काठमाडौं- चिनी लुकाएर राख्ने २ वटा गोदामलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शिलबन्दी गरेको छ।
कालीमाटीमा रहेको ती चिनी गोदामले कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्न लुकाई छिपाई राखेको अवस्थामा भेटिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए। त्यस्तै विभागले १५ क्विन्टल बोकेको एक ट्रक चिनी बरामद गरी कालीमाटी प्रहरी वृतलाई थप अनुसन्धानका लागि जिम्मा लगाएको छ।
एउटा चिनी गोदाममा भने संचालक पत्ता नलागेको कारण खोलेर हेर्न नसकिएको तर त्यसलाई पनि शिल गरिएको आचार्यले बताए। व्यवसायीहरुले अहिले बजारमा कृतिम अभाव सिर्जना गरी चिनीको मुल्य बढाइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।