काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशन तथा बिक्रीको अनुमति नपाएका कम्पनीको सार्वजनिक निष्काशनको सूचना कुनै पनि सञ्चार माध्यमले प्रकाशन प्रसारण गर्न नपाउने भएका छन्। केहि समययता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरूमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरूलाई लक्षित गरी धितोपत्र निष्काशन गरेको भन्दै नेपाल धितोपत्र बोर्डले उक्त कार्यलाई अवैधानिक हुने बताएको छ।
धितोपत्र सम्बन्धी ऐनअनुसार संगठित संस्थाहरूले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र उनीहरूले एक पटकमा ५० भन्दा बढी व्यक्तिहरूलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा मात्रै सार्वजनिक निष्काशन गर्न पाउने व्यवस्था छ। बोर्डको स्वीकृति विना त्यस्तो निष्काशन अवैधानिक हुने बोर्डको ठहर छ।
सार्वजनिक निष्काशनको अनुमति नपाएका कुनै पनि निष्काशनको विज्ञापन प्रकाशन प्रसारण नगर्न संचार माध्यमलाई नेपाल धितोपत्र बोर्डले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।