपछि कुनै छलफल नभएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘लामो दूरीका बस चलाउन दिने निर्णय त भयो तर पछिल्लो समय संक्रमणको जोखिम बढेको छ,’ उनले भने, ‘अहिलेको अवस्था के गर्न भन्ने छलफल भएको छैन। केही समय बाँकी भएकाले अवस्था हेरेर निर्णय पुनरावलोकन होला।’

सरकार र व्यवसायीबीच सार्वजनिक बस सञ्चालन गर्दा विभिन्न मापदण्ड अपनाउने सहमति भएको थियो। भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने भनिएको थियो। सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने, सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने सहमति भएको थियो। तर, हाल उपत्यकालगायत अन्य जिल्लामा सञ्चालित कुनै पनि सवारीले भाडा लिँदा त्यस्तो व्यवस्था अवलम्बन गरेका छैनन्।

लामो दूरीका सार्वजनिक सवारीमा मापदण्ड कार्यान्वयनमा आउन निक्कै कठिन देखिन्छ। तराईलगायतका जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएकाले उपत्यकामा जोखिम झनै बढ्न सक्छ। तर, विभागले भने भदौ १ देखि लामो दूरीका बसमा इ–टिकेटिङ लागू गर्ने तयारी गरेको जनाएको छ। ‘हामीले इ–टिकेटिङको कार्याविधि निर्माणलगायतको तयारी गरि रहेका छौं,’ महानिर्देशक हमालले भने, ‘लामो दूरीका सवारी चल्दा इ–टिकेटिङ प्रारम्भ गर्छौं।’

उपत्यका भित्रने नाकामा कडाइ
सरकारले उपत्यका भित्रने नाकाहरुमा कडाइ गरेको छ। उपत्यका भित्रने नाकामा केही दिनअघि गरिएको स्वाब संकल र परीक्षणको नतिजामा संक्रमितको संख्या बढेसँगै सरकारले कडाइ गरेको हो।

एक जिल्लाभित्र मात्र सार्वजनिक यात्रुबाहक बस चल्न पाउने व्यवस्थाका कारण काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट काठमाडौं, भक्तपुर तथा ललितपुरको सिमानामा बसले ल्याएर छाड्ने र त्यहाँबाट उपत्यकाका विभिन्न रुटमा चल्ने बसले गन्तव्य पुर्‍याउने गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

लामो दूरीका बस चलेपछि कोरोनाको हटस्पट मानिएको वीरगञ्ज, नेपालगञ्ज, सिरहालगायत स्थानबाट समेत सहज रुपमा उपत्यका लगायत देशका विभिन्न स्थानमा मानिसहरुको आवतजावत सहज हुने भएकाले भाइरस सर्ने सम्भावनासमेत धेरै हुन्छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढ्दै गएसँगै जनस्वास्थ्यविद्हरुसँग छलफल गरेका थिए।

उक्त छलफलमा जनस्वास्थ्यविद्हरुले हाल सञ्चालनमा रहेको जिल्ला भित्रका सार्वजनिक बसमा तोकिएको स्वास्थ्य मापदण्ड लागू नभएकोमा चिन्ता व्यक्त गरेको थिए। उनीहरुले सार्वजनिक सवारीमा मापदण्ड कडाइका साथ लागू गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। लामो दूरीको सार्वजनिक सवारी सञ्चालन गर्दा खोजिमसमेत बढ्ने तर्फ उनीहरुले सतर्कता अपनाउन आग्रहर गरेका थिए। 

यातायात व्यवसायीहरु भने लामो, मध्यम तथा छोटो दूरीका बस सञ्चालनमा हतारिएका छन्। व्यवसायीहरुको हतारो र दबाबकाबीच सरकारले भदौ १ देखि सबैखाले दूरीमा बस चल्न दिने निर्णय गरेको हो। सरकारले उक्त निर्णयमा पुनर्विचार गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी नै छ।

जिल्ला जिल्लामा निषेधाज्ञा 
कोरोना संक्रमितको संख्या बढेका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। तराईका धेरै जिल्ला तथा स्थानीय तहहरुले लकडाउन तथा निषेधाज्ञा जारी गरेका छन्। यस्तो अवस्थामा उक्त जिल्लाहरुबाट बस चल्न सम्भव छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी सरकारले बिहीबारदेखि जनस्वास्थ्य मापदण्डअनुसार २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोरबिजोर प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारी चल्न दिएको छ।

काठमाडौं उपत्यकासहित कैलाली, पर्सा, रौतहट र महोत्तरीमा जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने नियम लागू गरेको छ। संक्रमण समुदायमै फैलिएर बढ्दो क्रममा रहेको स्थानीय तहहरुले लकडाउनसमेत घोषणा गरिरहेका छन्। 

सार्वजनिक बस चलाउँला अवलम्बन गर्नुपर्ने स्वास्थ्य मापदण्ड
जनचेतना अभिवृद्धिः यात्रु वर्ग वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गर्नुपर्छ।

यात्रु सिटको सरसफाइ तथा निर्मलीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ गर्नुपर्छ।

सामाजिक दूरीः यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने भनिएको छ।

यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने। यात्रुसँग भाडा लिँदा नगद नभई वैकल्पिक उपायबाट भाडा लिने।

यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउनेः सह–चालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारीमा प्रवेश गर्ने बेलामा दुवै हातमा स्यानिटाइजर लगाएर सफा गर्ने व्यवस्था मिलाउने। सवारी साधनभित्र कोभिड–१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरी टाँस्ने।

सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने। बस टर्मिनल र बस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्