काठमाडौं- केपी ओली पक्षइतरका स्थायी कमिटी सदस्यहरुको बैठकले छिटो बैठक राख्ने पहलकदमी लिने जिम्मा प्रचण्डलाई दिएको छ।
'यस बिषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्यो', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
बैठकले केपी ओलीले बैठक स्थगित भएको सूचना प्रशारित गर्नु उचित नभएको ठहर गरेको छ। 'आजको स्थायी कमिटीको बैठको मिति र समय यसअघिको स्थायी कमिटीको बैठकले नै निर्णय गरेको थियो', उनले भने, 'आजको बैठक केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन।'
बैठकमा २९ स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी भएको श्रेष्ठले बताए।
यसका साथसाथै पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि पद्धित सम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्ता सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ।
आजको बैठकअघि पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल केपी ओलीलाई भेट्न गएका थिए। त्यहाँ प्रचण्ड र झलनाथ खनालले ओलीलाई बैठकमा उपस्थित हुन र बैठकलाई अगाडि बढाउन अनुरोध गरेको श्रेष्ठले बताए। 'उहाँले त्यसलाई स्वीकार गर्नुभएन', उनले भने।
सम्बन्धित समाचार:
नेकपाका बहुमत स्थायी कमिटी सदस्यको बैठक सकियो
बादल किन गएनन् बालुवाटार?
प्रचण्डको ब्रिफिङ- बहुमत स्थायी कमिटी सदस्यको बैठक भनौं
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित
ओलीले एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड-नेपाल बैठक राख्ने पक्षमा
नेकपामा सकस : बैठक एकतर्फी स्थगनपछि चिढिए प्रचण्ड-नेपाल, नेताहरु बालुवाटारमा
बालुवाटार प्रवेश गरे रक्षामन्त्री
नेकपा स्थायी कमिटी बैठक सुरु, बहुमत सदस्य सहभागी
वामदेवको प्रस्ताव-बाँकी अवधिभर ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी
प्रचण्ड-नेपाल पक्षको बैठकबारे नेम्वाङको प्रतिक्रिया- थाहा छैन, टिप्पणी पनि छैन
ओली भेट्न गए प्रचण्ड-झलनाथ
केपी ओली, प्रचण्ड, झलनाथ खनाल र बिष्णु पौडेलको भेट सकियो
दुर्घटना नजिक देखिन्छ : योगेश भट्टराई
प्रचण्डले सुरु गरे स्थायी कमिटी बैठक
प्रचण्डको ब्रिफिङ- बहुमत स्थायी कमिटी सदस्यको बैठक भनौं
बादल किन गएनन् बालुवाटार?
नेकपाका बहुमत स्थायी कमिटी सदस्यको बैठक सकियो
ओलीले बैठक स्थगित गर्नु उचित थिएन : नारायणकाजी श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।