काठमाडौं- वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा अवैध नेटवर्किङ धन्दा फेरि ब्युँतिएको विषयमा संसदीय समितिले चासो देखाएको छ।
संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तुको प्रत्यक्ष बिक्री व्यवसाय गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट प्रदान गरिएको अनुमतिबारे चासो देखाएको हो। समितिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा मन्त्रालयका सचिव बैकुण्ठ अर्याल तथा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई छलफलका लागि बोलाएको हो।
वाणिज्य तथा आपूर्ति विभागले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि गत असार १६ गतेयता ७ वटा कम्पनीलाई इजाजत दिइसकेको छ। इजाजत पाउने कम्पनीहरुमा अधिकांश व्यक्तिहरु यसअघि नेटवर्किङ धन्दा चलाएर ठगी मुद्दामा मुछिएका व्यक्तिहरु छन्।
ती व्यक्ति तथा कम्पनीहरुले अहिले पनि नेटवर्किङ धन्दा चलाइरहेको भएपनि नियामक निकायले भने चासो देखाएको छैन। यद्यपि नेचर हर्ब्स नामको कम्पनीलाई भने विभागले स्पष्टीकरण सोधेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।