काठमाडौं- थोक कारोबार गर्ने तथा सर्वसाधारणको निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाले २०७८ असार मसान्तभित्रमा एनएफआरएस लागू गर्नुपर्ने भएको छ।
राष्ट्र बैंकले यस अगाडि वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलाई नेपाल वित्तीय प्रतिवेदनमान 'एनएफआरएस' अनिवार्य गरिसकेको छ। लघुवित्तले सामानान्तररुपमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसारको प्रतिवेदन तथा एनएफआरएस लागू गर्नुपर्ने हुन्छ।
यस्तो प्रतिवेदन तयार पार्दा संस्थाको वास्तविक दायित्व मूल्याङकन गर्नुपर्ने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।