काठमाडौं-उद्योग विभागको महानिर्देशकको जिम्मेवारी जीवलाल भुसालले पाएका छन्। भुसालले गत सोमबार विभागको महानिर्देशकको पदभार ग्रहण गरेका हुन्।
विभागमा यसअघि जीवनप्रकाश सिटौला महानिर्देशक थिए। सिटौलालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा गरिएको छ।
भुसालले शाखा अधिकृतको रूपमा उद्योग विभागमा ४ वर्ष र उद्योग मन्त्रालयमा २ वर्ष काम गरिसकेका छन्।
४ वटा जिल्लाको स्थानीय विकास अधिकारी भएका भुसाल केही समयअघि आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। उनको पहिलो पोस्टिङ नै उद्योग विभागको महानिर्देशकको रूपमा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।