काठमाडौं-नेपाल राष्ट्र बैंकले सुन मौज्दात बढाएको छ। गत माघमा नेपाल राष्ट्र बैंकसँग तीन अर्ब ७६ करोड रुपैयाँको सुन मौज्दात रहेकोमा असारमा बढेर २० अर्ब २३ करोड रुपैयाँको भएकाे छ। पछिल्लो समय सुनको भाउमा भएको वृद्धिले पनि उक्त मौज्दात बढेको छ।
बैंकिङ अफिस तथा चलनचल्तीमा ५ खर्ब ८८ अर्ब रुपैयाँको नोट रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बैंकिङ अफिसमा ८ अर्ब ३५ करोड रुपैयाँ छ भने चलनचल्तीमा रहेका नोट भने ५ खर्ब ८८ अर्ब रुपैयाँ छ।
हाल विदेशी मुद्रा र सेक्युरिटी ५ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। साथै नेपालसँग विदेशी मुद्राको संचिति ३७ अर्ब ९० करोड रुपैयाँ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।