काठमाडाैं-नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
महासंघले साउन २१ गते बुधबारका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेको हो। महासंघको केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै ४० भन्दा बढी सदस्यले लिखित रुपमा पत्र पेस गरेका थिए।
महासंघको विधानमा एक चौथाई सदस्यले बैठक माग गरेको अवस्थामा १५ दिनभित्र केन्द्रीय समितिको बैठक राख्नु पर्ने हुन्छ। महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेको ५४ औं साधारण सभा सरकारले सभा सम्मेलन गर्न दिएको १५ दिनपछि गर्ने गरी स्थगित गरेसँगै केन्द्रीय समिति बैठक माग गर्दै सदस्यहरुले लिखित पत्र बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।